काठमाडौँ । राष्ट्रियसभाका सांसद डा बेदुराम भुसालले संविधानले कल्पना गरेको दुई सदनात्मक संसदीय व्यवस्थाका दुई सदनलाई विभेद् नगर्न अनुरोध गरेका छन् ।
सञ्चारमाध्यामले समाचार प्रकाशन प्रशारण गर्नेदेखि निर्णय र निर्देशन कार्यान्वयनमासमेत उपेक्षा गरिएको गुनासो गर्दै भुसालले प्रतिनिधिसभाले गरेका कमजोरी सच्याउने राष्ट्रियसभा भएकाले संविधानले दिएको अधिकार प्रयोग गर्नबाट रोकेर सभालाई उपेक्षा गर्ने कुरा स्वीकार गर्न नसकिने स्पष्ट पारे ।
दुबै सदनको बैठक भएका बेला सञ्चारमाध्यामले पनि प्रतिनिधिसभाको मात्रै समाचार बजाउने गरेको आरोप लगाए । राष्ट्रियसभाको विशेष समयमा बोल्दै भुसालले राष्ट्रियसभाको उपाध्यक्षको पद किन पूर्ति नभएको भनी प्रश्न गरे । उनले भने, “प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुन लागेको छ तर यता ध्यान दिइएन, समितिका सभापति पद खाली छ त्यसमा पनि ध्यान गएको छैन, दलका नेता र सचेतकमा समेत कुनै ध्यान गएन ।”
नेपालको संविधानको धारा ८३ ले दुई सदनात्मक सङ्घीय संसद् हुने भनेर उल्लेख गरे पनि व्यवहारमा प्रतिनिधिसभा विशेष हो र राष्ट्रियसभा गौण हो भन्ने व्यवहार पाउने गरिएको उनले बताए ।
प्रतिनिधिसभामा २०७६ मा दर्ता भएको विधेयक यसै थन्क्याएर राखिएको र अहिले राष्ट्रियसभामा छिट्टै अघि बढाउन दबाब आइरहेको सन्दर्भ जोड्दै उनले यस्ता व्यवहार स्वीकार गर्न नसकिने बताउनुभयो । नयाँ विधेयक छलफल नै नगरी लैजान नहुने तर्क उनको थियो ।
उनले महालेखाको प्रतिवेदनमा आर्थिक परिसूचक हेर्दा चिन्ता लाग्दो अवस्था रहेको र यो वर्ष मात्रै १५ दशमलव ४६ प्रतिशत बेरुजु बढेकाले मुलुकको सुशासन कता जाँदै छ भनेर सङ्केत गरिरहेको बताए । बेरुजु बढ्दै गएकाले मुलुक सुशासनभन्दा आर्थिक अराजकतातर्फ गइरहेको सङ्केत दिएकाले यस्ता विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।
बाढीपहिरोको समस्या बढ्दो रहेको, महँगीले आकास छुनै लागेको र अहिलेसम्म पनि किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको उनले बताए ।
सांसद खिमलाल देवकोटाले संसद् सचिवालयसम्बन्धी ऐन २०६४ लाई तेस्रो अधिवेशनमा संशोधन गरिएको र त्यस विधेयकमा त्रुटी भएकाले संशोधन गर्न अनुरोध गरे ।
सङ्घीय संसद्को संयुक्त बैठकको सन्दर्भ जोड्दै उनले एउटा बैठकको अध्यक्ष सभामुख र अर्को बैठकको अध्यक्ष राष्ट्रियसभाको अध्यक्षले गर्ने गरी संयुक्त बैठक कार्यसञ्चालन नियमावलीमा राख्न सकिँदैन ? भनी प्रश्न गरे । उनले संविधानले समेत राष्ट्रियसभालाई कमजोर बनाएको उल्लेख गरे ।
सांसद डा विमला राई पौडेलले राष्ट्रियसभाले पारित गरेर पठाएका १२ वटा विधेयक प्रतिनिधिसभामा अड्किएर बसेको गुनासो गरे । डा पौडेलले ध्यानाकर्षण गराउँदै भने, “प्रतिनिधिसभाले पठाएको विधेयक दुई महिनाभित्रमा केही नगरे अघि बढाउन पाउने तर राष्ट्रियसभाले पठाएको विधेयक वर्षांैसम्म थन्क्याएर राख्दा पनि केही नगर्ने, यो सभामुखको काम होइन ।”
विधेयकमा राज्यको ठूलो रकम खर्च भइसकेकाले चुनाव अघि सबै विधेयक पारित गर्नुपर्देन भनेर प्रश्न गरे । उनले कानुन बनाउने ठाउँमा राष्ट्रियसभा कमजोर रहेको बताए । बैठकमा सांसद विमला घिमिरेले भृकुटीमण्डपमा भएको आगलागीबाट अपाङ्ता भएका व्यक्तिलाई सेवा दिन अप्ठेरो हुनसक्ने भएकाले घटनाको छानबिन गरी ती सामग्रीमा कमी नहोस् भनी सरकारको ध्यानाकर्षण गराए । सांसद नारायणदत्त मिश्रले नेपालको आर्थिक अवस्था अहिले बाहिर आएजस्तो कमजोर नरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: