Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

जिल्लाको निर्णय ओली उल्ट्याएपछि कञ्चनपुर एमालेमा चर्कियो विवाद

बेलौरीमा पल्लवलाई ‘साइड’ लगाएर कमलालाई बनाइयो उम्मेदवार

खबरडबली संवाददाता

कञ्चनपुर । भारतीयहरुले सीमा मिच्दै नेपालीका घरजग्गा समेत भारततर्फ मिचेपछि बेलौरीमा ठूलै आन्दोलन भयो । नेपालका नापी कर्मचारीहरुले समेत स्टिप नक्साका आधारमा नक्सांकन गरेको भन्दै पन्छिएपछि स्थानीयवासी आन्दोलित बने । 

त्यतिखेर माओवादीबाट मन्त्री बनेकी बिना मगरले सीमा अतिक्रमणको बिरोधमा मन्त्रिपरिषद्मा कुरा राखिन् । तर त्यतिले मात्रै पुग्ने थिएन । स्थानीयस्तरबाटै तथ्य र प्रमाणसहित आन्दोलनको आवश्यकता थियो । यसको अगुवाई गरे स्थानीय नेता पल्लवराज भट्टले ।
 
त्यतिखेर नेकपाको गठन भएको थियो । नेकपा स्थानीय समिति र कांग्रेसका समेत केही व्यक्तिहरुले सीमा सरोकार आन्दोलन समिति नै गठन गरे । भट्टको नेतृत्वमा राजधानीमा डेलिगेसन आयो । तत्कालिन मन्त्री बिना मगरको अगुवाईमा भट्टसहितको टोलीले यो विषयलाई राष्ट्रियकरण ग¥यो । फलस्वरुप स्ट्रिप नक्साको विषय विवादित बन्यो । भारतले सोझै दावी गर्ने अवस्था बनेन । 

तर बिडम्बना, बेलौरी क्षेत्रका लागि आवाज उठाइराख्ने र यसअघि समेत बेलौरीको मेयरमा माओवादीसँग सामान्य मतले पराजित भएका पल्लव भट्टलाई पार्टी भने निकै राम्रो ‘पुरस्कार’ दियो । मेयरका स्वभाविक दावेदार रहेका भट्टको नाम मेयरमा उम्मेदवारमा घोषणा भएन । उनका स्थानमा केपी ओली निकट कमला बोहरालाई बेलौरी नगरपालिकाको मेयरमा उठाइयो । 

संयोग नै भनौं, पल्लव भट्टमाथि यो पहिलोपटक भएको अन्याय थिएन । नाताले छिमेकी बहिनी र भट्टले नै राजनीतिमा जोडेकी कमला पल्लव भन्दा शक्तिशाली बनिन् । पहिलोपटक चुपचाप बसेर पार्टी निर्णय मानेका थिए भट्टले । तर त्यही प्रवृत्ति दोश्रोपटक समेत दोहोरिएपछि अब भविष्यमा उनीमाथि न्याय होला भन्ने आसा देखिएको छैन । 

यसअघि सीमाको आन्दोलन र स्थानीयस्तरमा पार्टी, संगठनमा बलियो पकड जमाइरहेका भट्टमाथि भूमि आयोगको जिल्ला नेतृत्व चयन गर्ने बेला ठूलो धोका भएको थियो । त्यतिखेर प्रदेश पार्टीले भट्टलाई भूमि समस्या समाधान आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको थियो । भट्ट संयोजक बन्ने करिब करिब निश्चित नै भइसकेको थियो । तर बाजी मारिन् कमलाले । भट्टले असन्तुष्टि पोखे । 

तर पार्टीले उनलाई राजनीतिक भविष्य सुरक्षित गर्ने आश्वासन दियो । उनले सांसद मागेका थिएनन् । मेयर मागेका थिए । तर दोश्रोपटक जब मेयरमा उनको दावी थियो, स्थानीय समितिले समेत उनलाई नै सिफारिस गरेको थियो, फेरी पनि कमलाले नै बाजी मारिन । जिल्ला पार्टीको निर्णय उल्ट्याएँदै केपी ओलीले कमलालाई अघि सारे । 

“पार्टीमा भविष्य नै देखिएन” पल्लव निकट एक नेता भन्छन्, “संगठनमा काम गर्यो, जनताका लागि लड्यो, रातदिन नभनी पार्टीको काममा जुट्यो तर पद पाउँदा टुरिष्टहरुले बाजी मारे।”

अहिले बेलौरी नगरपालिकाका इमान्दार र प्रतिबद्ध एमाले कार्यकर्तामाझ निराशा छाएको उनले बताए । पार्टी भनेर लागेपनि निर्णायक क्षणमा बारम्बार धोका हुँदा भोलि पनि धोका नहोला भनेर कसरी पत्याउने प्रश्न आम कार्यकर्ताले गरिरहेको उनले बताए । 

पल्लवले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । दुई लाइन संघर्षको लामै अनुभव भएका उनी विद्रोही पनि भएका छैनन् । तर कमलासँग सँगै चुनाव प्रचारमा हिँडन भने उनको मनले दिएको देखिन्न । त्यसैले कमलाको प्रचारमा उनी खुलेर लागेका छैनन् ।

'हामीहरुमा उत्साह छैन । पार्टीको निर्णय मानेर चुनावमा गइदिने कुरा एउटा हो, तर अहिले पल्लवमाथि अन्याय गरेपछि अरु कार्यकर्ताको भविष्य समेत अन्यौलमा परेको लागेको छ । कसका लागि र के का लागि हिँड्ने ?' भन्ने प्रश्न जन्मेको छ । 

राजनीतिमा निरन्तरता, क्रियाशीलता, जनतासँगको सम्बन्ध, राजनीतिक इमान्दारिता जस्ता पक्ष महत्वपूर्ण हुन्छन् । तर पल्लवका हकमा भने यी लागु भएनन् । बरु नेतृत्वले निर्मम तरिकाले उनको राजनीतिक इमान्दारिताको घाँटी रेटेको उनी निकट अर्का नेता बताउँछन् । 

बेलौरीमा अहिले पनि माओवादी केन्द्र नै बलियो देखिन्छ । यसअघि माओवादीबाट मेयर रहिसकेका पोतिलाल चौधरी मेयरमा फेरि उम्मेदवार छन् । एमालेभित्रको चर्को विवादका कारण र कमलाको फिल्डमा सक्रियता नभएको कारण हार्ने उम्मेदवारलाई किन भोट दिने भन्ने मानसिकता देखिएको ती नेताले बताए । 

'पल्लव भएको भए एउटा कुरा हो, तर कमलालाई जिताएर पनि उनले भूगोल र समुदायको भावना बुझ्ने होइनन्, । बाहिर बढी बस्ने र क्षेत्रका जनताको दुःखसुख बुझ्ने मानिसलाई नै मत दिनुपर्छ भन्ने आम धारणा रहेको छ' उनले भने, 'मेयर छँदा पोतिलालका बारेमा कतिपय हल्ला भएपनि जनताको घरदैलोमा जाने र जनताले पनि प्रत्यक्ष सम्पर्क गर्नसक्ने उनी नै हुन् ।'

बेलौरीमा एमालेको यही अन्तरविरोधले माओवादीले सहजै जित्ने अनुमान कतिपयले गरेका छन् । कांग्रेसको आधार भने पहाडी क्षेत्रमा बढी हो । माओवादीको भने पहाडी र थारु दुबैमा सघन संगठन र काम गरेको अनुभव छ । 

पल्लव भने अहिले बोल्न चाहँदैनन् । सम्भवतः उनलाई प्रदेश सांसदको टिकटका लागि प्रदेश र केन्द्रबाट ‘अफर’ आएको होला । तर उनको मनले बुझिसकेको छ, ‘त्यो बेला फेरि उनी सहिद हुनेछन्, उनको ठाउँमा यसअघि जस्तै मर्यादा विष्ट या अरु कसैलाई तेस्र्याइनेछ ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending