काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘तथ्याङ्क विधेयक, २०७८’ बहुमतले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाडले राष्ट्रियसभाको सन्देश सहितको सो विधेयक आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए ।
गृहमन्त्री बालकृष्ण खाडले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको बताए। तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व रहेको र देशभरका हरेक विषयको तथ्याङ्क सङ्कलन र उपयोग गर्न पनि यसले सहयोग गर्ने उहाँनको भनाइ छ ।
सरकारले नागरिकले खोजी गरेको विवरण उपलब्ध गराउनुपर्ने उनले बताए। तथ्याङ्कको विद्युतीय अभिलेख राखिनुपर्ने अहिलेको आवश्यकता भएको पनि उनको भनाइ छ । तथ्याङ्क विभागको कार्यालय ३३ जिल्लामा रहेको र ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने उनले औँल्याए । उनले भने, “अहिले छलफलका क्रममा आएका संशोधनका विषय नियमावलीमा समेटिनेछ ।”
संशोधनकर्ता सांसद प्रेम सुवालले नेपालको इन्जिनियरिङ कलेजलाई सफ्टवेयर विकास गर्न दिनुपर्ने र स्थानीय जनता र पालिकालाई तथ्याङ्क सङ्कलनमा जिम्मेवार बनाउँदा कति बेरोजगार छन्, उद्योग र कृषिको अवस्था के छ भनी थाहा हुने उल्लेख गरे। संशोधनकर्ता सांसद विद्या भट्टराईले बहुपक्षीय संस्थाले सरकारसँग नेपालमा थाहा नदिई वा स्वीकृति नलिइ तथ्याङ्क लिइरहेको र त्यसो गर्दा स्वाधीनता कमजोर हुने हुँदा स्वीकृति लिनुपर्ने व्यवस्था गर्नुपर्ने औँल्याए।
छलफलमा सहभागी हुँदै सांसद कुमारी तुल्सी थापाले सही लेखाजोखा राख्न सकिएन भने सही मूल्याङ्कन हुन नसक्ने हुँदा कसरी राख्ने भनी ध्यान दिनुपर्ने बताए। सांसद खगराज अधिकारीले विधेयकले तथ्याङ्कको विश्वस्तरको मान्यता, शुद्धता, गोपनीयताको विषयलाई समेत ध्यान दिनुपर्ने बताए।
सांसद नवराज सिलवालले देशको सामाजिक, आर्थिकलगायतको विकास कसरी गर्ने भन्ने कुरा तथ्याङ्कबिना सम्भव नरहेकाले तथ्याङ्कलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । सांसद चाँदतारा कुमारीले अल्पङ्ख्यक समुदायका लागि कानुन बनाउन वा पैरवी गर्नका लागि तथ्याङ्क आवश्यक रहेको बताए। सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा परिषद्को कल्पना गरेको र त्यसले आफैँले निर्णय गर्नसक्ने हुँदा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउन सक्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...
मंसिर २७ गते, २०८२ - १४:०७
बैङ्कक। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेको छन् । ...
मंसिर २७ गते, २०८२ - १३:३८
काठमाडौँ । कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पलायन भएको भन्दै आएका विभिन्न प्रचार–प्रसारबारे उनीहरूले सामाजिक ...
मंसिर २७ गते, २०८२ - १३:१५
भक्तपुर। शनिबार उद्घाटन हुने नेकपा ९एमाले० को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौर...




प्रतिकृया लेख्नुहोस्: