Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बागलुङमा धान काट्ने र न्वागी खाने आठारौँ शताब्दीको परम्परा

खबरडबली संवाददाता

बागलुङ । बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा धान काट्न आउँदो कात्तिक ४ गते बिहान ९ बजेलाई शुभ दिन तोकिएको छ ।

पुली लिने भनिने यस दिनलाई यहाँका स्थानीयले एक पर्वकै रूपमा मनाउने गरेका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ज्योतिषी लेखनाथ पौडेल र सुवासचन्द्र पौडेलले ज्योतिषशास्त्रका आधारमा धान काट्ने दिन अर्थात् धान्य छेदनका लागि कात्तिक ४ गते शुभमुहुर्त तोकेका हुन् । अघिल्ला वर्षहरूमा पनि ज्योतिषी पौडेलको नेतृत्वमा एवं अमलाचौरका ज्योतिषी रामकृष्ण पाठक, विष्णुप्रसाद पाठक र विष्णुप्रसाद पौडेलेको परामर्शमा यी दिनहरू तोक्ने गरिन्थ्यो ।

दसैँको महानवमीका दिन बलेवा कोटभैरवस्थित कोटघरमा आयोजना हुने एक विशेष समारोहका बीच पुली लिने र नयाँ धानको चामल प्रयोग गर्ने पहिलो दिन अर्थात् न्वागी खाने दिनसमेत तोक्ने गरिन्छ । कात्तिक १९ गते बिहान ९ बजे नयाँ धानको चामल खाने अर्थात् न्वागी खाने उत्तम समय रहेको पनि सोही दिन तोकिएको छ ।

महानवमीका दिन नवदुर्गाको विशेष पूजाका साथै बलेवा कालभैरवको मन्दिरमा मेलाका लागि जम्मा हुने सर्वसाधारणलाई भैरवस्थानका पण्डित तथा ज्योतिषीले गरेको निर्णय कोटभैरव गुठी व्यवस्थापन समितिले जानकारी गराउने परम्परा छ । यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न पनि यो १८औँ शताब्दीको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन् । महानवमीका दिन नयाँ धान काट्ने र न्वागी खाने दिनको शुभ मुहूर्त सार्वजनिक गरिन्छ र बलेवालीहरूले पनि तिनै दिनहरूमा उक्त कार्य गर्ने गर्दछन् ।

यहाँका अमलाचौर, पैयूँपाटा, नारायणस्थानसहितका साविकका छवटा गाउँ विकास समितिलाई १८औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटले छवटै गाविसका किसानलाई धान काट्ने र नयाँ चामल खाने दिन तोक्ने चलन चलेको र त्यसैलाई निरन्तरता दिँदै आइएको छ । बलेवामा बाइसे–चौबीसे राजाका पालामा विसं १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्यको खोजमा भेटिन्छ । त्यसयतादेखिको यो परम्परा अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम रहेको छ ।

आफूले करिब छ दशकअघिदेखि यो धान्य छेदन र नवान्न प्रासानको मिति कोटले तोक्ने चलन रहेको’, बताउँछन् । बागलुङ नगरपालिका वडा नं १२ का पूर्व वडाध्यक्ष गुरुदत्त पाठक । उनी भन्छन्, ‘अहिले पनि यहाँका छवटै गाविसका पाका पुराना एवं जानकारहरू जम्मा भएर ज्योतिषीय परामर्शमा मिति तोकिन्छ र यी मितिलाई यहाँका स्थानीयले एक महत्वपूर्ण सूचनाका रूपमा ग्रहण गर्ने गर्दछन् ।’

तर पाठक भने बलेवाकोटको स्थापना विसं १७८० मा नै भएको आफूले पाएको उनले बताए। उनी भन्छन्, ‘यस विषयको लिखत त हामीले भेटेका छैनौँ, मन्दिरमा पनि यसको लिखत भेटिँदैन । तर हामीले यस मन्दिर स्थापनाका बारेमा गरेको खोज र पाका पुरानाहरूसँगको परामर्शमा यो मन्दिरको स्थापना विसं १७८० मा भएको पाएका छौँ ।’ विसं १७८० भदौको पहिलो मङ्गलबार यसै स्थानमा मन्दिर स्थापना गरी हरेलो गरिएको र त्यसै दिनदेखि मङ्गलबार नै भैरवस्थानमा पूजा गर्ने प्रचलन सुरु भएको अहिलेसम्मको खोजबाट भेटिएको उनको भनाइ छ ।

बलेवा कोटभैरवमा पुली दिने र न्वागी खाने दिन तोक्ने काम त्योभन्दा पनि अघिबाटै हुने गरेको आफूले पाएको अमलाचौरका स्थानीय ज्योतिषी विष्णुप्रसाद पाठक बताउँछन् । उनले आफ्ना जिज्यूबाजे राछुदेव पाठक यही कोट भैरवमा गएर शुभ मुहूर्त हेरेर न्वागी, पुलीका दिन खुट्याउने प्रचलनको सुरुआत गरेको उनको भनाइ छ । त्यस समयको बलेवा राज्यका प्रमुखले आफूले लगाएका खेती भित्र्याउने तथा नयाँ अन्न खाने दिनको सुरुआत गर्ने दिनका लागि ज्योतिषी खोज्ने क्रममा मन्दिरको नजिकै रहेका आफ्ना पुर्खाहरूले सो कार्यको थालनी गरेका पाठक बताउँछन् ।

उनका अनुसार राछुदेव पाठकका छोरा शिवै पाठक, उहाँका छोरा वैदु, उहाँका छोरा जग्गुबल्लभ र जग्गुबल्लभका छोरा घनश्याम तथा घनश्यामका छोरा दयारामसम्मका आफ्ना पुस्ताले कोटमा गएर अन्य पाठपूजाका साथै ती कार्यका मुहूर्त हेर्ने गरेको आफूलाई आफ्ना हजुबुवाले सुनाएको बताउँछन् ।

आफ्ना जेठाबुवा ज्योतिषी दयाराम पाठकसँगै आफू पनि सो कार्यमा संलग्न हुँदै आएको र आफ्ना पाँच पुस्ताअघिका पुर्खाहरू नै यस कार्यमा संलग्न भएका आफ्नो अनुसन्धानबाट प्राप्त भएको ज्योतिषी विष्णुप्रसाद पाठकको भनाइ छ । विष्णुप्रसादका हजुरबुबा घनश्याम र जेठाबुवा दयारामले त्यतिबेलासम्म बलेवा क्षेत्रको कोटमा आएर सल्लाह दिने चलन रहेको र दयारामपछि भने कोटमा अन्य क्षेत्रबाट पनि ज्योतिषीहरू बलेवा कोट भैरवमा गई यस परम्पराको निरन्तरता दिने गरेको भनाइ छ ।

यहाँ कोटले तोकेको दिन पुली नलिने र न्वागी नखानेहरू निकै कम छन् । पुली लिएपछि मात्रै धान काट्ने र न्वागी खाएपछि मात्रै नयाँ चामलको प्रयोग गर्ने प्रचलनलाई यहाँका स्थानीय किसानले मान्यता दिँदै आएका छन् । स्थानीय ९४ वर्षीय ज्योतिषी रामकृष्ण पाठक कोटले तोकेका दिन सबैले मान्ने गरेका बताउँछन् ।

यी दिनहरूको पालना नगर्नेलाई समाजले पनि राम्रो मान्दैन र आफूले लगाएको नयाँ खेती भित्र्याउने शुभदिनको खोजीमा जो–कोही पनि हुने गरेका र वैदिक विधि नपु¥याई धान काट्ने र नयाँ चामल खाँदा प्राकृतिक प्रकोपहरूको सामना गर्नुपर्ने विश्वास रहिआएकाले ज्योतिषीहरू बसेर निकालेको यही शुभ मुहूर्तमै धान काट्ने र न्वागी खाने परम्परा निरन्तर रहेको उहाँको अनुभव छ ।

पहिले–पहिले पुली र न्वागी स्थानीय जातको धानमा मात्रै लागू हुने गरेको भए पनि पछिल्लो समय विकासे हाइब्रिड धान लगाएका किसानले समेत सोही संस्कृति पछ्याइरहेका ज्योतिषी लेखनाथ पौडेल बताउँछन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: