डुम्रे । बेवारिसे तथा आफन्त नभएका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम आश्रयस्थल बनेको छ । वृद्धाश्रम सञ्चालन गर्न भने समस्या छ । तनहुँमा देवघाटधाम वृद्धाश्रमबाहेक अन्य दुई वटा वृद्धाश्रम छन् ।
जिल्लामा सञ्चालित आश्रम व्यक्तिगत सहयोगका भरमा चलेका छन् । तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालित छन् ।
यी आश्रमले श्रीमदभागवत महायज्ञ लगाएर भवन निर्माण गरी ज्येष्ठ नागरिकका लागि आश्रयस्थल निर्माण गरिएको हो । ज्येष्ठ नागरिकलाई आवासको व्यवस्था भए पनि आश्रमको दैनिक सञ्चालनमा भने समस्या रहेको आश्रम सञ्चालक समिति बताउँछन् । यी दुवै आश्रम व्यक्तिगत सहयोगका भरमा सञ्चालन भइरहेका छन् ।
केहीले जन्मदिन, बाबुआमाको सम्झना लगायतका अवसरमा आश्रममा गरिएको सहयोगले आश्रम सञ्चालन भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रमका सचिव निर्मला मल्लले बताइन् । महिलाद्वारा सञ्चालित आश्रमका लागि गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङमार्फत प्राप्त बजेटबाट भवन निर्माण गरिएको बताइन् ।
विसं २०७० बाट सञ्चालनमा आएको वेदव्यास आश्रममा हाल छ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेको उनले बताइन् । “आश्रमको भवन बनाइको छ । तर अझै ज्येष्ठ नागरिकका लागि आवश्यक सेवासुविधायुक्त बनाउन सकेका छैनौँ”, उनले भनिन्, “सहयोगदाताको सहयोग पाएमा अझै सहज बनाउने लक्ष्य लिएका छौँ ।”
घरवारविहीन भएका ज्येष्ठ नागरिकका लागि आश्रयस्थल बनाउनुपर्छ भन्ने उद्देश्यले राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक अध्यक्ष गुरुदेव भागवत भाष्कर श्री कमलनयन गौतमको परिकल्पमा परोपकार आश्रम निर्माण गरिएको महासङ्घ नेपालका जिल्ला अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिए ।
उहाँका अनुसार विसं २०६८ मङ्सिर १० गतेदेखि परोपकार ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालनमा आएको हो । विसं २०७१ कात्तिक ११ देखि १८ गतेसम्म श्रीमद् भागवत महायज्ञ लगाएर आश्रम भवन निर्माणको खर्च व्यवस्थापन गरिएको उनले बताए । उनका अनुसार आश्रममा कामदार दुई जनासहित १० जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् ।
यस आश्रमको भवन विस्तार तथा व्यवस्थापनका लागि विसं २०७६ असार २८ गते व्यास नगरपालिकाबाट रु पाँच लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत आव २०७५÷७६ मा रु दुई लाख ५० हजार सहयोग प्राप्त भएको जानकारी दिए । त्यस्तै तनहुँ जलविद्युत् परियोजनामार्फत आव २०७७÷७८ मा रु सात लाख र पूर्वाधार कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशबाट रु १० लाख सहयोग प्राप्त भएको छ ।
घरमा एक्लै भएको महसुस भएर आश्रममा आश्रय लिन आइपुगेका व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीकी विमला भट्टराईले बताइन्, “यहाँ सबै उस्तैउस्तै छौँ गफ मिल्छ । भजन गाउँछौँ, नाच्छौँ । यहाँ बस्दा खुसी लाग्छ ।” आफ्ना दुई छोरीले आश्रममा नबस्न आग्रह गर्दा पनि यही रमाइलो लागेर आएको उनले बताइन् ।
वैदेशिक रोजगारमा पुगेका युवाबाट समेत यहाँका आश्रमलाई सहयोग प्राप्त हुने गरेको छ । वृद्धावस्थामा आश्रयस्थल बनेको वृद्धाश्रममा हुने यस्ता समस्या समाधान गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको हातेमालोको आवश्यकता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: