काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको भनिएको अन्तरघातबारे छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको समितिले आफ्नो काम पुरा गरेको छ। पार्टी स्थायी समिति बैठकबाट गत असार २६ गते अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा अन्तर्घात छानविन समिति गठन गरिएको थियो । जसको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।
अन्तरघातमा शीर्ष नेताकै संलग्नता रहेको भनेर पार्टीको बैठकमा कुरा उठेको थियो । विशेषगरी मधेस प्रदेशमा मातृका यादव र गिरिजामणि पोखरेललगायतका शीर्ष नेता यसमा मुछिएका थिए । तर, छानविन समितिले शीर्ष नेतालाई चोख्याउन खोजेको देखिएको छ। अर्थात समितिले अन्तरघातमा केन्द्रीय नेताको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ । छानविन समितिको प्रारम्भिक रिपोर्टमा अन्तर्घातमा केन्द्रीय नेताको संलग्नता पुष्टि नभएपनि स्थानीय नेताहरुको भने उल्लेख्य संलग्नता देखिएको अध्यक्ष राईले जानकारी दिए ।
छानविन समितिले यही हप्ता आफ्नो रिपोर्ट स्थायी समितिलाई बुझाउने तयारी गरेको अध्यक्ष राईले बताए । ‘स्थानीय चुनावमा बर्दिया, उदयपुर, सिरहा, महोत्तरी, ताप्लेजुङ, अछाम, दाङ लगायत जिल्लामा अन्तर्घात भएको छ । बागी उठ्ने, असहयोग गर्ने विरोधीलाई सघाउन लगायतका प्रवृत्ति देखा परेका छन्’ राईले भने, ‘अन्तर्घातमा शीर्ष नेताहरुको संलग्नता पुष्टि हुन सकेको छैन । त्यसरी पुष्टि हुनेगरी प्रमाण फेला परेका छैनन् । स्थानीय अन्तरद्वन्द्वले तल्लो तहका थुप्रै नेता कार्यकर्ताको संलग्नता भएको पाइयो ।’ अन्तर्घातमा संलग्न हुनेलाई कारवाही गर्न सिफारिस गरिने राईले बताए ।
छानविन समितिले आफ्नो रिपोर्ट तयार पार्ने क्रममा फोन सम्पर्कसहित इमेल र प्रत्यक्ष भेटघाट गरेको थियो । ‘हामीले अन्तर्घात छानविन गर्नेक्रममा फोन सम्पर्क, इमेल, प्रत्यक्ष भेटघाट र स्थलगत अवलोकन गरेका छौँ’ राईले भने, ‘अन्तर्घातको मसिनोगरी अध्ययन गर्नुपर्ने भएपछि उदयपुर, सुन्सरी, मोरङ, सिरहा, महोत्तरी , बर्दिया, दाङ लगायत जिल्लामा पुग्यौँ ।’ छानविन समितिले अन्तर्घात हुँदा २० देखि २५ सिट नोक्सान भएको निष्कर्ष निकालेको छ । यदि पार्टीभित्र अन्तर्घात नभएको भए माओवादीले १५० स्थानीय तह जित्ने आफूहरुको अध्ययनले देखेको उनको भनाइ छ ।
सबैभन्दा बढी अन्तर्घात मधेस प्रदेशमा भएको छ । मधेसमा पार्टीको कमिटी नहुँदा २०७४ सालमा २१ तह जितेकोमा गत वैशाख ३० गते ९ तह मात्रै जित्न सफल भएको छ ।रातोपाटीबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १७:३६
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...
चैत्र ५ गते, २०८२ - १७:१३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १६:५६
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...
चैत्र ५ गते, २०८२ - १६:४६
काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...
चैत्र ५ गते, २०८२ - १६:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...
चैत्र ५ गते, २०८२ - १६:२५
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: