हुम्ला। हाल बाजुरा जिल्ला र हुम्ला जिल्लाबिच सीमा विवाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ । भेडा चराउन गएका रानी खर्क लाम्पाटा क्षेत्रमा गौमुल गाउँपालिका–३ मानकोट स्थायी ठेगाना भई हाल खार्पुनाथ गाउँपालिका–२ थालीमा बस्दै आएका २८ वर्षीय इव रोकायाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए।
थाली सामुदायिक वन क्षेत्रमा मङ्गलबार दिउँसो रोकायाको मृत्यु भएको जानकारी उहाँसँगै रहनुभएको २५ वर्षीया श्रीमती कविता चौलागाईंले भेडाधनी शेर रावललाई दिएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।
थाली सामुदायिक वनको वाङ्गे ठेलामा एक्कासी मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका साथमा १० महिनाको शिशु रहेको पनि जनाइएको छ ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक दीपेन्द्र बुढाथोकीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । टोली घटनास्थलतर्फ गए पनि दुर्गम क्षेत्रका कारण पुग्न समय लाग्ने प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: