Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

दाङका खसीबोका काठमाडौँ आउन थाल्यो

खबरडबली संवाददाता

देउखुरी । लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिकरूपमा बाख्रा पालेका छन् । उनले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो । उनीसँग ५० खसीबाख्रा थिए । यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उनले बताए । 

“तौल गरेर बिक्री गर्दा ढुक्क हुँदोरहेछ”, उनले भने, “सरकारले दिने अनुदानमा पनि पाइने र खसीबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले पालेका खसीबोका तौल गरेर खरिद बिक्री गर्ने गरेको छ ।” गत वर्ष दसँैमा मात्रै रु तीन लाखका खसी बिक्री गरेको उनको भनाइ छ ।

जिल्लाको लमही–९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले जिउँदा खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो । मूल्य निधारण गरेपछि तौलका आधारमा खसीबोकाको मूल्य तोकिने गरिन्छ । 

कर्मठ सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले बिहीबारमात्रै एक सय १८ खसीबोका बिक्री गरेको छ । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ३४ गरी जम्मा एक सय ५२ खसीको जम्मा रु २७ लाख ७१ हजार पाँच सय चार बराबरको कारोबार गरेको संस्थाका सुपरभाइजर पार्वती बस्नेतले जानकारी दिए  । 

दाङबाट यस वर्ष सात सय खसीबोका काठमाडौँ पठाउन थालिएको छ । दसैँ सुरु भएदेखि पाँच सय खसीबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए  । किसानलाई बिचौलियाको मारबाट बचाउन सहकारीले किसानसँग समन्वय गरेर खरिद गर्छ । तिनै खसीबोका खाद्यले किन्ने गरेको उनको भनाइ छ । 

गत वर्ष जिल्लाबाट एक हजार खसीबोका काठमाडौँ लगिएको थियो । यसपालि खाद्यले दाङलाई दिएको कोटा सात सय रहेको र थप माग भएमा तीन सय कोटा थप गरेर एक हजारसम्म पठाउन सकिने अवस्था रहेको सुनारले बताए  । जिल्लामा सहकारी संस्थासँग समन्वय गरेर खसीबोका खरिद गर्ने काम भइरहेको उनले बताए । 

पच्चीस किलोभन्दा माथिको जिउँदो खसीलाई रु पाँच सय ७० प्रतिकिलो, २० देखि २५ किलोसम्मको खसीलाई रु पाँच सय ६० किलोका दरले खरिद भइरहेको प्रमुख सुनारले जानकारी दिए  । अठार किलोभन्दा माथिका बोकाको प्रतिकिलो रु पाँच सय ५५ मा खरिद भइरहेको छ । वार्षिक रु दुई करोड बढीका खसीबोका काठमाडौँ पठाउने गरिएको छ ।

दाङ खसीको मासुमा आत्मनिर्भरसँगै बाहिरका जिल्लामा खसीबोका पठाउने अवस्थामा पुगेको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत महेश आचार्यले बताए । हेफरको सहयोगमा किसानले प्रशस्त खसीबोका पाल्ने गरेका कारण दाङ खसीको मासुमा आत्मनिर्भर भएको हो । लमही नगरपालिकाभित्रका चारवटा सहकारी संस्थाले खसीबोका खरिद गर्ने गरेका छन् । किसानलाई सहुलियत दिने र बिक्री गर्न सजिलो होस् भनेर यसो गरिएको उनले बताए । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलाई मध्यनजर गरेर खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । यसबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending