काठमाडौँ । निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ ।
स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेशस्तरीय र आज काठमाडौँमा केन्द्रीय निर्वाचन समीक्षा कार्यशाला आयोजना गरेको हो । केन्द्रीय निर्वाचन समीक्षा कार्यशालाको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौजुदा निर्वाचन नीति एवं कानुनी संरचनामा भएका राम्रा अभ्यास, मतदाता नामावली दर्तादेखि निर्वाचन परिणामसम्म निर्वाचन सञ्चालन तथा व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या तथा आगामी दिनका लागि सुधारको मार्गचित्र के के हुन सक्छन् भन्ने सम्बन्धमा वस्तुगत सुझाव प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।
पाँच विभिन्न समूहबाट तयार पारी समूहगत प्रस्तुति पश्चात कार्यशालाको समापन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले कार्यशालाबाट प्राप्तमध्ये आयोगबाट गर्न सकिने अधिकांश सुझावलाई अब आउने सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । आयोगले निर्वाचन आयोगसम्बन्धी विधेयक एवं निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न लागेको बताउँदै उनले कार्यशालाबाट आएका सुझावलाई यी विधेयकमा समेटेर लैजाने बताए ।
केन्द्रीय निर्वाचन समीक्षा कार्यशाला आयोजना गर्नुपूर्व आयोगका आयुक्तको उपस्थितिमा सम्पन्न प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्याशालामा आयोगको प्रस्तुति एवं सहभागीलाई विभिन्न पाँच समूहमा विभाजन गरी छुट्टाछुट्टै निर्वाचनका विषयमा समूहगत छलफल गराई निर्वाचनका असल अभ्यास, समस्याको पहिचान एवं सुधारका लागि सुझावहरू प्रदेशगत रूपमा आयोगलाई प्राप्त भएका छन् ।
कार्यशालामा आयोगका आयुक्तहरू, सचिव, सहसचिव, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, आयोगले खटाएका अनुगमन टोली संयोजक, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, पर्यवेक्षण संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, आमसञ्चारकर्मी, आयोगका कर्मचारी एवं कार्यशाला सम्बद्ध सरोकारवालातको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: