काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभामा सरकारी संरचनामा प्रयोग हुने फर्निचरमा प्रयोग गरिएको काठको स्रोतबारे प्रश्न उठाएकी छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सभामुख र सांसदहरू बस्ने कुर्सी तथा अन्य फर्निचरमा प्रयोग भएको काठ कुन देशबाट आयात गरिएको हो भन्ने विषयमा सरकारसँग स्पष्टता मागिन्। उनले अघिल्लो कार्यकालदेखि नै यो प्रश्न उठाउँदै आएको पनि उल्लेख गरिन्।
डाँगीले नेपालमा पर्याप्त वन स्रोत भए पनि त्यसको उचित उपयोग हुन नसकेको र विदेशबाट ठूलो मात्रामा काठ तथा काठजन्य सामग्री आयात भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्।
उनले महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन उद्धृत गर्दै नेपालमा काठको उपयोग प्रभावकारी नहुँदा प्रत्येक वर्ष अर्बौं रुपैयाँ बराबरको काठजन्य सामग्री आयात भइरहेको तथ्य प्रस्तुत गरिन्।
उनका अनुसार स्वदेशी काठ निकाल्न प्रशासनिक प्रक्रियामा ढिलाइ हुने तर विदेशी काठ आयात गर्न सहज रूपमा एलसीखुल्ने अवस्था नीतिगत रूपमा विरोधाभासपूर्ण छ।
सांसद डाँगीले सरकारलाई परनिर्भरता घटाउन आग्रह गर्दै संसद भवन र सिंहदरबारबाटै नेपाली काठ प्रयोग गरेर बनेका फर्निचर प्रयोगको सुरुवात गर्न सुझाव दिइन्। त्यसपछि क्रमश: सबै सरकारी निकायमा स्वदेशी काठ प्रयोग अनिवार्य गर्नुपर्ने उनको भनाइ थियो।
उनले आफूले वन विनाशको पक्षमा नभई उपलब्ध स्रोतको दिगो र जिम्मेवार उपयोगको पक्षमा वकालत गरिरहेको पनि स्पष्ट पारेकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १७:३१
काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...
श्रावण १५ गते, २०८३ - १७:२५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...
श्रावण १५ गते, २०८३ - १६:४४
सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...
श्रावण १५ गते, २०८३ - १६:३३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...
श्रावण १५ गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...



प्रतिकृया लेख्नुहोस्: