Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

स्थानीय निर्वाचनअघि नेकपाद्वारा जनप्रतिनिधिको भेला, ‘मिसन ८४’ केन्द्रित रणनीति

खबरडबली संवाददाता

काठमाडौँ । स्थानीय तह निर्वाचन आउन करिब ११ महिना बाँकी रहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको दुईदिने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगति समीक्षा तथा आगामी योजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

भेलालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्। साथै, भेलामा दुई जना विज्ञले समसामयिक विषयमा प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।

स्थानीय तह विभाग प्रमुख सापकोटाका अनुसार जनप्रतिनिधिहरूको कार्यकाल समापनतर्फ उन्मुख भएकाले हालसम्म भएका कामको समीक्षा गर्दै आगामी निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको हो।

उनले भने, “स्थानीय तहको निर्वाचन आउन अब एक वर्ष पनि बाँकी छैन। जनप्रतिनिधिहरूको समापन वर्ष भएकाले अहिलेसम्म भएका प्रगतिको समीक्षा, वस्तुगत अवस्था मूल्यांकन तथा आगामी निर्वाचनको तयारीका लागि भेला बोलाइएको हो। यसलाई विशेष रूपमा ‘मिसन ८४’ सँग जोडेर बुझ्न सकिन्छ।”

सापकोटाले आगामी स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरूबीच सहकार्य र एकताको सम्भावना रहेको पनि बताए।

उनले भने, “पहिला आफ्नै पार्टीलाई सुदृढ बनाउँछौँ। त्यसपछि अन्य वामपन्थी दलहरूसँग सहकार्य र एकता हुनसक्छ। तर एमालेसँग तत्काल एकताको तहसम्म कुरा पुगेको छैन।”

जेनजी आन्दोलनपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा १७ सिटमा सीमित हुँदै चौथो स्थानमा खुम्चिएको थियो। उक्त निर्वाचनमा नेकपाले २५ वटा वामपन्थी घटकसँग सहकार्य गरेर चुनाव लडेको थियो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा साविक नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले संयुक्त रूपमा १४२ प्रमुखरअध्यक्ष तथा १५१ उपप्रमुखरउपाध्यक्ष पद जित्दै तेस्रो शक्तिका रूपमा उदाएका थिए।

यसअघि २०८१ साल फागुनमा पनि साविक नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलमा २३ सय नेपाली कामदारको माग

काठमाडौँ। इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सह...

संसदमा नेपाली काठ प्रयोगबारे सांसद निशा डाँगीको प्रश्न: कुर्सीको काठ कहाँबाट आयात गरिएको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभामा सरकारी संरचनामा प्रयोग हुने फर्निचरमा प्रयोग गरिएको काठको स्रोतबारे प्रश्न उ...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह सम...

चोरेरै ६ करोडको सम्पत्ति जोडेका प्रेम थारू चोरी र सम्पत्ति शुद्धीकरण मुद्दामा कारागार चलान

काठमाडौं। चोरी गरेर करोडौं रुपैयाँ बराबरको सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

समस्याग्रस्त सहकारीका बचतकर्तालाई ऋणीबाट असुलिएको रकम फिर्ता गरिएको सरकारको स्पष्टोक्ति

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई राज्यकोषबाट नभई ऋणीबाट असुल गरिएको रकम फिर्ता गरिएको स्पष्ट पारेको छ। भूमि व्यवस्था, सह...

नयाँ संसद् हल ‘फिल्म हलजस्तो’ बनाइएको भन्दै एमालेको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षको डिजाइनप्रति असन्तुष्टि जनाएको छ। एमाले प्रमुख सचेतक ऐनसिंह महरले संसद् हलको सिट र टेबलको बना...

स्थानीय निर्वाचनअघि नेकपाद्वारा जनप्रतिनिधिको भेला, ‘मिसन ८४’ केन्द्रित रणनीति

काठमाडौँ । स्थानीय तह निर्वाचन आउन करिब ११ महिना बाँकी रहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ।...

बालेनलाई सदनमा बोलाउन माग गर्दै हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्। प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख ...

सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले...

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौँ। भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच जेठ: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ ।  स्वीट्जरल्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending