झापा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिकोे राजनीतिक अधिकार सुनिश्चित गर्ने जिल्लाका राजनीतिक दलसहित विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
बिर्तामोडमा आज नेत्रहीन युवासङ्घ नेपालको आयोजना तथा संवाद समूहको सहकार्यमा आयोजित कार्यक्रममा समावेशी सिद्धान्तअन्तर्गत नै निर्वाचनमा अपाङ्गता भएकाको सहभागिता महत्वपूर्ण रहने बताउँदै उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नेत्रहीन युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहभागितासम्बन्धी संवैधानिक व्यवस्था, विगतमा देखिएका समस्या, निर्वाचन प्रक्रियामा गर्नुपर्ने सुधारका पक्षलगायतका बारेमा जानकारी गराएका थिए।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङ्गता भएकाबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले मतदान केन्द्र अपाङ्गतामैत्री बनाउने प्रयास गर्ने बताए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले संसद्मा अपाङ्गता भएकाको प्रतिनिधित्वबारे स्पष्ट कानूनी व्यवस्था भए पनि राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्न नसक्नु दुःखद् भएको बताए।
नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले कांग्रेसको विधानमै अपाङ्गता भएकालाई पनि समेट्नुपर्ने भन्ने व्यवस्था रहेकाले विधानअनुसार अपाङ्गता भएकाको माग सम्बोधन गर्ने बताए।
नेकपा ९एमाले०का सचिवालय सदस्य देवराज कार्कीले पार्टीभित्र समावेशी सिद्धान्तलाई पूर्ण पालना गर्दै अपाङ्गता भएकाको प्रतिनिधित्व आगामी निर्वाचनमा गराउनेबारे पार्टीभित्र छलफल चलाउने बताए ।
राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले अपाङ्गताबारे अब बहस मात्र नभई व्यावहारिक पाटोमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेत्रहीन युवा सङ्घ नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएकाको उम्मेदवारी सुनिश्चितता तथा अपाङ्गता भएकाको सवाल समेटिएको ज्ञापनपत्रसमेत जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई बुझाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: