Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

षष्टिका बस्नेत पुरस्कारबाट बुढाथोकी र साह सम्मानित

खबरडबली संवाददाता

मोरङ । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका उपलक्ष्यमा षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ यस वर्ष गजेन्द्र बुढाथोकी र देवनाराण साहलाई यहाँ प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाबाट प्रदान गरिँदै आएको सूचनाको अधिकार पुरस्कारको राशि रु ५० हजार ५१  टक्सार म्यागजिनका प्रधान सम्पादक बुढाथोकीलाई र प्रोत्साहन पुरस्कारको राशि रु १५ हजार ५१ बाट कान्तिपुर दैनिकका जिल्ला संवाददाता साहलाई बुधबार साँझ यहाँ सम्मान गरिएको छ । 

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मानित सञ्चारकर्मीद्वय पुरस्कार प्रदान गर्दै पत्रकारले निष्पक्ष, सत्यतथ्यका आधारमा जनताको पक्षमा समाचार पस्कनुपर्नेमा जोड दिँदै मुलुकको सामाजिक तथा राजनीतिक परिवर्तन क्षेत्रका खेलेको भूमिकाको प्रशंसा गरे ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले पत्रकारको जीविकोपार्जन, पेसाप्रति दक्ष बनाउन प्रदेश सञ्चार व्यवस्थापन विधेयक प्रदेशसभामा पेश गरेको जानकारी दिँदै कानुनको पालनाबाट मुलुकमा सुशासन कायम हुने विचार राखे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक पत्रकारको पेसागत हकहित संरक्षणका लागि तीनतहको सरकारको दायित्व रहेको उल्लेख गर्दै यस पेशाबाट जीवन निर्वाह गर्न समस्या रहेको आफ्नो अनुभव सुनाए  । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राज्यको काम कारबाहीलाई पारदर्शी बनाउन सबैले आफ्नो क्षेत्रबाट प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिँदै सूचनाको अधिकार व्यवहारमा उतार्न जटिलता रहेको बताए ।

महासङ्घका मोरङ सभापति सञ्जीव खनाल, उपाध्यक्ष तारा आचार्य, कोषाध्यक्ष अभय राई, महासङ्घ प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, पे्रस चौतरीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस सङ्गठन नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरे, यज्ञ शर्मा, कोषका दाता केदारबहादुर बस्नेत र सम्मानित बुढाथोकीले जनताको हकअधिकार संरक्षण लागि महासङ्घ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

विराटनगर–११ निवासी बस्नेतले सूचनाको अधिकार क्षेत्रमा कार्य गर्ने अभियानकर्मी एवं पत्रकारलाई प्रदान गर्न आफ्नी स्व धर्मपत्नी षष्टिका बस्नेतको नाममा रु सात लाख अक्षय कोष स्थापना गरेका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending