Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

बागलुङ बजारमा खानेपानीको हाहाकारः कहिले सकिएला लिफ्ट आयोजना ?

पानी पर्ने दिन धारोमा पानी आउदैन

खबरडबली संवाददाता

गलकोट । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ । वर्षा याममा  धमिलोपानी आउनेभएपछि आकाशबाट पानी परेको दिन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी कटौती गर्ने गरेको छ । 

पानी पर्ने दिन धारोमा पानी आउदैन  

खानेपानीलाई शुद्धीकरण गर्न नसकेपछि नगर खानेपानी कार्यालयले धमिलो दूषित पानी बजारमा पठाउँदै आएको भन्दै उपभोक्ताले चर्को आलोचना गर्दै आएका छन् । धमिलो पानी वितरण नगर्न अदालतले समेत आदेश दिएको छ ।  सामान्य अवस्थामा समेत नगर खानेपानीले उपभोक्ताको मागअनुसार खानेपानी आफूर्ति गर्न सकेको छैन । नगरका उपभोक्तालाई स्वच्छ खानेपानी उपलव्ध गराउने गरी नगर खानेपानी लिफ्ट आयोजना निर्माणधीन अवस्थामा छ । आयोजना सकेर घर–घरमा पानी पु¥याउने समयमा आयोजनाको काम कछुवा गतिमा भइरहेको छ ।

 काठेखोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम बल्ल ८० प्रतिश पूरा भएको छ । नगर खाने पानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले पानी पर्दा मुहानमा भल पस्ने समस्या भएका कारण धमिलो पानी उपभोक्तमा नपुगोस् भनेर पानी पर्दाको दिन खानेपानी वितरण नगरिएको बताए । 

“सामान्य अवस्थामा पानी फिल्टर गरेर पठाउने गरेका छौँ तर पानी पर्दा धमिलो पानी आउँछ फिल्टरले धान्दैन” उहाँले भन्नुभयो,“लिफ्ट आयोजना नबन्दासम्म बागलुङ बजारमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न सकिँदैन, अस्थायी रुपमा खाने पानी शुद्धीकरण गर्ने काम भइरहेकै छ, खानेपानी राम्रो आउँदासमेत माग धान्नै समस्या हुने अवस्थामा पानी नआउँदा उपभोक्तालाई समस्या नै हुन्छ ।”

खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । बर्खा लागेपछि शुद्ध खानेपानीको खोजीमा मूलको पानी ल्याउन उपभोक्तले समय खर्चिनुपर्ने भएको छ । शुद्ध खानेपानी वितरण नभएको भन्दै उपभोक्ताले बागलुङ नगरपालिका, जिल्ला प्रशासन तथा नगर खानेपानी संस्थालाई ध्यानार्कषण गराउँदै आएको उपभोक्ता डिल्ली गौतमले बताउनुभयो । 

बागलुङ नगरपालिका–३ काठेखोलामा  निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण सुरु भएको चार वर्षमा ८० प्रतिशत प्रगति भएको छ । लिफ्ट आयोजना सम्पन्न भएपछि नगरवासीले खानेपानीमा राहत पाउने अवस्था भए पनि आयोजनाको काम कछुवा गतिमा भएको उपभोक्ताले गुनासो गर्दै आएका छन् ।

लिफ्ट खानेपानी आयोजना जिल्लाकै ठूलो लिफ्ट आयोजना हो । आयोजना पूरा नहुने  र रेश तथा लेखानीबाट ल्याइएको पानी नियमित नहुँदा नगरपालिकामा खानेपानीको हाहाकार हुन्छ । दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको यो आयोजना चार वर्ष बित्दासमेत ८० प्रतिशत मात्रै काम सकिएको छ । नगरपालिकामा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा चार वर्ष अघि आयोजना सुरु भएको थियो । 
दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते रु ३२ करोड २५ लाख लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको आयोजनाको काम चार वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । यही गतिमा आयोजना बढेमा काठेखोलाको पानी बजारमा ल्याउन अझै एक वर्ष लाग्ने निश्चित छ । खानेपानी आयोजनास्थल भौगोलिकरुपमा कमजोर हुनु, निरन्तर पहिरो जानुजस्ता कारणले आयोजनाको लागतसमेत बढेर गएको छ ।  
सत्तरी प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्थानीय श्रमदानबाट सुरु गरिएको आयोजनाले अहिलेसम्म ११ किमि पाइप लाइन विस्तार, सात लाख लिटरको दुईवटा मुख्य ट्याङ्की, प्रशोधन केन्द्र निर्माण गरिसकेको छ । आयोजनाको सहायक प्रशोधन केन्द्र र मोटर जडान तथा विद्युतीकरणको काम अझै बाँकी छ । 

खानेपानी सङ्कलनका लागि आयोजनाले रातमाटामा एउटा पाँच लाख लिटर र अर्को दुई लाख लिटरको ट्याङ्की निर्माण गरिसकेको छ । काठेखोलाको पानी तान्ने पाँचवटा समवेयल, आयोजनास्थलमा खानेपानी सङकलन र ट्याङ्की निर्माण दुई वर्ष अघिनै भइसकेको छ । कोरोना महामारी र पहिरो रोकथामका लागि थप पूर्वाधार निर्माण गर्दा आयोजनाको काममा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ ।

 अहिले म्याद सकिएको आयोजना पुससम्म म्याद थपेर सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बागलुङ बजारमा काठेखोला गाउँपालिकाको रेश, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ । नगरपालिकाको जनसङ्ख्या वृद्धि भएपछि खाने पानीको समस्या बढ्दै जाँदा काठे खोलाको पानी लिफ्टमार्फत  तानेर प्रशोधन गरी वितरण गर्ने उद्देश्य यस आयोजनाको छ । आयोजनास्थलमा सुरक्षित ड्याम तथा पहिरो संरक्षणका लागि थप रु छ करोड बढी लागत बढ्ने अनुमान गरिएअनुसार बजेट थप भएको छ, भने अहिले ट्रान्सफर र मोटरसमेत परिवर्तन गर्नका लागि पुनःमूल्याङ्कनको काम भइरहेको छ । 

पुससम्म खानेपानी बजारवासीलाई पु¥याउने गरी काम भइरहेको निर्माणको जिम्मा पाएकोे कन्काई जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले बताउनुभयो । “भौगोलिक जटिलता र कोरोनाले ढिलाइ भएको हो, अहिले धमाधम काम भइरहेको छ, ८० प्रतिशत आर्थिक र भौतिक प्रगति भइसकेको छ” उनले भने “पहिरो रोकथामका लागि सम्झौताभन्दा बढीको कामको मूल्याङ्कन भइसकेको छ, अब पुसमा आयोजनाको काम सकिन कुनै समस्या देख्दिन ।” आयोजनास्थलमा पहिरो जाने र  आयोजनाको स्वरुप परिर्वतन हुँदा झण्डै १० करोड लागत अनुमान थप हुने देखिन्छ । 

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ । डिभिजन खानेपानी कार्यालय, नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना अघि बढेको हो । 

खानेपानीलाई शुद्ध बनाइ वितरण गर्न पोखरास्थित उच्च अदालतको बागलुङ इजलासले समेत २०७५ भदौ १८ गते नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो तर  परमादेशको समेत अवज्ञा हुँदै आएपछि आदेशको अवहेलनामा फेरी यही असारमा सोही अदालतमा रिट  दायर गरिएको थियो । धमिलो पानी आउँदा उपभोक्तालाई झाडापखालाजस्ता स्वास्थ्य समस्या देखिने भएकाले उमालेर खानेपानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ ।
 लिफ्ट आयोजना सम्पन्न भएपछि बागलुङ बजारमा मात्रै नभएर रमेटार, हाडेपाँखा र रातामाटाका घर–घरमा नयाँ धारा पु¥याइने जनाइएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् : गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारको विषयमा चौतर्फी आलोचना भएपछि उनले प्रधानमन्त्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending