Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बागलुङ बजारमा खानेपानीको हाहाकारः कहिले सकिएला लिफ्ट आयोजना ?

पानी पर्ने दिन धारोमा पानी आउदैन

खबरडबली संवाददाता

गलकोट । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ । वर्षा याममा  धमिलोपानी आउनेभएपछि आकाशबाट पानी परेको दिन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी कटौती गर्ने गरेको छ । 

पानी पर्ने दिन धारोमा पानी आउदैन  

खानेपानीलाई शुद्धीकरण गर्न नसकेपछि नगर खानेपानी कार्यालयले धमिलो दूषित पानी बजारमा पठाउँदै आएको भन्दै उपभोक्ताले चर्को आलोचना गर्दै आएका छन् । धमिलो पानी वितरण नगर्न अदालतले समेत आदेश दिएको छ ।  सामान्य अवस्थामा समेत नगर खानेपानीले उपभोक्ताको मागअनुसार खानेपानी आफूर्ति गर्न सकेको छैन । नगरका उपभोक्तालाई स्वच्छ खानेपानी उपलव्ध गराउने गरी नगर खानेपानी लिफ्ट आयोजना निर्माणधीन अवस्थामा छ । आयोजना सकेर घर–घरमा पानी पु¥याउने समयमा आयोजनाको काम कछुवा गतिमा भइरहेको छ ।

 काठेखोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम बल्ल ८० प्रतिश पूरा भएको छ । नगर खाने पानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले पानी पर्दा मुहानमा भल पस्ने समस्या भएका कारण धमिलो पानी उपभोक्तमा नपुगोस् भनेर पानी पर्दाको दिन खानेपानी वितरण नगरिएको बताए । 

“सामान्य अवस्थामा पानी फिल्टर गरेर पठाउने गरेका छौँ तर पानी पर्दा धमिलो पानी आउँछ फिल्टरले धान्दैन” उहाँले भन्नुभयो,“लिफ्ट आयोजना नबन्दासम्म बागलुङ बजारमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न सकिँदैन, अस्थायी रुपमा खाने पानी शुद्धीकरण गर्ने काम भइरहेकै छ, खानेपानी राम्रो आउँदासमेत माग धान्नै समस्या हुने अवस्थामा पानी नआउँदा उपभोक्तालाई समस्या नै हुन्छ ।”

खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । बर्खा लागेपछि शुद्ध खानेपानीको खोजीमा मूलको पानी ल्याउन उपभोक्तले समय खर्चिनुपर्ने भएको छ । शुद्ध खानेपानी वितरण नभएको भन्दै उपभोक्ताले बागलुङ नगरपालिका, जिल्ला प्रशासन तथा नगर खानेपानी संस्थालाई ध्यानार्कषण गराउँदै आएको उपभोक्ता डिल्ली गौतमले बताउनुभयो । 

बागलुङ नगरपालिका–३ काठेखोलामा  निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण सुरु भएको चार वर्षमा ८० प्रतिशत प्रगति भएको छ । लिफ्ट आयोजना सम्पन्न भएपछि नगरवासीले खानेपानीमा राहत पाउने अवस्था भए पनि आयोजनाको काम कछुवा गतिमा भएको उपभोक्ताले गुनासो गर्दै आएका छन् ।

लिफ्ट खानेपानी आयोजना जिल्लाकै ठूलो लिफ्ट आयोजना हो । आयोजना पूरा नहुने  र रेश तथा लेखानीबाट ल्याइएको पानी नियमित नहुँदा नगरपालिकामा खानेपानीको हाहाकार हुन्छ । दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको यो आयोजना चार वर्ष बित्दासमेत ८० प्रतिशत मात्रै काम सकिएको छ । नगरपालिकामा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा चार वर्ष अघि आयोजना सुरु भएको थियो । 
दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते रु ३२ करोड २५ लाख लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको आयोजनाको काम चार वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । यही गतिमा आयोजना बढेमा काठेखोलाको पानी बजारमा ल्याउन अझै एक वर्ष लाग्ने निश्चित छ । खानेपानी आयोजनास्थल भौगोलिकरुपमा कमजोर हुनु, निरन्तर पहिरो जानुजस्ता कारणले आयोजनाको लागतसमेत बढेर गएको छ ।  
सत्तरी प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्थानीय श्रमदानबाट सुरु गरिएको आयोजनाले अहिलेसम्म ११ किमि पाइप लाइन विस्तार, सात लाख लिटरको दुईवटा मुख्य ट्याङ्की, प्रशोधन केन्द्र निर्माण गरिसकेको छ । आयोजनाको सहायक प्रशोधन केन्द्र र मोटर जडान तथा विद्युतीकरणको काम अझै बाँकी छ । 

खानेपानी सङ्कलनका लागि आयोजनाले रातमाटामा एउटा पाँच लाख लिटर र अर्को दुई लाख लिटरको ट्याङ्की निर्माण गरिसकेको छ । काठेखोलाको पानी तान्ने पाँचवटा समवेयल, आयोजनास्थलमा खानेपानी सङकलन र ट्याङ्की निर्माण दुई वर्ष अघिनै भइसकेको छ । कोरोना महामारी र पहिरो रोकथामका लागि थप पूर्वाधार निर्माण गर्दा आयोजनाको काममा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ ।

 अहिले म्याद सकिएको आयोजना पुससम्म म्याद थपेर सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बागलुङ बजारमा काठेखोला गाउँपालिकाको रेश, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ । नगरपालिकाको जनसङ्ख्या वृद्धि भएपछि खाने पानीको समस्या बढ्दै जाँदा काठे खोलाको पानी लिफ्टमार्फत  तानेर प्रशोधन गरी वितरण गर्ने उद्देश्य यस आयोजनाको छ । आयोजनास्थलमा सुरक्षित ड्याम तथा पहिरो संरक्षणका लागि थप रु छ करोड बढी लागत बढ्ने अनुमान गरिएअनुसार बजेट थप भएको छ, भने अहिले ट्रान्सफर र मोटरसमेत परिवर्तन गर्नका लागि पुनःमूल्याङ्कनको काम भइरहेको छ । 

पुससम्म खानेपानी बजारवासीलाई पु¥याउने गरी काम भइरहेको निर्माणको जिम्मा पाएकोे कन्काई जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले बताउनुभयो । “भौगोलिक जटिलता र कोरोनाले ढिलाइ भएको हो, अहिले धमाधम काम भइरहेको छ, ८० प्रतिशत आर्थिक र भौतिक प्रगति भइसकेको छ” उनले भने “पहिरो रोकथामका लागि सम्झौताभन्दा बढीको कामको मूल्याङ्कन भइसकेको छ, अब पुसमा आयोजनाको काम सकिन कुनै समस्या देख्दिन ।” आयोजनास्थलमा पहिरो जाने र  आयोजनाको स्वरुप परिर्वतन हुँदा झण्डै १० करोड लागत अनुमान थप हुने देखिन्छ । 

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ । डिभिजन खानेपानी कार्यालय, नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना अघि बढेको हो । 

खानेपानीलाई शुद्ध बनाइ वितरण गर्न पोखरास्थित उच्च अदालतको बागलुङ इजलासले समेत २०७५ भदौ १८ गते नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो तर  परमादेशको समेत अवज्ञा हुँदै आएपछि आदेशको अवहेलनामा फेरी यही असारमा सोही अदालतमा रिट  दायर गरिएको थियो । धमिलो पानी आउँदा उपभोक्तालाई झाडापखालाजस्ता स्वास्थ्य समस्या देखिने भएकाले उमालेर खानेपानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ ।
 लिफ्ट आयोजना सम्पन्न भएपछि बागलुङ बजारमा मात्रै नभएर रमेटार, हाडेपाँखा र रातामाटाका घर–घरमा नयाँ धारा पु¥याइने जनाइएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैले घमण्ड नगरे हुन्छ, कुनै एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भूइँमै पछारिन्छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्ड...

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्...

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार ...

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड...

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर ग...

मालपोत कार्यालय सोलुखुम्बुका खरिदार पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद...

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्र...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन्ः सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बत...

उपनिर्वाचनको मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ ?

काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम(२ को प्रतिनिधिसभा ...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौँ । सरकारले यही वैशाख १६ गते आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies