Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

लामो समयको अवरोधपछि मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको निर्माण सकियो, अरु कहिले ?

खबरडबली संवाददाता

काठमाडौँ । स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै निर्माणमा अवरोध गरेर लामो समयसम्म अवरोध गरेको मस्र्याङ्दी– काठमाडौँ प्रसारण लाइन ठूलो मेहनतपछि सञ्चालनमा आएको छ ।

धादिङको सिद्धलेक गाँउपाकिलका र गोरखाको पालुङटार नगरपालिकामा स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको लगातार अनुगमन तथा स्थानीय प्रशासनको सहज सहयोगका कारण लामो समय गुजारेर भए पनि प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

मस्र्याङ्दी नदी जलाधार क्षेत्रस्थित जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन महत्वपूर्ण मानिएको  मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौँको मातातीर्थसम्मको कूल ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारदेखि १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण भएसँगै  काठमाडौँ उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय  प्रसारण सञ्जाल तयार भएको जानकारी दिए  ।

हाल चालु रहेको मस्र्याङ्दी–स्यूचाटार १३२ केभी सिङ्गल सर्किट मात्रै थियो जुन लाइनबाट करिब १०० मेगावाटभन्दा बढी विद्युत् प्रवाह हुन सक्दैन थियो । मस्र्याङ्दी–काठमाडौँलाई तत्कालका लागि १३२ केभीमा सञ्चालममा ल्याएससँगै अब थप करिब २०० मेगावाटसम्म विद्युत् काठमाडौँ उपत्यकामा प्रवाह हुनसक्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए  ।

“भरतपुर–हेटौँडा १३२ केभी सिङ्गल सर्किट मात्रै भएकाले त्यहाँ पनि विद्युत् प्रवाहका लागि समस्या थियो, कुलेखानी नचलेको बेला मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनमार्फत विद्युत्लाई काठमाडौँ हुँदै हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ थप विद्युत् प्रवाह गराउन सकिन्छ, यो लाइन काठमाडौँ उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफ लाइन हो”, घिसिङले भने ।  मस्र्याङदी–काठमाडौँ प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग १६ असार २०७३ मा कूल एक करोड तीन लाख अमेरिकी डलर र रु ७६ करोड ६३ लाखमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण भदौ २०७३ देखि सुरु भएको थियो । तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौँ जिल्लामा पर्ने प्रसारण लाइनमा २३३ टावर रहेका छन् । 

प्रसारण लाइनको मार्गका विभिन्न ठाउँमा स्थानीयवासीको अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको हो । सबैभन्दा बढी समय धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित पिपलटारमा स्थानीयवासीको अवरोध हुँदा निर्माणमा असर परेकोे आयोजना प्रमुख लक्ष्मण फुँयालले जानकारी दिए  ।आयोजनाअन्तर्गत काठमाडौँको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०÷१३२÷३३ केभी, ३२० एमभीए क्षमताको सवस्टेसन निर्माणाधीन छन् । सवस्टेशनको निर्माण सम्पन्न भएपछि प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याउने तयारी छ । नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना निर्माण भएको प्राधिकरणको भनाइ छ ।

एकपछि अर्को गर्दै रुग्ण आयोजना सम्पन्न गर्दै गएको प्राधिकरणले अन्य केही आयोजनालाई पनि अब अगाडि बढाउने तयारी गरेको छ । हेटाँैडा– ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण १२ वर्षदेखि चलिरहेको भए पनि स्थानीयवासीले मुआब्जामा चित्त नबुझाएको तथा वन क्षेत्रको जग्गा प्रयोगमा समस्या भएकाले सम्पन्न हुन सकेको छैन ।

त्यस्तै, भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माणमा पनि अवरोध भइरहेको छ । केही प्रसारण लाइन निर्माणका सन्दर्भमा सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधिन रहेकाले पनि काम सम्पन्न गर्न समस्या भएको छ । त्यसको मारमा स्थानीयवासी छन् ।  

उच्च क्षमताको प्रसारण लाइन नहुँदा पूर्वको बिजुली पश्चिम लैजान समस्या भएको छ । नेपाल भारत सीमा टनकपुरबाट आयात गरिएको झण्डै ८७ मेगावाट बिजुली र चमेलिया करिडोरको बिजुलीले सुदूरपश्चिम प्रदेशको माग सम्बोधन गर्न हम्मेहम्मे भइरहको छ ।प्राधिकरणले कूल ३६४ मेगावाट बिजुली भारत निर्यात गरेको समाचार सुन्ने सुदूरपश्चिमवासीले पनि गुणस्तरीय बिजुलीको खोजी गरिरहेका छन् । लगानीका लागि अवसर खोजीरहेको सुदूरपश्चिम प्रदेशलाई सहज बिजुली उपलब्ध गराउन पनि प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हटाउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending