काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए । दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए। उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउदै नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्य गर्नुपर्ने बताए । त्रिपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने बताए।
भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेकामा जोड दिए। नेपालले सन् २०३० सम्म मध्य आय भएको देश बन्ने लक्ष्य राखेको र उक्त लक्ष्य प्राप्तिमा भारतको सकारात्मक सहयोगको आवश्यकता रहेको बताए । उनले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताए ।
उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको र नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताए। उनले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १३:४८
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्...
जेष्ठ १३ गते, २०८३ - १३:३८
काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुस...
जेष्ठ १३ गते, २०८३ - १३:२७
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च अपेक्षाअनुसार वृद्धि हुन नसकेको स्वीकार गरेका छन्। ...
जेष्ठ १३ गते, २०८३ - १३:०९
काठमाडौँ। इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सह...
जेष्ठ १३ गते, २०८३ - १३:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभामा सरकारी संरचनामा प्रयोग हुने फर्निचरमा प्रयोग गरिएको काठको स्रोतबारे प्रश्न उ...
जेष्ठ १३ गते, २०८३ - १२:४८
मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह सम...
जेष्ठ १३ गते, २०८३ - १२:३८
काठमाडौं। चोरी गरेर करोडौं रुपैयाँ बराबरको सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...
जेष्ठ १३ गते, २०८३ - १२:२२
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई राज्यकोषबाट नभई ऋणीबाट असुल गरिएको रकम फिर्ता गरिएको स्पष्ट पारेको छ। भूमि व्यवस्था, सह...
जेष्ठ १३ गते, २०८३ - १२:१३
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षको डिजाइनप्रति असन्तुष्टि जनाएको छ। एमाले प्रमुख सचेतक ऐनसिंह महरले संसद् हलको सिट र टेबलको बना...
जेष्ठ १३ गते, २०८३ - १२:०२
काठमाडौँ । स्थानीय तह निर्वाचन आउन करिब ११ महिना बाँकी रहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ।...



प्रतिकृया लेख्नुहोस्: