Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

यूकेका राजपरिवार को हुन् र राजाले के गर्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । राजा चार्ल्स तृतीय आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरल कासलमा मृत्यु भएपछि उत्तराधिकारी बनेका छन्।

यसै वर्षको सुरुमा महारानीले आफ्नो हिरक महोत्सव मनाएकी थिइन्। उनी सबैभन्दा लामो समयसम्म गद्दीमा बस्ने ब्रिटिश महारानी बनिन्।

अब के हुन्छ?

महारानीको मृत्युलगत्तै उनका उत्तराधिकारी प्रिन्स अफ वेल्स चार्ल्सलाई गद्दी हस्तान्तरण गरियो।

चार्ल्सलाई शनिवार आधिकारिक रूपमा लन्डनको सेन्ट जेम्स दरबारमा एक्सेसन काउन्सिल भनेर चिनिने औपचारिक निकायका अगाडि राजा घोषणा गरिएको छ।

राजाले के गर्छन्?

महाराज यूकेका राष्ट्रप्रमुख हुन्। यद्यपि उनको शक्ति भनेको साङ्केतिक तथा समारोहमा उपस्थित हुने खालको मात्र हुन्छ र उनी राजनीतिक रूपमा तटस्थ रहन्छन्।

उनले रातो छालाको बाकसमा सरकारबाट दैनिक रूपमा कागजातहरू प्राप्त गर्नेछन्। त्यसमा महत्त्वपूर्ण बैठकहरू अगाडिका जानकारीहरू वा उनको हस्ताक्षर आवश्यक गर्ने कागजातहरू हुन्छन्।

सामान्यत: बुधवार बकिङ्गम दरबारमा प्रधानमन्त्रीले राजासँग भेट गर्नेछन् र सरकारी मामिलामा जानकारी गराउनेछन्।

राजाका केही संसदीय कार्यहरू पनि छन्:

सरकारको नियुक्ति- आम निर्वाचनमा विजयी हुने दलको नेतालाई प्राय: बकिङ्घम दरबारमा बोलाइन्छ र उनीहरूलाई औपचारिक रूपमा सरकार गठनका लागि आमन्त्रित गरिन्छ। राजाले आम चुनाव हुनुअघि औपचारिक रूपमा सरकारको विघटन पनि गर्छन्।

स्टेट ओपनिङ र राजाको मन्तव्य - राजाले स्टेट ओपनिङ समारोहबाट संसदीय वर्षको सुरुवात गर्छन्। ब्रिटिश संसद्‌को माथिल्लो सदन हाउस अफ लर्ड्समा सम्बोधन गर्दै उनले सरकारका योजनाहरू प्रस्तुत गर्छन्।

शाही प्रमाणीकरण- कुनै कानुन संसद्‌बाट पारित भएपछि त्यसले पूर्णता पाएर लागु हुन राजाद्वारा औपचारिक रूपमा अनुमोदन गरिनुपर्छ। राजाद्वारा त्यस्तो कानुनलाई सन् १७०८ मा अन्तिम पटक अस्वीकार गरिएको थियो।

संसद्को उद्घाटन सत्रमा जाँदै महारानीसंसद्को उद्घाटन सत्रमा जाँदै महारानी

 

त्यसका अतिरिक्त आफ्नो देशमा भ्रमणमा आएका राष्ट्र प्रमुखहरूसँग भेटघाट गर्नुका साथै ब्रिटेनमा रहेका विदेशी राजदूत र उच्चायुक्तहरूसँग पनि राजाले भेटघाट गर्छन्। उनले सामान्यत: नोभेम्बरमा लन्डनको सेनोटाफमा आयोजना हुने वार्षिक स्मृति समारोहको नेतृत्व गर्छन्।

नयाँ राजा ५६ वटा स्वतन्त्र देश र दुई अर्ब ४० करोड जनसङ्ख्या भएको राष्ट्रमण्डल सङ्घका प्रमुख पनि हुन्।

राष्ट्रमण्डल क्षेत्र भनेर चिनिने १४ देशका लागि उनी राष्ट्रप्रमुख पनि हुन्। यद्यपि २०२१ मा बार्बेडस गणतन्त्र बनेदेखि अन्य क्यारिबियन राष्ट्रमण्डल क्षेत्रले पनि उनीहरूले त्यस्तै गर्न सक्ने बताएका छन्।

राजा चार्ल्स तृतीयको तस्बिरले नयाँ शाही हुलाक टिकटहरू र ब्याङ्क अफ इङ्गल्यान्डका ब्याङ्क नोटहरूमा उनकी आमाको तस्बिरलाई प्रतिस्थापन गर्नेछन्।

नयाँ ब्रिटिश राहदानीमा भित्रका शब्दहरूमा "हिज मेजेस्टी" भनेर अद्यावधिक गरिनेछ।राष्ट्रिय गानमा "गड सेभ द किङ" बन्नेछ।

उत्तराधिकारी चयन

उत्तराधिकारको क्रमले शाही परिवारको हालको कुन सदस्यले मृत्यु वा त्याग गर्दा राजाको रूपमा गद्दी सम्हाल्छ भनेर निर्धारण गर्छ। त्यसको सबैभन्दा पहिलो लहरमा- राजगद्दीको उत्तराधिकारी राजाको जेठो सन्तान हुन्छ।

त्यसै अनुसार महारानी एलिजाबेथको मृत्युपछि उनको जेठो छोरा चार्ल्स राजा बने र उनकी पत्नी क्यामिला क्वीन कन्सोर्ट बनिन्। शाही उत्तराधिकारीसम्बन्धी नियमहरू सन् २०१३ मा संशोधन गरेर छोराले उनकी दिदीभन्दा अग्राधिकार पाउने व्यवस्था परिवर्तन गरिएको थियो।

राजा चार्ल्सका जेठा छोरा प्रिन्स विलियम उनका उत्तराधिकारी हुनेछन् उनले उनका पिताको उपाधि ड्यूक अफ कोर्न्वल प्राप्त गरेका छन्। प्रिन्स विलियमको जेठो सन्तान प्रिन्स जोर्ज राजगद्दीको उत्तराधिकारीको दोस्रो स्थानमा छन् र उनकी जेठी छोरी राजकुमारी शार्लोट तेस्रो स्थानमा छिन्।

एलिजाबेथको राज्यारोहण

एलिजाबेथको राज्यारोहण

 

राज्यारोहण

राज्यारोहण त्यो समारोह हो जसमा राजालाई औपचारिक रूपमा राजमुकुट पहिराउने काम हुन्छ। त्यो अघिल्ला राजा वा रानीको शोकको अवधि सकिएपछि गरिन्छ।

एलिजाबेथ द्वितीया ६ फेब्रुअरी १९५२ मा उनका बुबा राजा जर्ज छैटौँको मृत्युपछि महारानी बनिन् तर उनको त्यस्तो समारोह २ जुन १९५३ मा मात्र भएको थियो।

उनको राज्यारोहण टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने पहिलो थियो र दुई करोडभन्दा बढी मानिसहरूले हेरेका थिए। विगत ९०० वर्षदेखि त्यस्तो समारोह वेस्टमिन्स्टर एबीमा आयोजना गरिँदै आएको छ। विलियम द कन्करर त्यस्तो समारोह गर्ने पहिलो राजा थिए र चार्ल्स ४० औँ राजा हुनेछन्।

यो एङ्ग्लिकन चर्चको धार्मिक समारोह हो जसलाई क्यान्टरबरीका आर्चबिशपले सञ्चालन गर्छन्। समारोहको बीचमा धार्मिक गुरुले सेन्ट एड्वर्डको सन् १६६१ देखिको सुनौलो मुकुट चार्ल्सको शिरमा पहिर्‍याएका छन्।

यो टावर अफ लन्डनस्थित क्राउन जूअल्समा भएको मुख्य आकर्षणको वस्तु हो। यसलाई राजाले औपचारिक रूपमा राज्यारोहण गर्दाखेरि मात्र लगाउँछन्।

राज्यारोहणको औपचारिक समारोह शाही विवाहजस्तो नभई सम्पूर्ण राज्यको उत्सव हो। यसको खर्च सरकारले बेहोर्छ र निम्तालुहरूको सूची पनि सरकारले नै निर्धारण गर्छ।

शाही परिवारमा अन्य को छन्?

ड्यूक अफ कोर्न्वल र केम्ब्रिज (राजकुमार विलियम) राजा चार्ल्स र उनकी पत्नी प्रिन्सेस अफ वेल्स डायनाका जेठो छोरा हुन्। उनले डचिस अफ कोर्न्वल तथा केम्ब्रिज (क्याथरिन) सँग विवाह गरेका छन्। उनीहरूका तीन सन्तान छन्: राजकुमार जोर्ज, राजकुमारी शार्लोट र राजकुमार लुई।

द प्रिन्सेस रोयल (प्रिन्सेस एनी) महारानीकी दोस्री सन्तान र एकमात्र छोरी हुन्। उनले भाइस एड्मरल टिमोथी लरेन्ससँग विवाह गरेकी छन्। उनका पहिला क्याप्टेन मार्क तर्फका दुई सन्तान- छन्: पिटर फिलिप र जारा टिन्डल।

द अर्ल अफ वेसेक्स (प्रिन्स एड्वार्ड) महारानीका सबैभन्दा कान्छा सन्तान हुन्। उनले काउन्टेस अफ वेसेक्स (सोफी रे जोन्स) सँग विवाह गरेका छन्। उनीहरूका दुईजना सन्तानहरू लुई र जेम्स माउन्टब्याटेन-विन्डसर रहेका छन्।

द ड्यूक अफ योर्क (प्रिन्स एन्ड्र्यू) महारानीका दोस्रो छोरा हुन्। उनका उनकी पत्नी डचिस अफ योर्क (सारा फर्गसन) का तर्फबाट एन्ड्रूका दुई छोरीहरू राजकुमारी बिएट्रेस र युजेनी छन्। भर्जिनिया जूफ्रेले बीबीसीको कार्यक्रम न्यूज नाइटमा यौन दुर्व्यवहारको आरोप लगाएको विवादास्पद अन्तर्वार्ता प्रसारण भएपछि सन् २०१९ मा उनको शाही उपाधि खोसिएको थियो। यौन दुर्व्यवहारको उक्त मुद्दा मिलाउन उनले गत फेब्रुअरीमा रकम नखुलेको धनराशी तिरेका थिए।

राजपरिवारका सादस्य सन् २०१९ मा बकिङ्गम दरबारमा

महारानीको जन्मदिनमा राजपरिवारका सादस्य सन् २०१९ मा बकिङ्गम दरबारमा

 

ड्यूक अफ ससिक्स (प्रिन्स ह्यारी) विलियमका कान्छा भाइ हुन्। उनले डचिस अफ ससिक्स (मेगन मर्कल) सँग विवाह गरेका छन्। उनीहरूका दुई सन्तान आर्ची र लिलिबेट छन्। सन् २०२० मा उनीहरूले आफ्नो शाही उपाधि त्यागेर अमेरिकामा बस्न गएका थिए।

राजपरिवार कहाँ बस्छन्?

राजा चार्ल्स र क्वीन कन्सोर्ट बकिङ्घम दरबारमा सर्ने अपेक्षा गरिएको छ। पहिले उनीहरू क्लारेन्स हाउस लन्डन र ग्लस्टिशरस्थित हाइग्रोभमा बस्थे।

प्रिन्स विलियम र क्याथरिन डचिस अफ कोर्न्वल तथा केम्ब्रिज हालै पश्चिमी लन्डनस्थित केन्शिङ्टन दरबारबाट क्वीन्स विन्डसर इस्टेटस्थित एडिलेड कटेज सरेका छन्।

प्रिन्स जोर्ज, प्रिन्सेस शार्लोट र प्रिन्स लुई बर्कशरस्थित एस्कोट नजिकै ल्यान्डब्रुक स्कूल जान्छन्। प्रिन्स ह्यारी र मेगन क्यालिफोर्नियामा बस्छन्।

राजपरिवार

लोकप्रिय

महारानीको हिरक महोत्सवका बेला यूगभले गरेको एउटा सर्वेक्षणमा ६२ प्रतिशतले देशमा राजसंस्था चाहिन्छ भन्ने ठान्ने देखिएको थियो। तर २२ प्रतिशतले देशमा निर्वाचित राष्ट्रप्रमुख हुनुपर्ने ठान्छन्।

सन् २०२१ मा भएका इप्सोस मोरीका सर्वेक्षण अनुसार पाँचमध्ये एक जनाले यूकेमा राजतन्त्र अन्त्य हुनु ठिक हुने ठान्छन्।

यद्यपि यूगभको नतिजाले पछिल्लो दशकमा राजसंस्थाप्रतिको समर्थनमा कमी आएको देखाएको छ। सन् २०१२ मा त्यस्तो समर्थन गर्ने ७५ प्रतिशत थिए भने त्यो सन् २०२२ ६२ प्रतिशत मात्र देखिए।

पुरानो पुस्ताका मानिसहरूले राजसंस्थाप्रति समर्थन देखाए पनि नयाँ पुस्तामा त्यस्तो नदेखिएको सर्वेक्षणले देखाएको छ।

सन् २०११ मा यूगभले पहिलो पटक त्यस्तो विषयमा विवरण सङ्कलन गर्न सुरु गर्दा १८ देखि २४ वर्गका ५९ प्रतिशतले ब्रिटेनमा राजतन्त्र निरन्तर रहनुपर्छ भन्ने थिए भने सन् २०२२ मा सोही उमेर समूहका ३३ प्रतिशतको मत मात्र त्यस्तो देखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा नेपालीको भिसा र ग्रीनकार्ड रद्द हुन सक्ने चेतावनी पछाडिका दुई कारण

काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित कार्यवाहक नेपाली राजदूतले एउटा सरकारी आँकडाले अमेरिकामा रहेकामध्ये ३४ प्रतिशतभन्दा बढी नेपालीहरूले अमेरिकी सरकार...

निर्वाचन दुई चरणमा गर्ने विषय आयोगले कहिल्यै स्वीकार गरेको छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा हुने कि दुई चरणमा भन्ने विषयमा पछिल्ला दिनहरूमा चर्चा भए पनि निर्वाच...

भोजमा मासु खाँदा हड्डी अड्किएर एकको मृत्यु

नुवाकोट । भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी ...

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्था...

तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत दे...

ताप्लेजुङमा भूकम्पको धक्का, पूर्वी नेपालमा पनि महसुस

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबा...

कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

कञ्चनपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । लामो समयदेखि चुनावी मैदानमा...

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर

जुम्ला। जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरी...

प्रतिनिधिसभा निर्वाचन- ४४ जिल्लाको मतपत्र छपाइ सकियो, समानुपातिकतर्फको ढुवानीको तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्ष...

काठमाडौं उपत्यका र तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE