Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

प्रत्यक्ष कार्यकारीका पक्षधर गगन, योगेश र गणेशमान कता छन् ?

\"yogesh_ganeshman_gagan\"काठमाडौं । २४ वर्षमा २१ प्रधानमन्त्री बनेको नेपालको संसदीय राजनीतिक प्रणाली बद्नाम, अस्थिर, अलोकप्रिय भएकै कारण राजनीतिक स्थायित्वको विकल्पमा बेलाबखत कुरा उठ्दै आए । पहिलो संविधानसभा संविधान विनानै अवसान भए पनि दोस्रो संविधानसभाबाट संविधान बन्ने र नेपालको राजनीतिक प्रणालीलाई व्यवस्थित, मर्यादित र जनताप्रति उत्तरदायी बनाउने सपना नेपाली जनता र केही दलका नेताहरुले पनि देखेका थिए । संसदीय व्यवस्था अन्तर्गत संसदबाट निर्वाचित प्रधानमन्त्री शासकीय स्वरुप हुने व्यवस्थाले भ्रष्टाचार, विकृति र अस्थिरता पैदा गरेकैले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग उठ्यो । संस्थागत रुपमा एमाओवादी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने घोषणापत्र लिएर दुवै संविधानसभा निर्वाचनमा होमिए । कांग्रेसले सुधारिएको संसदीय व्यवस्था भन्दै संसदबाटै निर्वाचित प्रधानमन्त्रीको मुद्दालाई आफ्नो अभियान बनायो । यद्यपी कांग्रेसमा पनि नरहरि आचार्य, प्रदीप गिरी, गगन थापा जस्ता नेता राजनीतिक स्थायित्वका लागि निर्वाचित कार्यकारीकै पक्षमा थिए । तर, मुख्यगरी २०६२/६३ को राजनीतिक परिवर्तनपछि हरेक निर्णय र प्रक्रियामा राजनीतिक सहमतिका नाममा यस्ता मुद्दाहरु सम्झौतामा पुगेर विसर्जन हुने क्रम बढ्यो । चुनावी घोषणापात्रमा उल्लेख गर्दै प्रत्यक्षमा भोट मागेका एमाओवादी र एमाले दुवैले यही सम्झौता र सहमतिका नाममा मुलुकको स्थायित्वस“ग जोडिएको विषयमा अडान लिन सकेनन । फलस्वरुप सम्झौतामा प्रत्यक्षको मुद्दालाई थाती राखे र, अन्ततः कांग्रेसकै कित्तामा उभिन पुगे । पार्टीका बयोवृद्ध र राजनीतिक उचाई हासिल गरेका शीर्ष नेताले यो मुद्दा छोडे  । तर, पनि  कांग्रेस, एमाले, एमाओवादी जस्ता दलमा आवद्ध युवा नेता नेपालले खोजेको स्थायित्वको लागि यो मुद्दामा पक्षधर बने । पार्टी फोरम र बैठकमा मुलुकको हित, दीर्घकालीन व्यवस्थास“ग जोडिएको भन्दै गगन थापा, योगेश भट्टराई, गणेशमान पुन जस्ता नेताले ‘प्रत्यक्ष कार्यकारी’को पक्षमा फरक मत राखे । कांग्रेसमा थापा, एमालेमा भट्टराई, एमाओवादीमा पुन जस्ता नेताले राखेको यही फरक मतलाई आशावादी हु“दै संविधानको मस्यौदामाथि जनताले सुझाव दिंदै ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’कै पक्षमा मत दिए । देशभर साउन ४ र ५ गते गरिएको सुझाव संकलनका क्रममा अधिकांश र मुख्य सुझाव नै प्रत्यक्ष कार्यकारीका पक्षमा आइदिएपछि जनता पनि निक्कै आशावादी हुन पुगे । आफ्नो भावना अनुसार अब भने देशको शासक आफ्नै मतले चुन्न पाइने भयो भनेर । तर, अफसोच राजनीतिक मुद्दा लेनदेनमा यी प्रमुख दलका नेताले जनताको सुझावलाई एउटा कुनामा थन्क्याइदिन पुगे । तर, यसको विरुद्धमा प्रत्यक्ष निर्वाचितको पक्षमा रहेका यिनै दलका थापा, भट्टराई र पुनहरुले बहस छेड्ने र नेतालाई बाध्यकारी बनाउने गरी दबाब सिर्जना गर्न सकेनन् । पार्टी बैठकमा फरक मतका रुपमा कार्यकारी मुद्दालाई राखे पनि उनीहरु पनि त्यसमा अडिन सकेनन् । नेताहरु र समग्र पार्टीले जनमतको कुरा नमान्ने बुझेका युवा नेताहरुले त्यसको पक्षमा पार्टीभित्रै फरकमत समुह निर्माण गर्ने त्यसको परिचालनमा जनतासमेत परिचालित गरेर दबाब सिर्जना गर्ने दुख गरेनन् । उनीहरुको यस्तोपनले फरक मत जस्तो राख्न खोज्ने तर, ‘पपुलिस्ट’ हुनका लागि मात्र उनीहरुले यस्तो मत राखेको त होइन भन्ने आंशकाको स्थिति अहिले छ । जनताबाट अमूल्य सुझाव आएपछि यी युवा नेताले किन त्यसलाई बहसमा लान सकेनन् र सहमतिका नाममा शीर्ष नेताले कुनामा थन्क्याउदा त्यसविरुद्ध बोल्न सकेनन् भन्ने चर्चा अहिले चलेको छ । व्यवस्था परिवर्तन हु“दै देश गणतन्त्रमा जाने र यस्तो अग्रगमनमा राजनीतिक स्थायित्व भई मुलुक छिट्टै आर्थिक समृद्धिको दिशामा लम्कन सक्ने मुद्दामा यी युवा नेताहरु चुकेका छन् । चर्चा पाउनकै लागि विषय उठान गर्ने तर, त्यसका पक्षमा खबरदारी गर्न नसक्ने उनीहरुको प्रवृत्तिमाथि पनि शंका उत्पन्न हुन थालेको छ । पार्टी नेतृत्वमा स्थापित हुन मुद्दा छोड्ने र सत्तामा पुग्ने आकांक्षालाई थप बलियो बनाउनकै लागि उनीहरु शीर्ष नेताविरुद्ध दुष्मनी साध्न नसाध्ने द्धैद रणनितिमा त छैनन् ? जनताको पनि अभिमत छ भन्दै उनीहरुले पार्टीमा बहस चलाउँदै एकीकृत रुपमा दबाब दिंदै जनमत बटुल्न सकेको भए आज कार्यकारीको सुझाव उस्सै थन्किने थिएन । देशको दीर्घकालीन हितस“ग जोडिएको यो सवालमा राजनीतिक दाउपेचकै कारण ‘चुप’ बस्ने थापा, भट्टराई र पुनहरूले कुनैदिन यसको जवाफ पक्कै दिनुपर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies