Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चुनावी प्रक्षेपण : गठबन्धन १५५, एमाले ९ सिटमै खुम्चिने !

भक्तपुरमा नेमकिपालाई ढुक्क

खबरडबली संवाददाता

काठमाडौं । सरकारले निर्वाचनको मिति तोकेसँगै सबै राजनीतिक दलहरू चुनावी मोर्चामा होमिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रणनीति बनाउन सबै दलहरू सक्रिय भएर लागेका छन्। 

सत्ता गठबन्धनसँग वैशाख भएको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको प्रमुख प्रतिपक्षी दल पनि निर्वाचन विशेष रणनीति बनाउन केन्द्रित भएको छ। 

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठबन्धनमै जाने सहमति भइसकेको छ। 

स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनबाट धक्का खाएपछि एमालेका केही नेताहरूले ०७४ सालमा झैँ वामपन्थीहरूबीच तालमेल गर्नुपर्ने कुरालाई जोड दिएका छन्। 

तत्कालिन नेकपाको एकता भंग भइसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँगको तालमेलको सम्भावना क्लोज भइसकेको बताइसकेका छन्। 

पाँच दलका शीर्ष नेताहरूले तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल नै बनाएका छन् । गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि तालमेलका लागि तयार देखिएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अरु दलहरुलाई एक्लाएक्लै मैदानमा आउन चेतावनी दिइरहेको छ । यसको खास कारण चाहिँ उसले अहिलेसम्म गठबन्धन बनाउन सफल भइसकेको छैन । एमाले नेताहरूले अझै पनि पाँचदलीय गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलसँग वाम गठबन्धन बनाउने आश मारेका भने छैनन् । नेताहरू निरन्तर संवादमै छन् । 

स्थानीय तहको निर्वाचनको नतिजा अनुसार कांग्रेस र  एमाले हाराहारीका शक्ति हुन् । तर तेस्रो दल माओवादी केन्द्रसँग तालमेल गरेकै कारण कांग्रेसले ३२७ पालिका प्रमुख जित्न सक्यो भने एमाले २०५ मा खुम्चियो । 

वडाध्यक्षमा दलले पाएको मत प्रतिशत र प्रतिनिधिसभामा पाएको मत प्रतिशतको अन्तरसम्बन्ध ग्लोबल इन्ष्टिच्युट फर इन्ट्राडिसिप्लिनसरी स्टडिजको टिमले आगामी निर्वाचनबारे प्रक्षेपण गरेको छ। 

सो अध्ययन अनुसार सत्ता गठबन्धन कायमै रहे १६५ सिट मध्ये १५५ सिटमा पाँचदलीय गठबन्धनले जित्ने देखिन्छ । एमालेले ९ र नेपाल मजदुर किसान पार्टीले एक सिट जित्नेछ । बाँकी दलहरूलाई प्रत्यक्षमा चुनाव जित्न सहज नभएको सो अध्ययनले देखाएको छ। 

यद्यपि पाँचदलीय गठबन्धनले जित्ने देखिएका १८ सिटमा मतान्तर ५ प्रतिशत भन्दा कम छ भने थप १६ सिटमा ५ देखि १० प्रतिशत छ । यो स्थानहरूमा प्रतिस्पर्धामा रहेका एमाले आउने सम्भावना रहन्छ । 

तर एमालेले जित्ने देखिएका ६ सिटमा ५ प्रतिशत र थप ३ सिटमा ५ देखि १० प्रतिशतसम्म मतान्तर भएकाले समग्र परिणाममा ठूलो हेरफेर नहुन सक्छ यदि स्थानीय निर्वाचनमा देखिएको रुझानमा नै भोट खस्यो भने । 

यद्यपी, नयाँ मतदाताहरूको संख्या अझै नआइसकेकोले उनीहरूको संख्या धेरै हुँदा नतिजामा केही स्थानमा प्रभाव पार्न सक्छन् ।

जसरी पाँच दलले सिट बाँडफाँटकै लागि गृहकार्य गरे, त्यसरी एमालेले गठबन्धन त बनाएको छैन तर स्थानीय चुनावमा झैं राप्रपा र राप्रपा नेपालसँग एमालेले तालमेल गर्ने सम्भावना कायमै छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending