म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ ।
आयोजनाका इञ्जिनियर प्रवीणप्रताप अधिकारीका अनुसार रु एक करोड ५४ लाखको लागतमा दुईतले नौकोठे भवन निर्माण गरिएको हो । “तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रघुगङ्गा–१ बेगखोलामा भवन निर्माणको सम्झौता गरेको थियो,” उनले भने, “बेगखोलामा गाउँपालिकाले अस्पतालको भवन बनाउने निर्णय गरेपछि स्वास्थ्य चौकीको भवन झिँमा स्थानान्तरण गरिएको हो ।”
विसं २०७७ असार ११ गते तिलक निर्माण बागलुङसँग ठेक्का सम्झौता भएको भवन निर्माण कार्य राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विघटन भएपछि आयोजनाको कार्यालयलाई हस्तान्तरण भएको थियो । पन्ध्र महिनाको ठेक्काको म्याद कोरोना, स्थान परिवर्तन र जग्गा व्यवस्थापनका कारण २०७९ असार मसान्तसम्म थपिएको थियो । तिलक निर्माण सेवाका सञ्चालक भुपेन्द्र खड्काले सात महिनामा भवन निर्माण गरेर हस्तान्तरण गरेको बताए।
झिँमा गत पुस÷माघ महिनामा सामुदायिक भवन भएको ठाउँको जग्गा व्यवस्थापन गरेपछि भवन निर्माण थालिएको थियो । भवन परिसरमा घेराबार, त्यहाँसम्म पुग्ने पदमार्ग, सडक र पहिरो रोकथामका लागि पर्खाल निर्माण भएको छ । भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, स्वास्थ्यकर्मीको कार्यकक्ष, आवास र प्रसूतिका लागि फरक फरक कोठा छन् । साँघुरो, पुरानो र जीर्ण भवनबाट सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई नयाँ भवनमा सारिएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए।
सुविधासम्पन्न भवन निर्माणसँगै स्वास्थ्य चौकीको सेवा प्रभावकारी र सहज हुने उनले अपेक्षा गरे । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बेगखोलामा अस्पताल बनाउने निर्णय भएपछि धेरै मेहनत गरेर झिँमा स्वास्थ्य चौकी भवन स्थानान्तरण र निर्माण गर्न सफल भएको बताए । स्थानान्तरणको प्रक्रिया र जग्गा व्यवस्थापन गर्न समय लागे पनि भवन निर्माण छिटो भएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: