Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव

खबरडबली संवाददाता

पर्वत । पर्वतमा दिन प्रतिदिन डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि  बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ ।  

अस्पतालमा कीट अभाव हुँदा डेङ्गुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन् । पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले आफूहरूले नै खरिद गरेर ल्याएको दुई सय कीट परीक्षणको क्रममा सकिएकाले अहिले कीट नभएको बताइन् । 

“अस्पताल विकास समितिबाट निर्णय गराएर हामी आफैँले कीट खरिद गरेर परीक्षण गर्दै आएका थियौँ । हामीले ल्याएको दुई सय कीट सकिएपछि फेरि दुई सय कीट माग गरेका छौँ”, उनले भने, “अन्य अस्पतालमा जुन दरमा डेङ्गुको परीक्षण भइरहेको छ त्यसरी नै सेवा दिने भनेर एक जनाको परीक्षणको रु आठ सय मात्र लिएका छौँ । माग गरेको कीट आएपछि परीक्षणमा समस्या हुँदैन ।” कीट आइपुग्न अझै केही दिन लाग्ने उनले बताइन् । सरकारले निःशुल्क परीक्षण गर्ने डेङ्गु पर्वतका बिरामीले सरकारी अस्पतालमै पनि महँगो शुल्क तिरेर परीक्षण गर्न बाध्य भएका हुन् ।

उनका अनुसार केही समय पहिलेसम्म अस्पताललाई आवश्यक परेका सामग्री प्रदेशबाट जिल्ला स्वास्थ्य कार्यालयलाई दिएर, स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालसहित जिल्लाका अन्य ठाउँमा रहेका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरेको थियो तर अहिले त्यो नियम परिवर्तन गरेर स्वास्थ्यले वितरण नगरी प्रदेश आपूर्तिले प्रदेश ल्याबलाई र प्रदेश ल्याबले जिल्लामा रहेका अस्पताललाई सामग्री उपलब्ध गराउने नियम छ ।

यही नियमका कारण स्वास्थ्य कार्यालयले अस्पताललाई परीक्षण कीट उपलब्ध गराउन नसक्ने स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिए  । अहिले डेङ्गुको प्रभाव बढ्दै गइरहेको बेलामा नागरिकले पाउने स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा नआउने भएकाले माथिबाट आउँछ कि आउँदैन भनेर पर्खिएर बस्नुभन्दा जिल्लाका सबै स्थानीय तहहरूले नै नागरिकको आधारभूत स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । उनले भने, “केन्द्र र प्रदेश सरकारबाट कीट सप्लाई होला र अनि जाँचेर उपचार सुरु गरौँला भनेर नबस्न उनको सुझाव छ । 

परीक्षण कीट ठूलो परिमाणमा किन्नुपर्ने भएकाले प्रदेश स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखा टेन्डरको प्रक्रियामा जानुपर्ने र यही बेलामा आर्थिक वर्ष परिवर्तनपछिको समय रहेकाले अलि अभाव रहेको कुरा आफूले बुझेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए तर माथिबाट कीट नआएको बहानामा बिरामीलाई निजी वा जिल्ला बाहिरका महँगा अस्पतालमा जान बाध्य नपार्नका लागि फरक शीर्षकको रकमबाट कीट ल्याएर भए पनि काम चलाइएको उनको भनाइ छ ।

“बिरामीलाई समस्या हुनु त भएन नि भनेर अस्पताल आफैँले खरिद गरेर कीट ल्याएको छ । त्यो कीटको खर्च हामीले बिरामीसँगबाट लिने गरेका छौँ । हामीले एक जनाको परीक्षणमा रु आठ सय लिएका छौँ, यो बिमाले दिने दर हो”, अध्यक्ष गिरीले भने, “डेङ्गु हो होइन भनेर छुट्याउन बिरामी पोखराकै निजी अस्पतालमा जानुपर्ने अवस्था आयो, जसको खर्च धेरै आउँछ । यसैले केही रकमलाई सारेर कीट ल्याएका छौँ । अब प्रदेश प्रयोगशालाले दिन थालेपछि हामीले खरिद गर्नुपर्दैन र बिरामीले पनि त्यो रु आठ सय तिर्नु पर्दैन । प्रयोगशालाले नदिने बेलासम्म हामीलाई निकै कठिन भइरहेको छ ।”

जिल्ला अस्पतालले रु आठ सयमा डेङ्गुको परीक्षण गरिरहेको बेलामा बजारमा रहेका निजी स्वास्थ्य संस्थाले भने रु एक हजार दुई सय वा त्यसभन्दा बढी रकम लिने गरेका छन् । एकै प्रकारको कीटबाट परीक्षण गरेको भए पनि मूल्य भने कम्तीमा पनि पर्वत अस्पतालको भन्दा रु चार सयभन्दा बढी लिने गरेको परीक्षणमा गएका बताउँछन् ।

सुपरिन्टेन्डेन्ट डा अधिकारीका अनुसार अहिलेसम्म अस्पताल परीक्षणमा आएकामध्ये ३५ मा डेङ्गुको सङ््क्रमण पुष्टि भएको छ । निजी तथा जिल्लाका अन्य क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा भएको पुष्टिको तथ्याङ्क अस्पतालसँग नहुने भएकाले डेङ्गुका बिरामीको वास्तविक सङ्ख्या धेरै रहेको हुनसक्ने उनले बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: