Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

खबरडबली संवाददाता

भोजपुर ।  जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ ।

एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँको माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । टेम्केमैयुङ गाउँपालिका– १ तिम्माका करिब ६०÷७० किसानले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतो राम्रो उत्पादन हुँदै आएको र यसबाट आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुने किसानको भनाइ छ । एक किसानले २० देखि ५० मन चिराइतो उत्पादन गर्दै आएको यसको व्यावसायिक खेती गरिरहेका स्थानीय किसान देवेन्द्र राउतले जानकारी दिए । उनले करिब ६२ रोपनी क्षेत्रमा चिराइतो खेती गरिरहेका छन्  ।

किसान राउतले भने, ‘‘हाम्रो क्षेत्र जडीबुटी खेतीको लागि उपयोगी मानिन्छ । यहाँका अधिकांश किसानले चिराइतो खेती गरिहेका छन् । मैले करिब ६२ रोपनी क्षेत्रमा खेती विस्तार गरेको छु । यसवर्ष मात्र मेरो २५ मन बढी चिराइतो उत्पादन हुन्छ । आगमी वर्ष ५० मनजति उत्पादन हुन्छ ।’’आठ वर्षदेखि चिराइतोको व्यावसायिक खेती गर्दै आएका अर्का किसान प्रेम बस्नेतले गतवर्ष चिराइतो बिक्रीबाट रु छ लाख ५० हजार आम्दानी भएको  बताए । उनको गत वर्ष करिब ३५ रोपनी जमिनमा  २५ मन चिराइतो उत्पादन गरिएको थियो ।

उत्पादित चिराइतो आफ्नै घरबाट प्रतिमन रु २६ हजारले बिक्री भएको बस्नेतको भनाइ थियो । ‘‘गतवर्ष चिराइतोबाट रु छ लाख ५० हजार आम्दानी लिएँ ’’ उनले भने, ‘‘यो वर्ष थप २० रोपनीमा विस्तार गरेको छु । गत वर्षको जस्तै मूल्य पाइए यो वर्ष पनि राम्रै आम्दानी हुन्छ ।’’चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने कृषक बस्नेतले जानकारी दिए । रु ५० हजार आलु मकैबाट आम्दानी हुने बारीमा चिराइतो खेती गरिए रु पाँचलाखदेखि सात लाखसम्म आम्दानी लिन सकिने उनको  भनाइ थियो । चिराइतोले आलु र मकैभन्दा अलि ढिलो आम्दानी दिन्छ ।

किसान बस्नेतले भन्नुभयो,‘‘हामीले आफूले जानेको पराम्परागत रुपमा खेती गरिरहेका छौँ । हालसम्म राज्यबाट खास सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ बढी आम्दानी गर्न सकिने थियो ।’’

किसानले चिराइतोलाई असोज, कात्तिक महिनामा सङ्कलन गर्ने गर्दछन् । गत वर्ष मूल्य वृद्धि भएका कारण धेरै किसानमा चिराइतो खेतीमा मोह बढेको देखिन्छ । मूल्यमा आउने उतारचडावले भने किसानलाई समस्या हुने गरेको छ । विगतका वर्षमा ४५ मनसम्म चिराइतो उत्पादन भएको बाह्र वर्षदेखि यसको व्यावसायिक खेती गर्दै आएका किसान गुणराज राउतले सुनाए  । एक रोपनीमा आठ मनसम्म चिराइतो उत्पादन भएको उनको भनाइ थियो ।

राउतले हाल २० रोपनीम जमिनमा चिराइतो खेती गरिरहेका छन् ।  यो साल आठदेखि दश मनको हाराहारीमा उत्पादन हुने किसान उनको भनाइ थियो । ‘‘मसँग ४५ मनसम्म उत्पादन गरेको अनुभव छ’’ किसान राउतले भने, ‘‘यसलाई मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी पाउन सकिन्छ । एक रोपनीमा ८ मनसम्म चिराइतो उत्पादन भयो । एक पटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादन योग्य हुन अलि समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक÷फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ।’’ ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेकोलगायत रोगमा चिराइतो प्रयोग गर्न सकिने किसान राउतको भनाइ छ । यसको पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । 

यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको बताइन्छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् । भोजपुरमा चिराइतोसँगै सतुवा, तेजपत्ता, लोठसल्ला, खिरौले, टिमुरलगायत  जडीबुटीको पनि खेती विस्तार भइरहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies