Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अब गाउँमै बसूँ बसूँ बनाउनेतर्फ लाग्नुपर्छः वरिष्ठ नेता पौडेल

खबरडबली संवाददाता

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँको विकास नै देश विकासको जग भएको बताएका छन् । 

तनहुँको व्यास नगरपालिका–१३ र १४ का विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ग्रामीण क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। 

गाउँमै रोजगारी र गाउँमै आम्दानी भएमात्रै गाउँमा मानिस बस्ने भएकाले अबको प्राथमिकता त्यसतर्फ हुनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । “रोजगारी र सुविधा खोज्दै सहरमा बसाइँसराइ बढेपछि गाउँ रित्तो हुने अवस्थामा पुगेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गराएर गाउँमै बसूँ बसूँ बनाउनेतर्फ लाग्नुपर्छ”, उनले भने । 

गाउँको विकास आफ्नो एकमात्र लक्ष्य रहेको वरिष्ठ नेता पौडेलले बताए । “तनहुँका ग्रामीण क्षेत्रमा मेरो नेतृत्वमा विकासका योजना सुरु भएको हो, त्यसलाई पूरा गराउने जिम्मेवारी पनि मेरो हो, अधुरा योजना पूरा गराउनेतर्फ लागेको छु”, उनले भने । 

फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन देशको आवश्यकता रहेको जिकिर गरे । उनले संविधानको रक्षाका लागि गठबन्धन गरिएको भन्दै त्यसलाई निरन्तरता दिइने बताए। 

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कांग्रेसको नेतृत्वमा विकास अभियानले पूर्णता पाउने बताए। यही साउन ८ गतेदेखि गृहजिल्लामा रहेका पौडेलले विभिन्न ठाउँमा जनतासँग भेटघाट गरेका थिए । पौडेलले सोमबार व्यास–७ को कलेस्ती, छापथोक, मेवाबारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु नगरपालिका–१३ को पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर, आहालेमा जनतासँग भेटघाट गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending