महेन्द्रनगर । आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।
कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आ–आफ्नो क्षेत्रका सम्भावित प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो । कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिवान विष्ट र समानुपातिकमा कृष्णादेवी गिरीको नाम सिफारिस गरेको छ ।
सो निर्वाचन क्षेत्रमा पर्ने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कांग्रेसले ३० जनाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा कांग्रेसले केन्द्रीय सदस्य नारायणप्रकाश साउँद, हरिप्रसाद बोहरा र प्रेम बलायरको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति लालबहादुर सिंहले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं २ का दुई प्रदेशसभामा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ४६ जनालाई सिफारिस गरेको छ ।
त्यसैगरी यहाँको निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र प्रेमबहादुर विष्ट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् ।
उक्त क्षेत्रमा कांग्रेसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक गरी ६० जनाको नाम सिफारिस गरेको कांग्रेस कञ्चनपुरले जनाएको छ ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल एमालेले पनि तीन वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारको नामावली छनोटलाई तीव्रता दिएको छ । यहाँको निर्वाचन क्षेत्र नं १ मा निर्वाचन क्षेत्रीय समन्वय किमिटीले सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङ, नेताद्वय खेम सुवेदी र वीरबहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
उक्त क्षेत्रमा पर्ने प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा एमालेले १६ जनाको नाम सिफारिस भएको छ । एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा हालका प्रतिनिधिसभा सदस्य रहेका नरबहादुर धामी र युवा सङ्घका निर्वमान अध्यक्ष बचनबहादुर सिंहको नाम क्षेत्रीय कमिटीबाट सिफारिस गरेको जनाएको छ ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ को ‘क’ मा कर्णाली प्रदेशका पूर्व प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र ‘ख’ मा तत्कालीन संविधानसभा सदस्य कृपाराम रानाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा एमालेबाट डा दीपकप्रकाश भट्ट, निरु पाल, राजेन्द्र रावल, ईश्वरी खरेल र हिरा सार्की प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् । डा भट्ट २०७४ सालमा कांग्रेस नेता लेखकलाई पराजित गर्र्दै यहाँबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: