म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–घोडेपानी सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ ।
कालोपत्र, ढलान र ग्राभेल गरेर स्तरोन्नति गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य अधकल्चो र अधुरो बनेको छ । तत्कालीन राष्ट्रिय पुन:निर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा सुरु गरेको १८ किलोमिटर ५४० मिटर दुरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हँुदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडकको निर्माण २०७७ जेठ २२ गते सक्ने सम्झौता थियो ।
सडक निर्माण अधुरो हुँदा शिख र घारका दुई हजार ५०० घरधुरीका बासिन्दासहित दैनिक सयाँैको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई सास्ती भएको अन्नपूर्ण–६स्थित बिरौटाका सुवोध बरुवालले बताए । “चार पटक म्याद थप्दा पनि काम अधुरो छ”, उनले भने, “बेस र सब बेस राखेको सडकमा कालोपत्र नगर्दा आसपासका क्षेत्रमा धुलोले सताएको छ । माथिल्लो क्षेत्रमा प्रारम्भिक चरणको काम पनि थालिएको छैन ।”
जिरोदेखि १६ किमी दुरीको सडक विस्तार, नाली र पर्खाल बनाएर अधिकांश ठाउँमा ढलान, सोलिङ र कालोपत्र गर्ने बेस बिछ्याएका ठेकेदारले सात हजार २२१ घनमिटर मेसिनरी र ग्यावियन पर्खाल लगाउने सम्झौताअनुसारको काम सकेपनि थप काम गर्न भेरियसन अर्डरका लागि गरिएको प्रस्ताव स्वीकृत नभएका कारण देखाएर घोप्टेखर्कदेखि चित्रे खण्डमा प्रारम्भिक चरणको कामसमेत गरेका छैनन् ।
चित्रेका चीनबहादुर गर्बुजाले पोखरेबगरदेखि शिखसम्म विस्तार, नाली, पर्खाल निर्माण र कालोपत्रको तयारी भए पनि घोप्टेखर्कदेखि चित्रेसम्म बजेट अभावका कारण देखाएर काम नगरिएकामा चिन्ता व्यक्त गरे । “बजेटको व्यवस्था गरेर बाँकी कामलाई पूर्णता दिएमा स्थानीयवासीका साथै घोडेपानी घुम्न आउने पर्यटकलाई सुविधा हुने थियो”, उनले भने, “परिणाम सकिएपछि नाली र पर्खालबिनै बिस्तार गरिएको सडकको दिगोपनामा समस्या छ ।”
मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति ७२ प्रतिशत छ । राष्ट्रिय पुन:निर्माण प्राधिकरण खारेज भएपछि कास्कीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएको यो सडकको चौथो पटक म्याद थपिएको म्याद यही चैत महिनामा सकिँदैछ ।
निर्माण व्यवसायीले पर्याप्तमात्रामा मजदुर र उपकरण परिचालन गर्न नसक्नु, आयोजनाका प्रमुख छिटोछिटो परिवर्तन हुनु तथा पछिल्लो समय प्रस्ताव गरिएको भेरियसन अर्डरको प्रस्ताव स्वीकृति नहुनु ढिलासुस्तीका कारण हो । अन्नपूर्ण–६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बिरौटा–शिख खण्डमा कालोपत्र गर्न निर्माण कम्पनीलाई ताकेता गर्नाका साथै घोप्टेखर्क–चित्रे खण्डमा पूर्णता दिन थप बजेटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको बताए ।
म्याग्दीको गौरवको आयोजना मानिएको पोखरेबगर–चित्रे सडक आयोजनाको सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागिसमेत उत्तिकै महत्वको छ । सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका बासिन्दालाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: