बलेवा । ‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा १’ टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित भाकाको गीत बागलुङमा लाग्ने चैते दसैँ मेलालाई लक्षित गरेर बनेका हुन् ।
चैत शुक्ल पक्षमा मनाइने चैते दसैँ पर्व र योसँगै बागलुङमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो भन्छन् बागलुङको इतिहास बुझेका बूढापाका । यो वर्ष पनि चैते दसैँका अवसरमा बागलुङमा मेला लागेको छ । त्यही मेला हेर्नेको बागलुङ कालिका मन्दिर परिसरमा भीड लागेको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्षसम्म मेला हुन सकेको थिएन । यो वर्ष भने सङ्क्रमण नभएको मौका परेकाले कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दसैँ मेला आयोजना गरेको छ ।
कोरोना महामारीका कारण मन्दिरमा पूजापाठ नै बन्द भएकाले मेला नलागेको हो । यदि मन्दिरमा पूजापाठ हुँदो हो त आयोजना नभए पनि मेला लाग्थ्यो । चैते दसैँ मेला धार्मिक महत्वको मात्र नभई गीतसङ्गीत, खेलकुद र किसानका उत्पादनको बजारीकरण गर्ने पर्वका रुपमा स्थापित भएको गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर बुढाले बताए ।
चैते दसैँमा किसानले उत्पादन गरेका कृषि उपज, हस्तकलाका सामान र अन्य सामग्री समेतको बजारीकरण गर्ने पर्वका रुपमा समेत वर्षौंदेखि मनाइने पर्व हो । चैते दसैँ मेला कालिका मन्दिरमा लाग्छ । दुर्गा तिथिमा लाग्ने मेलालाई चैते दसैँका रुपमा मनाइन्छ । यो बेला टाढाबाट घर फर्कनेदेखि कालिका मन्दिरमा पूजा गर्न आउने धेरै हुन्छन् ।
साथै यहाँको मेलामा बागलुङका कला संस्कृतिको संरक्षण, परम्परागत सीपका सामानको बिक्री र बजारीकरणसमेत गरिन्छ । समितिले मेलाकै स्वरुप बनाइदिएपछि यहाँ रमाइलो मेला, फेन्सी तथा अन्य उत्पादनको बजार लागेको छ । कालिका मन्दिर परिसरमा तीन चार दिनदेखि नै मेलाझैँ बनिरहेको छ । साथै चैतेदसैँको अवसरमा अष्टमी र रामनवमीमा यहाँ विशेष पूजा र मेला भर्नेको रौनक हुन्छ । यो मेलालाई व्यवस्थापन गर्न प्रशासन र प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । गुठीले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा भाग लिन विभिन्न स्थानबाट १७ टोली दर्ता भएका छन् । बिहीबारदेखि नै खेल पनि सुरु भएका छन् ।
त्यस्तै राष्ट्रिय र स्थानीय कलाकारले आफ्नो प्रस्तुतीकरण गर्ने कार्यक्रमसमेत बनेको छ । बिहानी समयमा पूजा र भलिबल प्रतियोगिता, दिउँसो मेला र साँझ कलाकारको प्रस्तुति रहने गुठीका अध्यक्ष कुमार खड्काले बताए । कोरोनाका कारण गत वर्ष मेला सञ्चालन भएको थिएन । चैतेदसैँ मेलामा १० लाख भक्तजन र पर्यटक आउने अनुमान छ । अघिल्ला वर्षमा यहाँ बिक्री भएको नरिवलको सङ्ख्या र सोही अनुपातमा आउने भक्तजनको मूल्याङ्कन गर्दा १० लाख पर्यटक आएको अनुमान गर्न सकिने गुठीका पूर्वअध्यक्ष राजु खड्काले बताए ।
पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोका रुपमा कालिका मूर्ति ल्याएको इतिहास छ । राजाले उक्त मूर्ति घना जङ्गलको बीचमा यहाँ ल्याएर स्थापित गरेपछि पूजा गर्ने चलन बसेको किंवदन्ती छ । अहिले पनि यहाँ चैतेदसैँ र बडा दसैँमा ठूलो मेला लाग्छ भने अन्य समयमा पनि सयौँ भक्तजन आएर पूजा गर्ने क्रम रोकिएको छैन ।
बागलुङको पर्यटन प्रवद्र्धनका लागि पनि यो मेला र कालिका मन्दिर महत्वपूर्ण गन्तव्य भएको पर्यटन समितिका सचिव अर्जुन चोखालले बताए । पछिल्लो समयमा अन्य गन्तव्य सुरु भए पनि बागलुङको पहिचान चैतेदसैँ मेला र कालिका भगवती मन्दिर नै भएको उनको तर्क छ । स्थानीयवासी पनि कालिका मन्दिरमा लाग्ने मेलाको महत्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेको बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: