Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

सप्तरीमा कांग्रेस बन्यो ठूलो दल

खबरडबली संवाददाता

सप्तरी । स्थानीय तहको  निर्वाचनमा जिल्लाका पाँच पालिकामा  प्रमुख जित्दै नेपाली कांग्रेसले आफ्नो पूर्ववत अवस्था कायम राखेको छ ।

कूल १८ वटा स्थानीय तहमध्ये कांग्रेसले सात उपप्रमुख र ४१ वडा अध्यक्षसमेत जितेको हो । विसं २०७४ को चुनावमा पनि कांग्रेसले पाँच प्रमुख र सात उपप्रमुखमा विजयी हासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको  छ ।

यसअघि जित हासिल गरेको सुरुङ्गामा कांग्रेस प्रमुख र उपप्रमुखमा निर्वाचित हुन सके पनि शम्भुनाथ नगरपालिका तथा विष्णुपुर, राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा भने कांग्रेसले नेतृत्व दोहो¥याउन सकेन । नयाँ पालिकाको रूपमा सप्तकोसी र कञ्चनरूप नगरपालिका तथा तिलाठी कोईलाडी र तिरहुत गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर कांग्रेसले पहिलेको अवस्था कायम राखेको कांग्रेसका जिल्लाअध्यक्ष रामदेव साह बताउनुहुन्छ । यसअघि जितेको विष्णुपुर र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको अध्यक्ष गुमाएको कांग्रेसले उपाध्यक्षमा भने विजयी भएको छ । 

पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरीमा जनता समाजवादी पार्टीलाई नराम्रो धक्का लागेको छ । जसपाले यसपटक दुई पालिका प्रमुख र एक गाउँपालिका अध्यक्षमा चित्त बुझाउनुपरेको छ । राजविराज र बोदे बर्साइन नगरपालिकाको प्रमुख, उपप्रमुख तथा विष्णुपुर गाउँपालिकाको अध्यक्ष जितेको जसपाले राजगढ गाउँपालिका तथा खडक र हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा मात्र जितेको छ । वडामा भने सबैभन्दा बढी ४६ वडाध्यक्ष पदमा जसपा विजयी भएको छ । 

अघिल्ला स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमले सप्तरीको बोदे बर्साइन र खडग नगरपालिका तथा तिरहुत, महादेवा र बलान बिहुल गाउँपालिका जितेको थियो । तीमध्ये बोदे बर्साइनमा जसपाले जित कायम राखेको छ । अघिल्लो निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष जितेको तत्कालीन नयाँ शक्ति पार्टी जसपामै समायोजन भएको थियो । त्यहाँ अहिले  लोसपाले जितेको छ । 

तत्कालीन सङ्घीय समाजवादी फोरम र राजपा मिलेर बनेको जसपा केही वर्षमा फुटेर जसपा र लोसपामा विभाजन भएको थियो । जसपा र लोसपा बनेपछि फोरमबाट निर्वाचित पदाधिकारी जसपामै रहेका थिए । राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखमध्ये रूपनी गाउँपालिका तथा राजविराज, डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख जसपामै बसे । राजपाबाट निर्वाचित चारपालिकामध्ये तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्षले मात्र लोसपा रोजे । 

यी सबै समायोजनका कारण निर्वाचनपूर्व सप्तरीमा १८ मध्ये जसपाको १० स्थानीय तहमा नेतृत्व थियो । मनोनयनकै दिन राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादव माओवादी प्रवेश गरेर उम्मेदवारी दिनुभए पनि जसपाले जित हासिल गरेको छ । यसैगरी विष्णुपुर गाउँपालिकाको अध्यक्षमा यसअघि कांग्रेसले जितेकामा अहिले जसपा  निर्वाचित भएको छ । बोदे बर्साइन नगरपालिकामा पुरानो विरासत जोगाउन जसपा सफल भएको छ ।

त्यसबाहेक जसपाले अन्य पालिकाको नेतृत्व गुमाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरीको क्षेत्र नम्बर २ मा रहेको चार पालिकामध्ये जसपाले तीन वटामा हार बेहोरेको छ । महादेवा र छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपा तथा तिलाठी कोइलाडीको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । जिल्ला र प्रदेशस्तरमा नेताहरूले पार्टीकै उम्मेदवारको विरोध गरेर अन्तर्घात गरेकाले जसपाले धेरै सिट गुमाउनुपरेको बताउँदै जसपाका युवा नेता तारकेश्वर यादवले त्यस्ता व्यक्तिले तुरुन्तै राजिनामा दिनुपर्नेमा जोड दिए । 

अघिल्लो निर्वाचनमा सप्तकोसी र कञ्चनरूप नगरपालिकाको प्रमुखमा जितेको एमालेले यसपटक ती दुवै पालिका जोगाउन नसके पनि यसअघि नजितेको तीन पालिकामा जित हासिल गरेको छ । एमालेले कांग्रेसले जितेका अग्नीसाइर कृष्णसवरन र राजगढ गाउँपालिकाको प्रमुखमा जित्नाका साथै जसपाले जितेको डाक्नेश्वरी नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा पनि जितेको छ  । जसपा र कांग्रेसपछि एमालेले आफ्ना २४ जनालाई वडा अध्यक्षमा निर्वाचित गराउन सफल भएको छ ।  

जिल्लाको पाँच वटा पालिका जितेको तत्कालीन राजपा यसपटक तीन वटा गाउँपालिको अध्यक्षमा सिमित भएको छ । महादेवा, रूपनीमा अध्यक्ष र उपाध्यक्ष जितेको राजपाले छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ । पार्टी एकता र विभाजनपछि पाँचमध्ये चार वटा पालिका प्रमुख जसपातिर लागेपनि प्रमुख पदमा जसपा जत्तिकै जित हासिल भएको  राजपाका जिल्लाअध्यक्ष सुनिल झा बताउनुहुन्छ । लोसपाले आफ्नो नेतृत्वमा  रहेको तिलाठी कोईलाडी गाउँपालिका जोगाउन नसके पनि जिल्लाका तीन गाउँपालिकाको अध्यक्ष र दुई उपाध्यक्ष जितेको छ । महादेवा र रूपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार विजयी भएका  छन् । लोसपा जिल्लामा १२ वडाध्यक्षमा मात्र जित्न सफल भएको छ ।

पहिलो पटक निर्वाचनमा भाग लिएको सिके राउत नेतृत्वको जनमत पार्टीले जिल्लाको बलान बिहुल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा जितेको छ । सिके राउतको गृहपालिका महादेवाको वडा २ जनमत पार्टीले जितेको छ भने गाउँपालिकामा बहुमतका साथ लोसपाले जितेको छ । जसपाले सुरक्षित पालिका मान्दै आएको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पद जनमत पार्टीले खोसेको छ । पूर्व नगर प्रमुख भएका छन् । यस्तै जसपाकै अध्यक्ष र उपाध्यक्ष रहेको बलानबिहुल गाउँपालिकामा एउटा वडा अध्यक्षमा जसपा समेटिएको छ । जसपाबाट अध्यक्ष र उपाध्यक्ष दुवै पद यसपटक जनमत पार्टीले खोसेको छ । जनमत पार्टीले जिल्लाका सात वटा वडाध्यक्षसमेत जितेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा एउटै पालिका प्रमुख र उपप्रमुख जित्न नसकेको नेकपा (माओवादी केन्द्र)ले यसपटक खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भएको छ । नेकपा (एकीकृत समाजवादी) सँगको गठबन्धनमा माओवादीले खडग नगरपालिकाको प्रमुख जितेको हो । गठबन्धनमा रहेकोसमाजवादीका उपप्रमुख उम्मेदवार खडक नगरपालिकामा प्रमुखभन्दा आधा मत मात्र पाएर तेस्रो स्थानमा सीमित भएका छन् । माओवादीले जिल्लाको २० वटा वडामा जितेको छ ।

समाजवादीले शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । उक्त दलले शम्भुनाथ नगरपालिकामा पाँच, सुरुङ्गा नगरपालिकामा चार, खडक नगरपालिकामा दुई, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकामा एक/एक वडाध्यक्ष जितेको छ । राप्रपाले राजविराज नगरपालिकाको वडा नम्बर १३ मा त्रिलोकीनाथ चौधरीलाई वडाध्यक्षमा जिताउन सफल भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...

गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. भण्डारी नियुक्त

लेखनाथ। गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएको छन्। विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले डा. भण्डारीलाई...

सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending