स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।
वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जीनियर प्रकाश अर्यालका अनुसार नगरपालिकामार्फत डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सिसी क्यामेरा जडान गरेको हो । नगरपालिका मुख्य–मुख्य चोक तथा नागरिकको बढी भीडभाड हुने ठाउँलाई लक्षित गरी ११ सिसी क्यामेरा जडान गर्ने कार्य जारी छ ।
वालिङ नगरपालिकाभित्रका मुख्य गरी सिद्धार्थ राजमार्गका मुख्य–मुख्य चोक, भित्री बजारका मुख्य–मुख्य चोक गरी भकुण्डेबाट त्रियासीसम्मका चोकमा सिसी क्यामेरा जडान गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । “वालिङ बजारलाई समेट्ने गरी सिसी क्यामेरा जडान गरिरहेका छौँ”, उनले भने ।
वडा प्रहरी कार्यालयमा २४सै घण्टा यसबाट निरीक्षण गर्न सकिने छ । कुनै घटना घटिहाले यसैको आधारमा अनुसन्धान थाल्न र संलग्नको खोजी गर्न मद्दत पुग्ने खतिवडाले बताए । यसअघि कुनै घटना घटेमा सङ्घसंस्था तथा व्यक्तिले राखेका सिसी क्यामेराको डाटा हेर्नुपर्ने बाध्यता थियो । मुख्य–मुख्य चोकमा सिसी क्यामेरा राखेर बजारलाई एकैपटक कार्यालयबाटै निरीक्षण गर्न सकिने भएपछि सम्भावित घटनामा कमी हुने र भइहालेमा पनि तत्कालै दोषीलाई नियन्त्रणमा लिन सकिने वडा प्रहरी कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०७९ - १७:२५
काठमाडौँ । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ । त्रिभुवन अन्तरराष्ट्...
आषाढ़ १० गते, २०७९ - १७:११
खोटाङ । आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया ...
आषाढ़ १० गते, २०७९ - १६:५१
मस्को । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्...
आषाढ़ १० गते, २०७९ - १६:३२
सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ...
आषाढ़ १० गते, २०७९ - १६:१५
लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै दे...
आषाढ़ १० गते, २०७९ - १५:५८
किएभ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश...
आषाढ़ १० गते, २०७९ - १५:११
काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सा...
आषाढ़ १० गते, २०७९ - १४:५८
वालिङ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा...
आषाढ़ १० गते, २०७९ - १४:४५
लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा द...
आषाढ़ १० गते, २०७९ - १४:१३
वासिङटन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा व...
प्रतिकृया लेख्नुहोस्: