Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता

खबरडबली संवाददाता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट उप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का खुमबहादुर विकले ३५४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार मुक्तिनाथ तिमिल्सिनाले ३८९ र उपप्रमुख उम्मेदवार फूलमाया वाग्लेले ३९० मत प्राप्त गरेकि छन् । 

हालसम्म शुक्लागण्डकी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को एक हजार मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको छ । 

यस्तै म्याग्दे गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले मतान्तर बढाएका छन्। वडा नम्बर १, २ र ३ को दुई ६८१ मतगणना सकिँदा श्रेष्ठले एक हजार ३५६ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार मायादेवी रानाले ९६० मत प्राप्त गरेकि छन्। उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेको अग्रता कायमै छ । घिमिरेले एक हजार २६७ मत प्राप्त गर्दा एमालेकी रत्नादेवी घिमिरेले एक हजार ६७ मत प्राप्त गरेका छन्।

घिरिङ गाउँपालिकामा एक हजार ६२१ मतगणना हुँदा नेकपा (एमाले)का अध्यक्ष उम्मेदवार होमबहादुर थापाले ८८६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार गङ्गा कुमालले ६२० मत प्राप्त गरेका छन्। नेकपा ९एमाले०का उपाध्यक्ष उम्मेदवार राधादेवी अधिकारीले ९२४ र नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष उम्मेदवार पूर्ण थापाले ३८२ मत प्राप्त गरेका छन् ।

बन्दीपुर गाउँपालिकामा एक हजार ८६५ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष उम्मेदवार पूर्णसिं थापाले ६१७, नेकपा (एमाले)का अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले ५४५ र नेपाली कांग्रेसका उम्मेदवार धु्रवलाल प्रधानले ५१८ मत प्राप्त गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ शेराटार बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, २७ घाइते पोखरा रिफर

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...

उद्योगी शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप, धितोपत्र मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...

ढुक्क हुनुस्, वास्तविक सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित, शृङ्खला बराबरीमा टुङ्गियो

काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...

विवादित सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई फिर्ता बोलाइयो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...

साँखुमा प्रहरीले गोली प्रहार

काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...

यस्तो छ सुकुम्वासी बस्ती खाली गर्न सरकारको ११ बुँदे योजना

काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...

तनहुँको शेराफाँटमा बस दुर्घटना

काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...

एमाले संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending