Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

कञ्चनपुरमा ७ हजार मतदाता थपिए

खबरडबली संवाददाता
दोधारा चाँदनी । कञ्चनपुरमा सात हजार एक सय ५६ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा कञ्चनपुरको मतदाताको सङ्ख्या तीन लाख दुई हजार पाँच सय नौ पुगेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
 
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले कञ्चनपुरमा पुरुष मतदाता एक लाख ४६ हजार आठ सय ४८, महिला मतदाता एक लाख ५५ हजार छ सय ६२ र एक जना तेस्रो लिङ्गी गरी कूल तीन लाख दुई हजार पाँच सय नौ मतदाता पुगेको बताए ।
 
कञ्चनपुरमा पुरुषभन्दा आठ हजार आठ सय १४ जना महिला मतदाताको सङ्ख्या बढी रहेको उनले जानकारी दिए  । “स्थानीय तह निर्वाचनको भन्दा अहिले सात हजार मतदाता थपिएका छन”, उनले भने, “हामी निर्वाचनको तयारीमा जुटेका छौँ ।”
 
कञ्चनपुरमा निर्वाचनका लागि ७६ मतदानस्थल र एक सय ३२ मतदान केन्द्र निर्धारण गरिएको र तीन सय ४६ मतदानस्थल कायम गरिएको उनले बताए ।   “निर्वाचत अधिकृतले नियुक्त पाएलगत्तै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन्छ”, उनले भने, “मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम र अन्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्रमा स्थापना हुन्छ ।” कञ्चनपुरमा सङ्घीय तीन वटा निर्वाचन क्षेत्र रहेका छन् भने छ वटा प्रदेशसभा क्षेत्र रहेका छन् ।   
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२७ वर्षीया महिलाको शव फाल्ने चार युवकलाई पक्राउ

महेन्द्रनगर। गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो।  ...

उत्तेजक अभिव्यक्ति दिने धर्मगुरु पक्राउ

काठमाडौँ।  धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्र...

भारतीलाई ओलीले भने : न्यायको लडाइँमा साथ दिन्छु, तपाईंको पीडा सुनेर मेरा पनि आँखा रसाए

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जमा तरुण दलका तत्कालीन क्षेत्रीय अध्यक्ष रिगल भनिने योग ढकालले खुँडा प्रहार गरि हत्या गरिएका ...

आममाफी दुरुपयोग रोक्न संकल्प प्रस्ताव

काठमाडौं। सरकारले कानूनअन्तर्गत गरेको सिफारिस अनुसार राष्ट्रपतिले सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने प्रचलित व्यवस्थाको गलत प्रयोग भइरहेको भन्दै...

दशैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे...

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं। सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्न...

धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपील

काठमाडौं। सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठ...

बझाङ भूकम्प : अस्पताल प्राङ्गणमै गराइयो सुत्केरी, घाइते ५ जनालाई भर्ना गरियो

काठमाडौं। बझाङमा एक गर्भवती महिलालाई अस्पतालको प्राङ्गणमा सुत्केरी गराइएको छ। मंगलबार दिउँसो भूकम्प गएको बेलामा तलकोट गाउँपालिका–१ की ती महिलालाई अ...

एमाले कोशीमा खतिवडाको अग्रता कायमै, ढकाल पछ्याउँदै

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।  आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पद...

संविधानको व्यवस्थाअनुसार नै जिल्ला न्यायाधीश नियुक्ति : कानुनमन्त्री गुरुङ

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन्।  सोमबा...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending