तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत प्राप्त गरेका छन् ।
गठबन्धनका तर्फबाट उप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का खुमबहादुर विकले ३५४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार मुक्तिनाथ तिमिल्सिनाले ३८९ र उपप्रमुख उम्मेदवार फूलमाया वाग्लेले ३९० मत प्राप्त गरेकि छन् ।
हालसम्म शुक्लागण्डकी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को एक हजार मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको छ ।
यस्तै म्याग्दे गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले मतान्तर बढाएका छन्। वडा नम्बर १, २ र ३ को दुई ६८१ मतगणना सकिँदा श्रेष्ठले एक हजार ३५६ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार मायादेवी रानाले ९६० मत प्राप्त गरेकि छन्। उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेको अग्रता कायमै छ । घिमिरेले एक हजार २६७ मत प्राप्त गर्दा एमालेकी रत्नादेवी घिमिरेले एक हजार ६७ मत प्राप्त गरेका छन्।
घिरिङ गाउँपालिकामा एक हजार ६२१ मतगणना हुँदा नेकपा (एमाले)का अध्यक्ष उम्मेदवार होमबहादुर थापाले ८८६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार गङ्गा कुमालले ६२० मत प्राप्त गरेका छन्। नेकपा ९एमाले०का उपाध्यक्ष उम्मेदवार राधादेवी अधिकारीले ९२४ र नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष उम्मेदवार पूर्ण थापाले ३८२ मत प्राप्त गरेका छन् ।
बन्दीपुर गाउँपालिकामा एक हजार ८६५ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष उम्मेदवार पूर्णसिं थापाले ६१७, नेकपा (एमाले)का अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले ५४५ र नेपाली कांग्रेसका उम्मेदवार धु्रवलाल प्रधानले ५१८ मत प्राप्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: