सुदूरपश्चिम । संघीय सरकारले संसद्समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि धनगढीका अर्थिक क्षेत्रका जानकारले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।
व्यापार घाटा बढेको र भुक्तान सन्तुलन ऋणात्मक रहेको अवस्थामा बजेटले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिनु सकारात्मक पक्ष उनीहरुको भनाइ छ । धनगढीका अर्थ क्षेत्रका जानकार शिवहरि मुडभरीले भने, “केवल, कृषिको विकासलाई मात्र प्राथमिकतामा राख्दा देशको व्यापार घाटा कम हुँदैन, यसका लागि गर्नुपर्ने औद्योगिकीकरणद्वारा आत्मनिर्भर बनाउने कार्यक्रममा त्यति ध्यान दिइएको जस्तो देखिँदैन ।”
सुदूरपश्चिमका सबै क्षेत्र समेट्दा बजेट राम्रै देखिए पनि यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको उनको भनाइ छ । प्रदेश सरकारका पूर्वअर्थमन्त्री झपटबहादुर बोहराले कृषि क्षेत्रको विकासमा प्राथमिकता, आय करका दरमा छुट र उद्योग स्थापनाका लागि बाहिरबाट ल्याउनुपर्ने सामग्रीमा लाग्दै आएको भन्सार शुल्क र अन्तःशुल्कमा छुट दिने कुरा बजेटका निकै राम्रा पक्ष भएको बताए ।
उनले भने, “बजेट कर्णप्रिय र पपुलिस्ट छ, तर कार्यान्वयन गर्न चुनौतीपूर्ण देखिन्छ ।” अर्थमन्त्री जनार्दन शर्माद्वारा संसद्मा प्रस्तुत भएको बजेट कार्यक्रममा भौतिक संरचना निर्माण पूरा भइसकेको कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गरिने उल्लेख गरिएको छ । उक्त मेडिकल कलेज सञ्चालनको माग गर्दै केही दिनदेखि कैलालीमा नागरिकले दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।
यसैगरी लामो समयदेखि चर्चामा रहेको ७५० मेघावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाइने र चैनपुर–सेती आयोजनाको प्राविधिक तयारी गरिने, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउन सरकारका तर्फबाट गर्नुपर्ने काम अघि बढाउने बजेट वक्तव्यमार्फत सार्वजनिक गरिएको छ । पञ्चेश्वर आयोजना भारत र नेपालको साझेदारीमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ठोस काम हुन सकेको छैन ।
यस्ता छन् कार्यक्रम
गेटा मडिकल कलेज सञ्चालन गरिने ,धनगढी विमानस्थललाई क्षेत्री विमानस्थल बनाइने, कैलालीको अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने, कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गरिने छन् ।
कैलालीको हरैया क्षेत्रमा विशेष आर्थिक क्षेत्र निर्माण गरिने,
बैतडी र बझाङमा पाइने फस्फोरसलाई उपयोग गर्ने पहल गरिने,कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गरिने,सुदूरपश्चिम प्रदेशका डिलाशैनी, शैलेश्वरी, त्रिपुरासुन्दरी, मेलौलीलगायतका सात वटा मुख्य तीर्थस्थल ९देवी०लाई पर्यटकीय गन्तव्य क्षेत्र बनाउन पहल गरिने ,कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने, दार्चुलाको खलङ्गा सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिने, धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला निर्माण गरिने, धनगढीको मोहना पुल–अत्तरिया सम्मको सडक स्तरोन्नति कार्य पूरा गरिने वजेटका कार्यक्रममा समावेश गरिएका छन् ।
यसैगरी कञ्चनपुरको दोधारा चाँदनी जोड्न महाकाली नदीमा निर्माणाधीन चार लेनको पुलका लागि बजेट विनियोजन, कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरबको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको विद्युत्गृहका साथै सिँचाइ आयोजनाको थप कामका लागि रु दुई अर्ब ९० करोड बजेट विनियोजन, निर्माणाधीन महाकाली सिँचाइ आयोजनाका लागि बजेट विनियोजन ,मोहना र खुटिया नदीमा नदी नियन्त्रणलगायतको काम गरिने लगायता छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: