Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पर्वतमा विद्युत् सर्ट हुँदा एकको मृत्यु, १२ घाइते

खबरडबली संवाददाता
पर्वत । जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङ धारापानी गाउँमा विद्युत् सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाइनमा विद्युत् सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीयवासी यामबहादुर केसीले बताए । स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काका अनुसार करेन्ट लागेर धारापानीकीे ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको छ ।
 
घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको उहाँले जानकारी दिए। उनका अनुसार करेन्ट लागेर १२ जना घाइते भएका छन् । हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुई सय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चँुडिएर स्थानीयवासी प्रताप आचार्यको फार्मका १६ बाख्रा मरेका छन् ।
 
विद्युत् कार्यालयको लारबाहीका कारण दुःखद् घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेका छन् । टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत् प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ ।
 
उता, नेपाल विद्युत् प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा दुई सय २० भोल्टेज प्रसारण हुनुपर्ने विद्युत्को तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएको बताए। विद्युत प्रवाहमा देखिएको समस्या समाधानका लागि केही स्थानमा रुख हटाउन थालिएको बताए । रुखहरू हटाउने क्रममा फलामे पोलबाट एलटि लाइनमा विद्युत् लिकेज भएको हुनसक्ने उहाँले अनुमान गरे। 
 
कम्पोजिट एल्टीमा लाइनछिरेका कारण विद्युत् आपूर्तिमा समस्या भएको हुनसक्ने उनले अनुमान गरेका छन्। यस्तो घटना जम्पर लुज भएका कारण पनि विद्युत् प्रवाहमा समस्या आउनेसक्ने उनले बताए । 
 
घटनाको यथार्थ विवरण प्राविधिक जाँच पछि आउनसक्ने भन्दै दुई सय २० भोल्टेज प्रवाह हुनपर्ने तारमा ११ हजार भोल्टेजसम्मको लाइन प्रवाह भएको हुनसक्ने उनले अनुमान गरे। कार्यालय प्रमुख गोसेलीले प्रारम्भिक रूपमा दुई २० भोल्टेजभन्दा बढी चार सय ४० भोल्टेजसम्म पनि प्रवाह भएको हुनसक्ने तर कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए । गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending