Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मनोज पाण्डेबाट पीडित युवतीको बयान : अर्का व्यक्तिलाई बलात्कार गर्न लगाएर हेरेर बसिरहे

खबरडबली संवाददाता

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि कसरी यौन अपराध गरे भनेर सामाजिक सञ्जालमा खुलाएकी युवतीले प्रहरीसँगको बयान दिएकी छन्। 

पाण्डेले आफूमाथि धम्काएर काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानमा लगी होटल र पाण्डेको कारमा समेत बलात्कार गरेको पीडित युवतीले प्रहरीलाई बयान दिएकी हुन्।

सुन्दरी प्रतियोगिता सम्पन्न भएपछि पाण्डेले सक्सेस पार्टी लागि बोलाएको बेलामा एभरेस्ट होटल लगेर आफूमाथि बलात्कार गरेर फोटो भिडियो बनाएको उल्लेख गरेकी छन्। 

बयानमा भनेकी छन्, 'उक्त होटलमा पुग्दागरेर मनोज पाण्डे भन्ने मनोज कुमार जैशीबाहेक अन्य कोही नभएकोले मैले निजलाई अरू खै त रु भनी प्रश्न गर्दा तिमी अलि छिटो आयौ पार्टी ७ः०० बजेबाट सुरु हुन्छ बस्दै गर भन्नु भयो र केही समयपछि एक जना वेटर आएर मलाई कागती पानी जस्तो देखिने तरल पदार्थ दिई यो वेलकम ड्रिङ्क हो भन्नु भयो र मैले उक्त कागती पानी खाएको केही समयपछि मलाई असहज महसुस भयो र मैले घर जान पाउ भनी मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई अनुरोध गर्दा उहाँले मलाई गाली गर्दै विजेता भएर तिमीले यस्तो कुरा गर्न मिल्दैन मिडियाले तिमीलाई खोज्छन् मैले के जवाफ दिने भन्नु भयो र मैले एउटा रुम बुक गरेको छु तिमी त्यहाँ गई आराम गर्दै गर सबै जना आएपछि म तिमीलाई बोलाउन पठाउँछु भन्नु भएको सम्म मलाई याद छ । त्यस पछि के कसो भयो मैले थाहा पाइनँ मलाई अलिअलि होस् हुँदा निजले मलाई बलात्कार गरिरहेका थिए ।' 

'भोलिपल्ट अन्दाजी ५ः३० बजेको समयमा म होसमा आउँदा म होटलको कोठामा आफू पनि नग्न अवस्थामा सुतिरहेको थिएँ र निज मनोज पाण्डे भन्ने मनोज कुमार जैशी मेरै छेउमा एउटै खाटमा नग्न अवस्थामा नै सुतिरहेको देखि म अचानक चिच्याएर रुन थालेँ । त्यसपछि मनोज पाण्डे भन्ने मनोज कुमार जैशीले उठेर मलाई तिमीलाई पैसा चाहिएको छ, तिम्रो ब्यागमा मैले रु। बिस हजार राखिदिएको छु । 

तिमी त्यो लिएर घर जाऊ, यदि यो कुरा तिमीले कसैलाई भन्यो भनी मैले तिम्रो अश्लील फोटो तथा भिडियो खिचेर राखेको छु, उक्त फोटो तथा भिडियो अनलाइन खबरमार्फत सार्वजनिक गरिदिन्छु भनी मलाई डर त्रास देखाउनु भयो र मलाई डर लागी मैले आफ्नो कपडा लगाई ब्याग लिएर हिँड्न खोज्दा निजले आफैँले ट्याक्सी बोलाएर मलाई उक्त ट्याक्सीमा घर जाऊ भन्नु भयो । म सो ट्याक्सी चढेर डराउँदै घर गएँ र निज मनोज कुमार जैशीको धम्कीको डरले कोही कसैसँग केही भन्न सकिनँ ।'

त्यस पछि दिनहुँ जसो पटक पटक फोन होटलमा बोलाई जबरजस्ती करणी गर्नु भन्दा पहिला सधैँ पेय पदार्थ पिउन बाध्य बनाए । शिथिल भएपछि शारीरिक सम्पर्क राख्ने गरेको बताएकी छन्। 

'मुख मैथुन समेत गर्न लगाउँथे र मुख भित्रै वीर्य स्खलन गराएर निल्न लगाउँथे । कहिले काहीँ पेय पदार्थको कारण म बेहोस भई पछि होसमा आउँदा गएको भन्दा भिन्न ठाउँमा आफूलाई पाउँथेँ । यसरी मनोज कुमार जैशीले मलाई काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरूमा पुर्‍याई कहिले काहीँ निजकै गाडीमा भक्तपुर, नगरकोट, धुलिखेल तिर घुमाउन लगी जङ्गलको बीचमा गाडीमै जबरजस्ती करणी गर्नुका साथै मुख मैथुन गर्न लगाउँथे' बयानमा भनेकी छन्। 

'यो प्रकृया धेरै समयसम्म चलेपछि एक दिन मनोज कुमार जैशीले मलाई अनामनगरकै होटलको एउटा कोठामा लगेका थिए । म उक्त कोठामा पुग्दा त्यहाँ पहिले नै एक जना अपरिचित पुरुष व्यक्ति बसिरहेका थिए । निज मनोज कुमार जैशीले उक्त व्यक्तिलाई देखाउँदै यो मानिससँग शारीरिक सम्पर्क राख म यहाँ बसेर हेर्छु भनी त्रासपूर्ण तरिकाले मलाई भनेसँगै निज मनोज कुमार जैशीले ती अपरिचित व्यक्तिलाई तँ यो केटीसँग शारीरिक सम्पर्क राख म यहाँ बसेर तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छ हेर्छु भनी मलाई त्यो अपरिचित व्यक्तिसँग जबरजस्ती करणी गराई वेश्यावृत्ति गर्न बाध्य बनाए र मैले उक्त मानिससँग शारीरिक सम्पर्क गरेको निज मनोज कुमार जैशीले हेरेर बसे । उक्त मानिस को थिए म चिन्दिनँ र हालसम्म पनि निजको नाम थर, उमेर, वतन, केही थाहा छैन ।' 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending