सुर्खेत । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ ।
नेपाली कांगे्रसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । कांगे्रसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले १० वटै जिल्लामा सिट बाँडफाटबारे गहन छलफल भइरहेको बताए ।
“जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्श आएको अवस्था छैन्,” उनले भने, “२०७४ सालको निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै उम्मेदवारको भागबण्डा लगाउन निर्देशन दिएका छौं, भागबण्डाको टुङ्गो जिल्लाले नै लगाउने हो ।”
सभापति शाहीले प्रदेशस्तरीय गठबन्धनको बैठक आगामी सोमबार बस्ने र उक्त बैठकमा जिल्ला संयन्त्रले पठाएका प्रतिवेदनबारे छलफल हुने जानकारी दिए । स्थानीय तहबाटै तालमेलको टुंगो लगाउँदा परिणाम राम्रो आउने हुँदा तल्ला कमिटीलाई उक्त जिम्मेवारी दिइएको उनको भनाई छ ।
कर्णालीमा ७९ स्थानीय तह छन् । तीमध्ये २५ नगरपालिका र ५४ गाउँपालिका छन् भने ७१८ वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ठूलो दल एमाले विभाजनपछि दोस्रो स्थानमा झरेको छ ।
यहाँ माओवादी केन्द्र हाल पहिलो शक्ति बनेको छ । माओवादी केन्द्रका प्रमुख÷उपप्रमुख गरी ५२ जना छन् । एमालेका ४५, कांगे्रसका ४१ प्रमुख÷उपप्रमुख छन् । त्यस्तै एमाले विभाजनबाट बनेको नेकपा (एकिकृत समाजवादी) का १७ जना प्रमुख÷उपप्रमुख छन् । स्वतन्त्रबाट निर्वाचित प्रमुख÷उपप्रमुखको संख्या पाँच रहेको छ ।
प्रदेशस्थित सत्ता साझेदार पाँच दलले केन्द्रको निर्देशन अनुसार २०७४ को यही मतभारलाई मुख्य आधार बनाई चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका हुन ।
एमालेको तिव्रता
एमाले भने उम्मेदवार छनौट र सिफारिसमा व्यस्त छ । प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार हालसम्म एमालेका स्थानीय कमिटीले ९ स्थानीय तहको प्रमुख÷उपप्रमुखको टुङ्गो लगाइसकेका छन् ।
“कतिपय स्थानमा सर्वसम्मत र कतिपय स्थानमा मतदानबाट टुंगो लगाइएको छ, स्थानीय कमिटीले टुंगो लगाउन नसकेका तहको माथिल्लो कमिटीको बैठकले टुंगो लगाउनेछ,” प्रदेश अध्यक्ष शाहले भने, “उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए एक पदका लागि तीन जनाको नाम माथिल्लो तहमा पठाउन स्थानीय कमिटीलाई निर्देशन दिएका छौं ।”
हालसम्म प्रदेशका २७ वडाबाट उम्मेदवारका आकांक्षीहरू माथिल्ला कमिटीमा सिफारिस भएका र ७० वडामा वडाध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भइसकेको जनाइएको छ ।
एमालेबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख पदमा सूर्यबहादुर शाही, जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष पदमा बीरबहादुर गिरी, भेरी नगरपालिकाको प्रमुख मा चन्द्रप्रकाश घर्ती, कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा, दैलेखको दुल्लू नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा मानबहादुर रोकाया, हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री, पातारासी गाउँपालिका अध्यक्षमा सुकराम रावत सर्वसम्मत सिफारिस भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: