पोखरा । सानो रकमले जनताका साझा समस्याको समाधान गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्बासी बस्तीका बासिन्दा उदाहरणीय बनेका छन् ।
पोखरा महानगरपालिका–१५ पट्नेरीस्थित सुकुम्बासी बस्तीबीचको बाटो ढलान गरेपछि सो क्षेत्रका बासिन्दाले यतिखेर केही हदसम्म भए पनि सुविधासहित सुरक्षाको अनुभूति गरेका हुन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको रु तीन लाखसहित रु साढे पाँच लाखको लागतमा नाला र सात मिटर चौडाइको ६० मिटर लम्बाइ बाटो ढलान गरिएको गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा समक्ष स्थानीय बासिन्दाले बताए ।
पूर्वाधार विकास योजनाअन्तर्गतका रु २९ लाख बराबरका विभिन्न सातवटा योजनाको स्थलगत अनुगमन गर्दै उहाँले उपभोक्ताको सक्रियतामा भएका विकास निर्माण तोकिएको समय र गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।
यस क्षेत्रमा खानेपानी, सडक निर्माणसँगै अन्य आवश्यकता परिपूर्तिका लागि आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपसभामुख शर्माले त्यसका लागि स्थानीय बासिन्दा सङ्गठित भएर लाग्नु अपरिहार्य छ भन्नुभयोरहकोे उनको भनाइ छ ।
प्रदेशसभा सदस्य कृष्ण थापा र उपसभामुख शर्माको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजनाको रु आठ लाखबाट उक्त योजनासहित ढङ्गेसाँघुचोक सडकमा कल्भर्ट र टुटुङ्गामा नाला निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष मुक्तिलाल गुरुङले जानकारी दिए ।
टुटुङगादेखि परोपकार महासङ्घको आश्रम हुँदै पटनेरीको बस्तीसम्म पुग्ने बाटो र ढल निर्माण नहुँदा प्रत्येक वर्षाको मौसममा बस्ती उच्च जोखिममा पर्दै गरेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत भएर पनि कतिपय घरमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न नसकेको गुनासो गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: