Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

कञ्चनपुरका क्यान्सरपीडित डगौरा भन्छन्- यस्तो दुःख कसैले भोग्नु नपरोस

खबरडबली संवाददाता
कञ्चनपुर । बेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभावले छटपटाउनु भएको छ । ससुरालीमा बस्दै आउनुभएका उहाँले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नुपरेको छ । “जग्गा घर केही छैन मजदुरी गरेर जीविका चलाउँदै आएको छु”, डगौराले भन्नुभयो, “जीब्रो दुख्न थालेपछि एक वर्षअघि चिकित्सकलाई देखाउँदा क्यान्सर भएकाले उपचारका लागि चितवनस्थित अस्पतालमा देखाउन जान भने पनि आर्थिक अभावले पीडा सहेर बस्दै आएको छु ।”
 
उपचार खर्चका लागि जोहो गरिदिने कोही नहुँदा उनी मर्नु र बाँच्नुको दोसाँधमा पुगेका छन् । “पहिला जिब्रो दुख्ने मात्रै गर्दथ्यो”, डगौराले भने, “अहिले खाना मुखभित्र राख्न नै गाह्रो हुन थालेको छ । पुरै मुख दुख्छ खाना खानसक्ने अवस्था पनि छैन । विस्तारै बोले पनि मुख दुख्ने भएकाले धेरै बोल्नसमेत सक्दिन । आफ्नो कोही छैन । उपचार नपाएरै मर्नुपर्ने अवस्था आएको छ । उपचारका लागि सहयोग गरिदिनका लागि उनले सबैसँग आग्रह गरे। भारतमा छँदा गुटखाको अम्मली भएको र त्यसकै कारण जिब्रोमा क्यान्सर भएको डगौराले बताए।
 
“भारतमा रोजगारीका लागि आमाबुवासँगै जाँदा उनीहरुले अलपत्र छाडेर कहाँ गए पत्तो नै लागेन । केही वर्ष भारतको मुम्बाइमा छ वर्षको उमेरदेखि नै होटेलमा भाँडा माँझ्ने कार्य गरेँ, ’’उनले भने, “त्यही होटेलमा काम गर्ने नेपालीसँग चिनजान गरी उनीहरुसँगै नेपाल फर्किए । त्यतिबेला मेरो उमेर १९ वर्ष जतिको थियो । सानैमा भारत गएकाले यहाँ फर्केपछि परिवार भेटाउन सकिन । थातथलो कहाँ थियो । ठम्याउन पनि सकिन ।”
 
“यहाँ फर्केपछि मजदुरी गरेर जीविका चलाउँदै आएकाले परिवार पाल्नसक्ने आँट भएको ठिटो भनेर धेरैले तारिफ गर्थे । विवाह गरेँ । केही वर्षमै दुई छोरी एक छोराको बुवा पनि बने । जिब्रोमा क्यान्सर भएको कुरा श्रीमतीलाई सुनाए”, डगौराले भने, “घरको एक्लो कमाउने व्यक्तिलाई नै क्यान्सर भएपछि हाम्रो पालनपोषण कसले गर्ला भन्ने सोचेर होला श्रीमतीले एक वर्षको छोरासहित आत्महत्या गरिन् । माइली छोरीलाई पनि झुण्याएकी थिइन् । तर खुट्टाले भुइँमा छुनपुग्दा उनी जोगिइन यो गत चैत १७ गतेको घटना हो ।”
 
आमाबुवाले पहिला नै छाडिसकेका थिए । एक्लो सहाराका रुपमा रहेकी श्रीमतीले पनि यो संसार छाडेर गएपछि तनावपूर्ण जीन्दगी जिउनु परेको उननले बताए। डगौराका दुई छोरी माइतीमा छन् । ससुरालीकोसमेत आर्थिक अवस्था निकै दयनीय भएकाले उपचार खर्च माग्नसक्ने अवस्था नरहेको उनको दुखेसो थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, सरकारको कुल लगानी करिब ७ खर्ब ९८ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्...

नेपालको अर्थतन्त्र ६६ खर्ब ९ करोड पुग्यो, उपभोगको हिस्सा ९०.३ प्रतिशत

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुस...

अर्थतन्त्र ३.८५ ले बढ्ने अनुमान, पूँजीगत खर्च कमजोर नै रहेको अर्थमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च अपेक्षाअनुसार वृद्धि हुन नसकेको स्वीकार गरेका छन्। ...

इजरायलमा २३ सय नेपाली कामदारको माग

काठमाडौँ। इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सह...

संसदमा नेपाली काठ प्रयोगबारे सांसद निशा डाँगीको प्रश्न: कुर्सीको काठ कहाँबाट आयात गरिएको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभामा सरकारी संरचनामा प्रयोग हुने फर्निचरमा प्रयोग गरिएको काठको स्रोतबारे प्रश्न उ...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह सम...

चोरेरै ६ करोडको सम्पत्ति जोडेका प्रेम थारू चोरी र सम्पत्ति शुद्धीकरण मुद्दामा कारागार चलान

काठमाडौं। चोरी गरेर करोडौं रुपैयाँ बराबरको सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

समस्याग्रस्त सहकारीका बचतकर्तालाई ऋणीबाट असुलिएको रकम फिर्ता गरिएको सरकारको स्पष्टोक्ति

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई राज्यकोषबाट नभई ऋणीबाट असुल गरिएको रकम फिर्ता गरिएको स्पष्ट पारेको छ। भूमि व्यवस्था, सह...

नयाँ संसद् हल ‘फिल्म हलजस्तो’ बनाइएको भन्दै एमालेको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षको डिजाइनप्रति असन्तुष्टि जनाएको छ। एमाले प्रमुख सचेतक ऐनसिंह महरले संसद् हलको सिट र टेबलको बना...

स्थानीय निर्वाचनअघि नेकपाद्वारा जनप्रतिनिधिको भेला, ‘मिसन ८४’ केन्द्रित रणनीति

काठमाडौँ । स्थानीय तह निर्वाचन आउन करिब ११ महिना बाँकी रहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending