सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्रीरपूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको भन्दै त्यसविरुद्ध सशक्त सुशासन अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सर्लाहीको बर्थवा नगरपालिका–स्थित कोइरी टोलमा आयोजित सर्लाही निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारले देशलाई जर्जर बनाएको र जनतालाई निराश बनाएको बताए। उनले “कानुनको अगाडि सबै समान छन् भन्ने कुरा व्यवहारमै लागू हुनुपर्छ,” भन्दै दोषी जो भए पनि कारबाही हुनुपर्ने धारणा व्यक्त गरे।
श्रेष्ठले आफू पछिल्लो पटक सरकारमा रहँदा भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन तस्करी काण्ड, बाँसबारी जग्गा घोटाला लगायतका प्रकरणमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे। साथै सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गर्नेहरू विरुद्ध कडा कदम चालिएको पनि उनले बताए।
उनले सुशासनको अभियान अघि बढ्दा कांग्रेस र एमालेले सहयोग गर्नुको सट्टा अवरोध सिर्जना गरेको आरोप लगाउँदै त्यसकै कारण सरकार ढालिएको र विकास तथा समृद्धिको गति अवरुद्ध भएको दाबी गरे।
श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा उभिन मतदातालाई आग्रह गरे।
नारायणकाजी श्रेष्ठ सर्लाही निर्वाचन क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: