झापा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिकोे राजनीतिक अधिकार सुनिश्चित गर्ने जिल्लाका राजनीतिक दलसहित विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
बिर्तामोडमा आज नेत्रहीन युवासङ्घ नेपालको आयोजना तथा संवाद समूहको सहकार्यमा आयोजित कार्यक्रममा समावेशी सिद्धान्तअन्तर्गत नै निर्वाचनमा अपाङ्गता भएकाको सहभागिता महत्वपूर्ण रहने बताउँदै उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नेत्रहीन युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहभागितासम्बन्धी संवैधानिक व्यवस्था, विगतमा देखिएका समस्या, निर्वाचन प्रक्रियामा गर्नुपर्ने सुधारका पक्षलगायतका बारेमा जानकारी गराएका थिए।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङ्गता भएकाबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले मतदान केन्द्र अपाङ्गतामैत्री बनाउने प्रयास गर्ने बताए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले संसद्मा अपाङ्गता भएकाको प्रतिनिधित्वबारे स्पष्ट कानूनी व्यवस्था भए पनि राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्न नसक्नु दुःखद् भएको बताए।
नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले कांग्रेसको विधानमै अपाङ्गता भएकालाई पनि समेट्नुपर्ने भन्ने व्यवस्था रहेकाले विधानअनुसार अपाङ्गता भएकाको माग सम्बोधन गर्ने बताए।
नेकपा ९एमाले०का सचिवालय सदस्य देवराज कार्कीले पार्टीभित्र समावेशी सिद्धान्तलाई पूर्ण पालना गर्दै अपाङ्गता भएकाको प्रतिनिधित्व आगामी निर्वाचनमा गराउनेबारे पार्टीभित्र छलफल चलाउने बताए ।
राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले अपाङ्गताबारे अब बहस मात्र नभई व्यावहारिक पाटोमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेत्रहीन युवा सङ्घ नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएकाको उम्मेदवारी सुनिश्चितता तथा अपाङ्गता भएकाको सवाल समेटिएको ज्ञापनपत्रसमेत जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई बुझाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १७:५६
काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...
जेष्ठ ५ गते, २०८३ - १७:४०
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...
जेष्ठ ५ गते, २०८३ - १७:३४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...
जेष्ठ ५ गते, २०८३ - १७:२५
काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...
जेष्ठ ५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...
जेष्ठ ५ गते, २०८३ - १६:५७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...
जेष्ठ ५ गते, २०८३ - १६:५४
काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...
जेष्ठ ५ गते, २०८३ - १६:४४
वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...
जेष्ठ ५ गते, २०८३ - १६:२९
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...
जेष्ठ ५ गते, २०८३ - १६:०६
काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...



प्रतिकृया लेख्नुहोस्: