काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले आगामी मङ्सिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको बताएका छन् ।
प्रवक्ता महतले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीभित्र गठबन्धन बनाएर जाने विषयमा कुनै मतमतान्तर नरहेको बताए। “पार्टीभित्रको मतमतान्तर पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिको बैठकमा समाधान हुन्छन्, निर्वाचनसम्म गठबन्धन बनाएर जाने विषयमा पार्टीभित्र कुनै मतमतान्तर छैन”, उनले भने।
प्रवक्ता डा महतले अहिलेकै गठबन्धनलाई जोगाएर निर्वाचनसम्म लैजाने स्पष्ट पारे। “अघिल्लो निर्वाचनमा नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच गठबन्धन हुँदा स्वाभाविक हुने, अहिले कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्दा अस्वाभाविक हुने ?”, उनले प्रश्न गरे । कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगरे अर्को दलले माओवादीसँग गठबन्धन गर्नसक्ने उनको भनाइ छ ।
उनले देशको ठूलो पार्टी कांग्रेसमा निर्वाचनका लागि धेरै आकांक्षी हुनु स्वाभाविक भएको बताउँदै सबै आकांक्षीलाई मिलाएर लैजानु पार्टीभित्र चुनौतीपूर्ण रहेको उल्लेख गरे। “धेरै सिट लिनुभन्दा धेरै सिटमा जित्नु कांग्रेसका लागि महत्वपूर्ण कुरा हो”, उनले भने। समावेशीतालाई सुनिश्चित गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन कांग्रेसले विगतका दिनमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
प्रवक्ता डा महतले आगामी निर्वाचनमा पार्टीका भ्रातृ संस्था, शुभेच्छुक संस्था र आम युवालाई मतदाताको घरदैलोसम्म परिचालन गरिने स्पष्ट पारे। “केन्द्रमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यसमितिले पूर्णता पाएका छैनन्, पूर्णता दिन पाएको भए राम्रो हुन्थ्यो, जिल्ला÷जिल्लामा भएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्वाचनको समयमा परिचालन गछौँ”, उनले भने।
उनले पार्टीभित्र टिकट नपाउँदा स्वतन्त्र उठ्ने प्रवृत्ति बढेको भन्दै स्वतन्त्र उठ्न नदिने वातावरणका लागि कांग्रेस लाग्ने बताए । पारदर्शी र विकासको मामिलामा कांग्रेस सधैँ अगाडि उभिएको उनको भनाइ थियो ।
उनले कांग्रेस सरकारको पालामा अधिकांश सञ्चार गृह खुलेको स्मरण गर्दै पत्रकारको पेशागत अधिकार र प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने पक्षमा कांग्रेसले सधैँ सकारात्मक भूमिका खेल्ने उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ११:१७
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको...
माघ ७ गते, २०८२ - ११:०२
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्ड...
माघ ७ गते, २०८२ - १०:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवा...
माघ ७ गते, २०८२ - १०:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...
माघ ७ गते, २०८२ - १०:२३
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्




प्रतिकृया लेख्नुहोस्: