Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

गणतन्त्र दिवसमा कागेश्वरी मनोहरामा वक्तित्वकता प्रतियोगिता

खबरडबली संवाददाता

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले १५औँ गणतन्त्र दिवसको अवसरमा विद्यालयस्तरीय वक्तित्वकता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा नगरपालिकाभित्रका नौ सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए । 

प्रतियोगितामा आनन्द भैरव माध्यमिक विद्यालयकी छात्रा सतिस्मा खड्का पहिलो भइन्  । आनन्द भैरवकै विष्णु नेपाली दोस्रो तथा गान्धी आदर्श विद्यालयका अर्जुन कोइराला तृतीय भए  । नेपाल राष्ट्र निर्माण उच्च माविकी प्रशंसा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरिन । उनीहरुलाई क्रमशः रु आठ हजार पाँच सय, रु चार हजार सात सय ५० र रु तीन हजार दुई सय ५० पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलगायतले पुरस्कृत गरेका थिए  । 

सो अवसरमा कागेश्वरी मनोहरा घर भई विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित प्रमुख कार्कीले अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गरिने  बताए  । उनले  आफ्नो कार्यकालमा नगरवासीलाई सुशासनको प्रत्याभूति दिलाइने बताए  । 

कार्यक्रममा कागेश्वरी मनोहरा–६ का वडाध्यक्ष प्रकाश फुयालले समृद्ध नगर निर्माणमा हातेमालो गर्न सबैलाई आग्रह गरे  । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर दुईका सभापती कविर शर्मा फुयाल, सम्मानित पत्रकार कृष्णमुरारी भण्डारी, पत्रकारद्वय अजय फुयाल, राधेश्याम दाहाललगायतले आ–आफ्नो धारणा राखेका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: