Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

स्वास्थ्यमन्त्री खतिवडा र डब्लुएचओका महानिर्देशकबीच भेट

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टचार भेटवार्ता भएको छ । 

स्वास्थ्य मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताए । 

उहाँले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो । ट्रकोमा निवारण तथा कालाजार उन्मूलनका लागि नेपालले चालेका निर्णायक कदमका सम्बन्धमा डब्लुएचओको सहयोग सराहनीय रहेको उहाँको भनाइ रहेको थियो । सरकारले सन् २०३० सम्ममा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्येको लक्ष्य नं ३ ‘जनताको सुस्वास्थ र तन्दुरुस्ती’सम्बन्धी प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको उहाँले बताए । 

“कोभिड–१९ को महामारीमा विश्वभरका मानिसको जीवन बचाउनका लागि यहाँको नेतृत्वदायी भूमिका, निर्णय र कार्यको कदर गर्दछौँ । यो योगदानलाई विश्वले सधैँ सम्झिरहनेछ”, उनले भने, “जनस्वास्थ्य चुनौतीको सामना गर्न डब्लुएचओले आफ्नो स्थापनाकालदेखि नै सम्पूर्ण विश्वका लागि सहयोगी साझेदार रहिआएको छ । बिफरको उन्मूलन, इबोला खोपको विकास जस्ता थुप्रै जनस्वास्थ्य उपलब्धि हासिल गर्न डब्लुएचओले अग्रणी भूमिका खेलेको छ ।”

मन्त्री खतिवडाले कोभिड–१९ महामारीले मानव जीवनका सबै पक्षमा गम्भीर असर पारेको उल्लेख गर्दै स्वास्थ्य प्रणाली र अर्थतन्त्रका क्षेत्रमा परेको दुष्प्रभाव र त्यसबाट उत्पन्न हुने दुष्परिणामका अलावा हाम्रा अगाडि अरू धेरै चुनौती रहेको बताए। 

उहाँले स्वास्थ्य सङ्कटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढावा दिनका निम्ति डब्लुएचओको भूमिका अझै सुदृढ बनाइनुपर्ने आवश्यकता सबैलाई महशुस भएको भनाइ राखे । 

उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको जीन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकामा डब्लुएचओप्रति आभार व्यक्त गरे। मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको खोप पु¥याउन डब्लुएचओले हामीलाई निरन्तर सहयोग प्रदान गरिरहेको उल्लेख गर्दै सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशतमा पूर्ण खोप पु¥याउने विश्वस्वास्थ्य सङ्गठनको लक्ष्य हासिल गर्ने पथमा नेपाल रहेको उल्लेख गरे। 

उनले नेपालमा सहकार्य केन्द्र स्थापना गर्नका लागि डब्लुएचओको साथ र सहयोग आवश्यक देखिएकाले यसको सुरुआत बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बालस्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न डब्लुएचओका महानिर्देशकसँग अनुरोध गरे । 

हेटौँडास्थित किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० क्षेत्रीय तालिम र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न उहाँले आग्रह गरे। भेटवार्तामा महानिर्देशक टेड्रोस बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न सहकार्य गर्नेबारे बताएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए। 

सचिव पोखरेलका अनुसार किटजन्य रोगको अध्ययन तथा तालिमकेन्द्रलाई स्तरोन्नतिमा सहयोग गर्नेसमेत उहाँले बताए। महानिर्देशक टेड्रोसले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा नेपाल सरकारले गरेको कामको उच्च प्रशंसा व्यक्त गर्दै धन्यवाद दिए। 

सचिव पोखरेलले डब्लुएचओको दोस्रो कार्यकालका लागि महानिर्देशक डा टेड्रोसलाई नै समर्थन गर्ने बताउनुभयो । भेटघाटमा मन्त्रालय र डब्लुएचओका उच्च अधिकारीको सहभागिता रहेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: