नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताएका छन्। विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमूनाको रूपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उनले बताए ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले आज आयोजना गरेको शैक्षिक गुणस्तरीयताका लागि अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले शिक्षालाई जागिर खानेभन्दा सीपमा आधारित बनाउन प्राविधिक शिक्षालाई विस्तार गर्न लागिएको बताए। उनले भने, “विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ पद्धति र कानूनी सुधारको माध्यमबाट शैक्षिक गुणस्तरीयता वृद्धिका लागि जोड दिएका छौँ, शिक्षक, अभिभावक, विद्यार्थी र सरोकार निकाय मिलेर प्रयत्न गरेमा शिक्षामा सुधार ल्याउन सकिन्छ, सकेसम्म विद्यालय ‘मर्ज’ गरेर अघि बढ्नुस्, पूर्वाधारका लागि हामी तयार छौँ ।”
मन्त्री पौडेलले विद्यालय समयमा राजनीतिक तथा अन्य सामाजिक कार्यमा नलागी विद्यालय सुधारमै केन्द्रित हुन प्रधानाध्यापक तथा शिक्षकहरुलाई आग्रह गरे। आगामी तीन वर्षभित्र सबै विद्यालयमा खानेपानी, शौचालय, विद्यालय भवनलगायतको पहिचान गरी भौतिक पूर्वाधारमा सुधार गर्ने जानकारी दिए ।
सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि प्राथमिकतामा राखेर योजना र कार्यक्रम सञ्चालन गरिरहेको चर्चा गर्दै सबैको प्रयासले अहिले सुनवलका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...
बैशाख १ गते, २०८३ - १६:०४
काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...
बैशाख १ गते, २०८३ - १३:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...
बैशाख १ गते, २०८३ - १३:५०
लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...
बैशाख १ गते, २०८३ - १३:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...
बैशाख १ गते, २०८३ - १२:३९
काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...


प्रतिकृया लेख्नुहोस्: