Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

'घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’

खबरडबली संवाददाता

म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन् । 

जिल्लामा ६ स्थानीय तह र ४५ वडामा २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा नेकपा माओवादी केन्द्रबाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् ।  वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको छ । जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । 

एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । रघुगङ्गा गाउँपालिका–६ मा एमाले र राप्रपाबीच तालमेल भएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्र बेनी नगरपालिका, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा आंशिक तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल नभएपछि जिल्लाभर तीन पदबाहेक अन्यमा मनोनयन फिर्ता लिएका छन् । 

तालमेल र एकल उम्मेदवारी दर्तापछि उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नजिकको सरकारका प्रतिनिधि चुन्ने अवसर भएकाले पनि जनतामा स्थानीय तह निर्वाचनको रौनकले छोएको छ । एकपछि अर्को दलका उम्मेदवार गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सवजस्तै बनेको छ । अधिकांश उम्मेदवारले जनताको जनजीविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेश गर्न सकेका छैनन् । 

रघुगङ्गा गाउँपालिका–६ पाखापानीका गौबहादुर विश्वकर्मा नेताहरुले निर्वाचनको समयमा आश्वासन र सपना मात्रै देखाउने र निर्वाचन जितेपछि पुरा नगर्ने गरेको दुःखेसो पोखे। “हिजो पनि यो गर्छौं, यो सुविधा दिन्छौं भनेर मत मागे, जितेर गएपछि खै हाम्रो लागि काम गरेको ?”, उनले प्रश्न गरेका थिए । सडक र भवन बनाउनेबाहेक जनताको दैनिकीमा आएका समस्यामा स्थानीय सरकारले काम नगरेको उनले बताए । 

उम्मेदवार यस पटक पनि विभिन्न मुद्दासहित चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुसँग ठोस खाका भने छैन । अघिल्लो निर्वाचनमा विजयी जनप्रतिनिधिलाई यसपटक चुनावी मैदानमा उत्रिरहँदा अघिल्लो कार्यकालमा किन जनताको अवस्था सुधार गर्न सकिएन भन्ने प्रश्नको जवाफ दिन सकस भएको छ ।

अघिल्लो पाँच वर्ष प्रायः सबै जनप्रतिनिधिले डोजर घुमाएर सक्ने योजनालाई प्राथमिकतामा राखेको कारण यस पटक उनीहरुले अघि सारेका एजेण्डामा नागरिकले आशङ्का व्यक्त गर्ने अवस्था सिर्जना भएको मालिका गाउँपालिका–५ का गेमबहादुर पुनले बताए। 

चुनावी घोषणापत्रमा रोजगार दिने, शिक्षा, स्वास्थ्य र जनजीविकालाई सम्बोधन गर्ने बताए पनि चुनाव जितेपछि आफ्ना कार्यकर्तालाई मात्रै केन्द्रमा राखेर बजेट परिचालन गर्ने परिपाटीले दलका घोषणापत्रमाथि विश्वास गरिहाल्ने अवस्था नरहेको उहाँको भनाइ छ । अधिकांश उम्मेदवारले सडक कालोपत्रसहित स्तरोन्नति गर्ने, शैक्षिक गुणस्तर सुधार गर्ने, रोजगार सिर्जना गर्नेलगायत कुरा घोषणा गरेका छन् । उनीहरुले ठोस खाकासहित मत माग्न भने सकिरहेका छैनन् । 

अधिकांशको घोषणापत्र जनताको जनजीविकामा सुधार ल्याउन सम्भव हुनेभन्दा पनि मन जितेर मत माग्नतर्फ केन्द्रित छ । म्याग्दीमा ६ स्थानीय तहमध्ये चार गाउँपालिकाका अध्यक्षमा पुरानै व्यक्ति उम्मेदवार बनेका छन भने १७ वडाध्यक्ष पुनः सोही पदमा दोहरिएका छन् । 

सबैभन्दा बढी चर्चामा बेनी नगरपालिका छ । यहाँ एक्लाएक्लै मनोनयन दर्ता गरेका दलहरु मनोनयन फिर्ताको समयमा पुग्दा कांग्रेस र माओवादी केन्द्र तालमेलको अवस्थामा पुगेका छन भने अन्य दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् । मनोनयन दर्तासम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका काँग्रेस र माओवादीबीच उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनावी तालमेल गर्ने सहमति जुटेको हो ।

पाँच दलित गठबन्धनमा सहमति नभए पनि अन्तिम चरणमा कांग्रेस र माओवादीबीच मेयर उपमेयरमा चुनावी तालमेलको सहमति भएको थियो । कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा कांग्रेसका चिरञ्जीवी शर्मा र उपमेयरमा माओवादीका ज्योति लामिछाने पौडेल उम्मेदवार बन्नुभएको छ ।

बेनी नगरपालिकामा कांग्रेस र माओवादीले वडा नम्बर २, ६, ७, ८ र ९ मा तालमेल गरेका छन् ।  प्रतिस्पर्धामा एमालेबाट सुरत केसी र पशुपति शाही हुनुहुन्छ । यहाँ अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा कांग्रेस र एमाले–राप्रपा तालमेलबाट उपमेयरमा राप्रपाका उम्मेदवार विजयी भएका थिए ।

रघुगङ्गा गाउँपालिकामा यसअघि गाउँपालिका अध्यक्ष बन्नुभएका भवबहादुर भण्डारी कांग्रेसबाट पुनः अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका प्रेमबहादुर कार्की देखिएका छिन् । यद्यपि माओवादीबाट जिल्लामै एकमात्रै दलित महिला उम्मेदवार रहेकी मीना विश्वकर्मा र स्वतन्त्र उम्मेदवार सागर भण्डारी पनि काँग्रेस र एमालेको लागि चुनौतीको रुपमा देखिएका छन् । 

रघुगङ्गामा उपाध्यक्ष पदमा समेत रोचक प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्रबाट रिम कटुवाल, एमालेबाट यामुकमारी गर्बुजा र काँग्रेसबाट प्रेमकुमारी पुन उपाध्यक्षका प्रमुख प्रत्यासीको रुपमा देखिएकी छिन् । अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा बलबहादुर तिलिजा, उपाध्यक्षमा ललिता तिलिजा र एमालेबाट अध्यक्षमा भरतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुनलाई उम्मेदवार बनाएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले विजयी हाँसिल गरेको थियो ।  

मङ्गला गाउँपालिकामा एमाले, माओवादी र कांग्रेसको त्रिपक्षीय प्रतिपस्र्धा हुनेछ । यसअघि गाउँपालिका अध्यक्ष भइसकेका सतप्रसाद रोका पुनः एमालेबाट अध्यक्षमा उम्मेदवार बनेका छन् । माओवादीबाट टेकबहादुर विश्वकर्मा र काँग्रेसबाट वीरेन्द्र बुढाथोकी उम्मेदवार छन् । यहाँ काँग्रेसका शर्मिला थापा, एमालेका प्रेमकुमारी खत्री र माओवादीबाट सुकमाया रोकामगर उपाध्यक्षको उम्मेदवार बनेकी छिन्। 

मालिका गाउँपालिकामा यसअघि अध्यक्ष रहेका श्रीप्रसाद रोका काँग्रेसबाट पुनः प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली र एमालेबाट यसअघि पराजित बेगप्रसाद गर्बुजा प्रतिस्पर्धी छन् । उपाध्यक्षमा माओवादी केन्द्रबाट गौरी सेञ्चुरी, एमालेबाट लक्ष्मीदेवी घर्तीमगर र काँग्रेसबाट पिपला बुढा उम्मेदवार बनेकी छिन् । 

यहाँ वडा तहसम्मै काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । एमालेबाट निर्वाचित थमसरा पुन पुनः अध्यक्षमा उठेकी छिन् । उपाध्यक्षमा प्रगति कार्की उम्मेदवार बन्नुभएकोे छ । गठबन्धनबाट प्रेमप्रसाद पुन र रेशम पुनमगर उम्मेदवार बनेका छन् ।  रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: