Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

म्याग्दीमा छ हजार नागरिकता वितरण

खबरडबली संवाददाता

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक अङ्गिकृति नागरिकतासमेत लिएका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नागरिकता र राहदानी लिनेको सङ्ख्या बढेको बताए। “कोभिडका कारण अघिल्ला दुई आवमा राहदानी र नागरिकता बनाउन नपाएकाले गत आवमा बनाएकाले बढेका हुन्”, उहाँले भन्नुभयो “नागरिकता र राहदानी बनाउनेको सङ्ख्या करिब दोब्बरले बढेको छ ।”

सहायक प्रजिअ शर्माका अनुसार गत आर्थिक वर्षमा चार हजार ५२८ साधारण र ८४४ द्रुत राहदानीका लागि सिफारिस गरिएकामा तीन हजार ८९२ राहदानी वितरण गरिएको छ । छ सय ३६ राहदानी वितरण गर्न बाँकी छ । 

आर्थिक वर्ष २०७७/७८ मा तीन हजार २०५ नयाँ र एक हजार ७१५ प्रतिलिपी नागरिकता वितरण गरिएको थियो । यसैगरी एक हजार ९७५ साधारण र ४३५ द्रुत राहदानी सिफारिस गरिएकामा दुई हजार २० वितरण भएको थियो । राहदानी दस्तुर शीर्षकमा गत आर्थिक वर्षमा रु दुई करोड ३९ लाख ६० हजार ५०० राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष सो शीर्षकमा रु एक करोड नौ लाख २५ हजार राजस्व सङ्कलन भएको थियो । 

यसैगरी गत आर्थिक वर्षमा आठ हजार ५५ जनालाई राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ । आगलागी, चट्याङ, वर्षा र हिमपातबाट प्रभावितलाई रु दश लाख दश हजार, द्वन्द्वपीडितलाई रु पाँच लाख ८८ हजार राहत वितरण भएको छ । 

मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुनःनिर्माणका लागि रु एक करोड ४३ लाख पचास हजार अनुदान भुक्तानी भएको छ । सैतीस नयाँ संस्था दर्ता र १९७ नवीकरण, २७५ नाबालक परिचयपत्र, ७०९ विविध सिफारिस, ५५ हातहतियारको नवीकरण, चार हातहतियार नामसारी र ४५५ भूपु सैनिक पेन्सन सिफारिस भएको छ । पचहत्तर ठाडो उजुरी परेको प्रशासनमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका १८ सहित २५ मुद्दा दर्ता भएकामा १९ फस्र्यौट भएका छन् । संस्था दर्ताबाट रु तीन लाख ७० हजार ७३५, हातहतियार नवीकरण तथा नामसारीबाट रु छ लाख १० हजार २००, प्रशासनिक दण्डजरिवानाबाट रु एक लाख पाँच हजार ४१५, न्यायिक दण्ड जरिवाना र जफत शीर्षकमा रु पाँच हजार तथा धरौटी शीर्षकमा रु ८२ हजार २६५ राजस्व सङ्कलन गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending