काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको भनिएको अन्तरघातबारे छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको समितिले आफ्नो काम पुरा गरेको छ। पार्टी स्थायी समिति बैठकबाट गत असार २६ गते अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा अन्तर्घात छानविन समिति गठन गरिएको थियो । जसको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।
अन्तरघातमा शीर्ष नेताकै संलग्नता रहेको भनेर पार्टीको बैठकमा कुरा उठेको थियो । विशेषगरी मधेस प्रदेशमा मातृका यादव र गिरिजामणि पोखरेललगायतका शीर्ष नेता यसमा मुछिएका थिए । तर, छानविन समितिले शीर्ष नेतालाई चोख्याउन खोजेको देखिएको छ। अर्थात समितिले अन्तरघातमा केन्द्रीय नेताको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ । छानविन समितिको प्रारम्भिक रिपोर्टमा अन्तर्घातमा केन्द्रीय नेताको संलग्नता पुष्टि नभएपनि स्थानीय नेताहरुको भने उल्लेख्य संलग्नता देखिएको अध्यक्ष राईले जानकारी दिए ।
छानविन समितिले यही हप्ता आफ्नो रिपोर्ट स्थायी समितिलाई बुझाउने तयारी गरेको अध्यक्ष राईले बताए । ‘स्थानीय चुनावमा बर्दिया, उदयपुर, सिरहा, महोत्तरी, ताप्लेजुङ, अछाम, दाङ लगायत जिल्लामा अन्तर्घात भएको छ । बागी उठ्ने, असहयोग गर्ने विरोधीलाई सघाउन लगायतका प्रवृत्ति देखा परेका छन्’ राईले भने, ‘अन्तर्घातमा शीर्ष नेताहरुको संलग्नता पुष्टि हुन सकेको छैन । त्यसरी पुष्टि हुनेगरी प्रमाण फेला परेका छैनन् । स्थानीय अन्तरद्वन्द्वले तल्लो तहका थुप्रै नेता कार्यकर्ताको संलग्नता भएको पाइयो ।’ अन्तर्घातमा संलग्न हुनेलाई कारवाही गर्न सिफारिस गरिने राईले बताए ।
छानविन समितिले आफ्नो रिपोर्ट तयार पार्ने क्रममा फोन सम्पर्कसहित इमेल र प्रत्यक्ष भेटघाट गरेको थियो । ‘हामीले अन्तर्घात छानविन गर्नेक्रममा फोन सम्पर्क, इमेल, प्रत्यक्ष भेटघाट र स्थलगत अवलोकन गरेका छौँ’ राईले भने, ‘अन्तर्घातको मसिनोगरी अध्ययन गर्नुपर्ने भएपछि उदयपुर, सुन्सरी, मोरङ, सिरहा, महोत्तरी , बर्दिया, दाङ लगायत जिल्लामा पुग्यौँ ।’ छानविन समितिले अन्तर्घात हुँदा २० देखि २५ सिट नोक्सान भएको निष्कर्ष निकालेको छ । यदि पार्टीभित्र अन्तर्घात नभएको भए माओवादीले १५० स्थानीय तह जित्ने आफूहरुको अध्ययनले देखेको उनको भनाइ छ ।
सबैभन्दा बढी अन्तर्घात मधेस प्रदेशमा भएको छ । मधेसमा पार्टीको कमिटी नहुँदा २०७४ सालमा २१ तह जितेकोमा गत वैशाख ३० गते ९ तह मात्रै जित्न सफल भएको छ ।रातोपाटीबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: