काठमाडौं । सरकारले निर्वाचनको मिति तोकेसँगै सबै राजनीतिक दलहरू चुनावी मोर्चामा होमिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रणनीति बनाउन सबै दलहरू सक्रिय भएर लागेका छन्।
सत्ता गठबन्धनसँग वैशाख भएको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको प्रमुख प्रतिपक्षी दल पनि निर्वाचन विशेष रणनीति बनाउन केन्द्रित भएको छ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठबन्धनमै जाने सहमति भइसकेको छ।
स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनबाट धक्का खाएपछि एमालेका केही नेताहरूले ०७४ सालमा झैँ वामपन्थीहरूबीच तालमेल गर्नुपर्ने कुरालाई जोड दिएका छन्।
तत्कालिन नेकपाको एकता भंग भइसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँगको तालमेलको सम्भावना क्लोज भइसकेको बताइसकेका छन्।
पाँच दलका शीर्ष नेताहरूले तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल नै बनाएका छन् । गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि तालमेलका लागि तयार देखिएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अरु दलहरुलाई एक्लाएक्लै मैदानमा आउन चेतावनी दिइरहेको छ । यसको खास कारण चाहिँ उसले अहिलेसम्म गठबन्धन बनाउन सफल भइसकेको छैन । एमाले नेताहरूले अझै पनि पाँचदलीय गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलसँग वाम गठबन्धन बनाउने आश मारेका भने छैनन् । नेताहरू निरन्तर संवादमै छन् ।
स्थानीय तहको निर्वाचनको नतिजा अनुसार कांग्रेस र एमाले हाराहारीका शक्ति हुन् । तर तेस्रो दल माओवादी केन्द्रसँग तालमेल गरेकै कारण कांग्रेसले ३२७ पालिका प्रमुख जित्न सक्यो भने एमाले २०५ मा खुम्चियो ।
वडाध्यक्षमा दलले पाएको मत प्रतिशत र प्रतिनिधिसभामा पाएको मत प्रतिशतको अन्तरसम्बन्ध ग्लोबल इन्ष्टिच्युट फर इन्ट्राडिसिप्लिनसरी स्टडिजको टिमले आगामी निर्वाचनबारे प्रक्षेपण गरेको छ।
सो अध्ययन अनुसार सत्ता गठबन्धन कायमै रहे १६५ सिट मध्ये १५५ सिटमा पाँचदलीय गठबन्धनले जित्ने देखिन्छ । एमालेले ९ र नेपाल मजदुर किसान पार्टीले एक सिट जित्नेछ । बाँकी दलहरूलाई प्रत्यक्षमा चुनाव जित्न सहज नभएको सो अध्ययनले देखाएको छ।
यद्यपि पाँचदलीय गठबन्धनले जित्ने देखिएका १८ सिटमा मतान्तर ५ प्रतिशत भन्दा कम छ भने थप १६ सिटमा ५ देखि १० प्रतिशत छ । यो स्थानहरूमा प्रतिस्पर्धामा रहेका एमाले आउने सम्भावना रहन्छ ।
तर एमालेले जित्ने देखिएका ६ सिटमा ५ प्रतिशत र थप ३ सिटमा ५ देखि १० प्रतिशतसम्म मतान्तर भएकाले समग्र परिणाममा ठूलो हेरफेर नहुन सक्छ यदि स्थानीय निर्वाचनमा देखिएको रुझानमा नै भोट खस्यो भने ।
यद्यपी, नयाँ मतदाताहरूको संख्या अझै नआइसकेकोले उनीहरूको संख्या धेरै हुँदा नतिजामा केही स्थानमा प्रभाव पार्न सक्छन् ।
जसरी पाँच दलले सिट बाँडफाँटकै लागि गृहकार्य गरे, त्यसरी एमालेले गठबन्धन त बनाएको छैन तर स्थानीय चुनावमा झैं राप्रपा र राप्रपा नेपालसँग एमालेले तालमेल गर्ने सम्भावना कायमै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: