Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

बढ्यो गर्मी, भुइँमा पानी छर्केर पढ्छन् विद्यार्थी

खबरडबली संवाददाता

दाङ। बिहान विद्यालय जाँदा ईश्वर वलीको झोलामा किताबकापी मात्रै हुँदैन, पानीको एउटा भाँडो पनि हुन्छ । दाङको घोराही उपमहानगरपालिका–२, चाक्लीघाटस्थित श्री आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय वलीलाई अहिले पानीबिना कक्षाकोठामा बस्नै कठिन पर्छ ।

घरबाट विद्यालय पुग्न पाँच मिनेट पनि लाग्दैन । नियमित विद्यालय जाने ईश्वर पछिल्लो समय भने विद्यालय जान खासै रुचि नलाग्ने बताउछन्  । पछिल्ला दिनमा अत्यधिक गर्मी बढेपछि कक्षाकोठामा बस्न नसकिने अवस्था भएको उनको अनुभव छ । 

टिनले छाएको कक्षाकोठा दिउँसो तातेर आगोको तापले पोले जस्तै हुन्छ । तल सिमेन्टको भुइँ, भित्ता पनि उस्तै पोल्ने । त्यसैले विद्यार्थी कक्षाकोठामा छिर्नुअघि भुइँ र टिनमा पानी छर्केर भए पनि केही समय चिसो बनाउने गर्छन् । वलीले भन्नुभयो, “कक्षाकोठाको भुइँमा पानी नछर्की बस्नै सकिँदैन । छानाको टिन तातेर दिउँसो त पोल्ने झैँ गर्मी हुन्छ । पानी छर्केर पढ्नुपर्ने बाध्यता छ ।” वली मात्र होइन, उहाँका सहपाठी १३ वर्षीय भेदुलाल पुन र १२ वर्षीय दिया पुनको पीडा पनि उस्तै छ । त्यसैमाथि नियमित धारा नआउँदा विद्यार्थीले झनै समस्या भोग्नु पर्छ । 

विद्यालयमा कुनै पनि कक्षाकोठामा पङ्खा छैन । यसका कारण विद्यार्थी चर्को गर्मीमा कष्टकर वातावरणमा पढ्न बाध्य छन् । केही दिनयता दाङमा अत्यधिक गर्मी बढेपछि विद्यार्थी किताबसँगै पानी बोकेर आउन थालेका छन् । कक्षाकोठाको भुइँ र टिनमा पानी हालेर केही बेर चिसो बनाएपछि मात्रै पढाइ सुरु हुने गरेको शिक्षकहरू बताउँछन् । 

उखरमाउलो गर्मीका कारण टिनको छानामुनि बसेर पढ्न निकै कठिन हुने गरेको शिक्षक र विद्यार्थीको गुनासो छ । गर्मीका कारण विद्यालयबाट घर फर्केका बालबालिका बिरामीसमेत पर्न थालेका घोराही–२, चाक्लीघाटकी अभिभावक रिखा वलीले बताए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखा पर्न थालेको उनको भनाइ थियो ।  

विद्यालयका प्रधानाध्यापक दीपकुमार चौधरीका अनुसार विद्यालयमा ७५ जना विद्यार्थी अध्ययनरत छन् । सीमित स्रोतसाधनका कारण कक्षाकोठामा पङ्खा व्यवस्था गर्न नसकिएको उनको भनाइ छ । प्रधानाध्यापक चौधरीले भन्नुभयो, “गर्मी अत्यधिक बढेको छ, विद्यार्थीलाई सहज वातावरणमा पढाउन चाहे पनि आवश्यक पूर्वाधारको अभाव छ ।” पूर्वाधार अभावबिच पनि विद्यालयले शैक्षिक क्षेत्रमा भने उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । प्रधानाध्यापक चौधरीले घोराही उपमहानगरपालिकाभित्र सञ्चालन हुने आधारभूत तहको परीक्षामा विद्यालय नगरस्तरमै प्रथम हुँदै आएको दाबी गरे। 

घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास महाशाखाका प्रमुख राममणि पाण्डेयले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई हेरेर उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा यही सातादेखि स्थानीय बिदा दिने तयारी गरिएको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...

धुलिखेल रिसोर्टबाट फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...

रुसद्वारा किभमा ठूलो क्षेप्यास्त्र आक्रमण: एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...

पूर्वसूचना दिने साइरनले बाँकेमा मानव–हात्ती द्वन्द्व घटाउँदै

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...

पोहोरभन्दा बढी संख्यामा मान्छे विदेश जाँदा अहिले सबै चुपचाप छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending