Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

जिल्लाको निर्णय ओली उल्ट्याएपछि कञ्चनपुर एमालेमा चर्कियो विवाद

बेलौरीमा पल्लवलाई ‘साइड’ लगाएर कमलालाई बनाइयो उम्मेदवार

खबरडबली संवाददाता

कञ्चनपुर । भारतीयहरुले सीमा मिच्दै नेपालीका घरजग्गा समेत भारततर्फ मिचेपछि बेलौरीमा ठूलै आन्दोलन भयो । नेपालका नापी कर्मचारीहरुले समेत स्टिप नक्साका आधारमा नक्सांकन गरेको भन्दै पन्छिएपछि स्थानीयवासी आन्दोलित बने । 

त्यतिखेर माओवादीबाट मन्त्री बनेकी बिना मगरले सीमा अतिक्रमणको बिरोधमा मन्त्रिपरिषद्मा कुरा राखिन् । तर त्यतिले मात्रै पुग्ने थिएन । स्थानीयस्तरबाटै तथ्य र प्रमाणसहित आन्दोलनको आवश्यकता थियो । यसको अगुवाई गरे स्थानीय नेता पल्लवराज भट्टले ।
 
त्यतिखेर नेकपाको गठन भएको थियो । नेकपा स्थानीय समिति र कांग्रेसका समेत केही व्यक्तिहरुले सीमा सरोकार आन्दोलन समिति नै गठन गरे । भट्टको नेतृत्वमा राजधानीमा डेलिगेसन आयो । तत्कालिन मन्त्री बिना मगरको अगुवाईमा भट्टसहितको टोलीले यो विषयलाई राष्ट्रियकरण ग¥यो । फलस्वरुप स्ट्रिप नक्साको विषय विवादित बन्यो । भारतले सोझै दावी गर्ने अवस्था बनेन । 

तर बिडम्बना, बेलौरी क्षेत्रका लागि आवाज उठाइराख्ने र यसअघि समेत बेलौरीको मेयरमा माओवादीसँग सामान्य मतले पराजित भएका पल्लव भट्टलाई पार्टी भने निकै राम्रो ‘पुरस्कार’ दियो । मेयरका स्वभाविक दावेदार रहेका भट्टको नाम मेयरमा उम्मेदवारमा घोषणा भएन । उनका स्थानमा केपी ओली निकट कमला बोहरालाई बेलौरी नगरपालिकाको मेयरमा उठाइयो । 

संयोग नै भनौं, पल्लव भट्टमाथि यो पहिलोपटक भएको अन्याय थिएन । नाताले छिमेकी बहिनी र भट्टले नै राजनीतिमा जोडेकी कमला पल्लव भन्दा शक्तिशाली बनिन् । पहिलोपटक चुपचाप बसेर पार्टी निर्णय मानेका थिए भट्टले । तर त्यही प्रवृत्ति दोश्रोपटक समेत दोहोरिएपछि अब भविष्यमा उनीमाथि न्याय होला भन्ने आसा देखिएको छैन । 

यसअघि सीमाको आन्दोलन र स्थानीयस्तरमा पार्टी, संगठनमा बलियो पकड जमाइरहेका भट्टमाथि भूमि आयोगको जिल्ला नेतृत्व चयन गर्ने बेला ठूलो धोका भएको थियो । त्यतिखेर प्रदेश पार्टीले भट्टलाई भूमि समस्या समाधान आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको थियो । भट्ट संयोजक बन्ने करिब करिब निश्चित नै भइसकेको थियो । तर बाजी मारिन् कमलाले । भट्टले असन्तुष्टि पोखे । 

तर पार्टीले उनलाई राजनीतिक भविष्य सुरक्षित गर्ने आश्वासन दियो । उनले सांसद मागेका थिएनन् । मेयर मागेका थिए । तर दोश्रोपटक जब मेयरमा उनको दावी थियो, स्थानीय समितिले समेत उनलाई नै सिफारिस गरेको थियो, फेरी पनि कमलाले नै बाजी मारिन । जिल्ला पार्टीको निर्णय उल्ट्याएँदै केपी ओलीले कमलालाई अघि सारे । 

“पार्टीमा भविष्य नै देखिएन” पल्लव निकट एक नेता भन्छन्, “संगठनमा काम गर्यो, जनताका लागि लड्यो, रातदिन नभनी पार्टीको काममा जुट्यो तर पद पाउँदा टुरिष्टहरुले बाजी मारे।”

अहिले बेलौरी नगरपालिकाका इमान्दार र प्रतिबद्ध एमाले कार्यकर्तामाझ निराशा छाएको उनले बताए । पार्टी भनेर लागेपनि निर्णायक क्षणमा बारम्बार धोका हुँदा भोलि पनि धोका नहोला भनेर कसरी पत्याउने प्रश्न आम कार्यकर्ताले गरिरहेको उनले बताए । 

पल्लवले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । दुई लाइन संघर्षको लामै अनुभव भएका उनी विद्रोही पनि भएका छैनन् । तर कमलासँग सँगै चुनाव प्रचारमा हिँडन भने उनको मनले दिएको देखिन्न । त्यसैले कमलाको प्रचारमा उनी खुलेर लागेका छैनन् ।

'हामीहरुमा उत्साह छैन । पार्टीको निर्णय मानेर चुनावमा गइदिने कुरा एउटा हो, तर अहिले पल्लवमाथि अन्याय गरेपछि अरु कार्यकर्ताको भविष्य समेत अन्यौलमा परेको लागेको छ । कसका लागि र के का लागि हिँड्ने ?' भन्ने प्रश्न जन्मेको छ । 

राजनीतिमा निरन्तरता, क्रियाशीलता, जनतासँगको सम्बन्ध, राजनीतिक इमान्दारिता जस्ता पक्ष महत्वपूर्ण हुन्छन् । तर पल्लवका हकमा भने यी लागु भएनन् । बरु नेतृत्वले निर्मम तरिकाले उनको राजनीतिक इमान्दारिताको घाँटी रेटेको उनी निकट अर्का नेता बताउँछन् । 

बेलौरीमा अहिले पनि माओवादी केन्द्र नै बलियो देखिन्छ । यसअघि माओवादीबाट मेयर रहिसकेका पोतिलाल चौधरी मेयरमा फेरि उम्मेदवार छन् । एमालेभित्रको चर्को विवादका कारण र कमलाको फिल्डमा सक्रियता नभएको कारण हार्ने उम्मेदवारलाई किन भोट दिने भन्ने मानसिकता देखिएको ती नेताले बताए । 

'पल्लव भएको भए एउटा कुरा हो, तर कमलालाई जिताएर पनि उनले भूगोल र समुदायको भावना बुझ्ने होइनन्, । बाहिर बढी बस्ने र क्षेत्रका जनताको दुःखसुख बुझ्ने मानिसलाई नै मत दिनुपर्छ भन्ने आम धारणा रहेको छ' उनले भने, 'मेयर छँदा पोतिलालका बारेमा कतिपय हल्ला भएपनि जनताको घरदैलोमा जाने र जनताले पनि प्रत्यक्ष सम्पर्क गर्नसक्ने उनी नै हुन् ।'

बेलौरीमा एमालेको यही अन्तरविरोधले माओवादीले सहजै जित्ने अनुमान कतिपयले गरेका छन् । कांग्रेसको आधार भने पहाडी क्षेत्रमा बढी हो । माओवादीको भने पहाडी र थारु दुबैमा सघन संगठन र काम गरेको अनुभव छ । 

पल्लव भने अहिले बोल्न चाहँदैनन् । सम्भवतः उनलाई प्रदेश सांसदको टिकटका लागि प्रदेश र केन्द्रबाट ‘अफर’ आएको होला । तर उनको मनले बुझिसकेको छ, ‘त्यो बेला फेरि उनी सहिद हुनेछन्, उनको ठाउँमा यसअघि जस्तै मर्यादा विष्ट या अरु कसैलाई तेस्र्याइनेछ ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending