Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना

खबरडबली संवाददाता

पोखरा । सानो रकमले जनताका साझा समस्याको समाधान गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्बासी बस्तीका बासिन्दा उदाहरणीय बनेका छन् । 

पोखरा महानगरपालिका–१५ पट्नेरीस्थित सुकुम्बासी बस्तीबीचको बाटो ढलान गरेपछि सो क्षेत्रका बासिन्दाले यतिखेर केही हदसम्म भए पनि सुविधासहित सुरक्षाको अनुभूति गरेका हुन् । 

निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको रु तीन लाखसहित रु साढे पाँच लाखको लागतमा नाला र  सात मिटर चौडाइको ६० मिटर लम्बाइ बाटो ढलान गरिएको गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा समक्ष स्थानीय बासिन्दाले बताए ।  

पूर्वाधार विकास योजनाअन्तर्गतका रु २९ लाख बराबरका विभिन्न सातवटा योजनाको स्थलगत अनुगमन गर्दै उहाँले उपभोक्ताको सक्रियतामा भएका विकास निर्माण तोकिएको समय र गुणस्तरीय हुने विश्वास व्यक्त गरे । 

यस क्षेत्रमा खानेपानी, सडक निर्माणसँगै अन्य आवश्यकता परिपूर्तिका लागि आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपसभामुख शर्माले त्यसका लागि स्थानीय बासिन्दा सङ्गठित भएर लाग्नु अपरिहार्य छ भन्नुभयोरहकोे उनको भनाइ छ । 

प्रदेशसभा सदस्य कृष्ण थापा र उपसभामुख शर्माको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजनाको रु आठ लाखबाट उक्त योजनासहित ढङ्गेसाँघुचोक सडकमा कल्भर्ट र टुटुङ्गामा नाला निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष मुक्तिलाल गुरुङले जानकारी दिए । 

टुटुङगादेखि परोपकार महासङ्घको आश्रम हुँदै पटनेरीको बस्तीसम्म पुग्ने बाटो र ढल निर्माण नहुँदा प्रत्येक वर्षाको मौसममा बस्ती उच्च जोखिममा पर्दै गरेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत भएर पनि कतिपय घरमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न नसकेको गुनासो गरे । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...

असी करोड आठ लाख राजस्व सङ्कलन

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...

झापामा अज्ञात व्यक्तिद्वारा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...

खानेतेल र चामलमा देखिएको अस्वाभाविक मूल्यवृद्धि पछाडिका सम्भाव्य कारण

काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...

चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...

बैतडी दुर्घटना अपडेट- मृत्यु हुनेको संख्या १३ पुग्यो

बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...

म्याग्दीमा दलहरुलाई उछिनेर महावीर पुनले मार्लान् बाजी ?

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...

आइतबारदेखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE