Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सुरक्षण मुद्रणमा आत्मनिर्भरताको उद्देश्य पूरा हुँदैछ : मन्त्री कार्की

खबरडबली संवाददाता

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुँदै गरेको बताएका छन् । 

उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र परिसरमा निर्माण हुने बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै केन्द्रमा योजनाअनुसारका भौतिक पूर्वाधार निर्माण तथा आवश्यक उपकरण जडानपछि मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुने बताएको हो । 

“स्वदेशमै सुरक्षण मुद्रण कार्य स्थापना भई कार्य प्रारम्भ गर्नु प्रशंसनीय विषय हो, यसबाट उत्पादन थालेपछि मुलुकलाई सुरक्षित मुद्रणको क्षेत्रमा आत्मनिर्भरताको उद्देश्य पूरा हुनेछ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भने । उनले भौतिक निर्माण, सुरक्षित मुद्रण उत्पादन तथा भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढाउन सहयोग, समन्वय र सहजीकरण गर्न मन्त्रालय र सुरक्षण मुद्रण विकास समितिका पदाधिकारीलाई निर्देशनसमेत दिए ।  

मन्त्री कार्कीले सुरक्षण मुद्रण केन्द्रलाई सरकारले उच्च प्राथमिकता दिई नीति तथा कार्यक्रममा बजेट समावेश गर्दै आएको बताउँदै भौतिक पूर्वाधार तथा मानव–संसाधन विकास गरी प्रभावकारी तथा व्यवस्थितरूपमा सुरक्षण मुद्रणको कार्यलाई यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरे। उनले भने, “हाल पासपोर्ट, बैंक–नोट, अन्त:शुल्क स्टिकरजस्ता सुरक्षण मुद्रण कार्यका लागि विदेशी संस्थामा निर्भर रहनुपर्ने अवस्था आएको छ, यहाँबाट सुरक्षण मुद्रणको कार्य सुरु भएपछि राष्ट्रिय महत्वका गोप्य सूचनाको डाटाबेस स्वदेशमै सुरक्षित भई विदेशमा भण्डारण गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ र दुरुपयोगको सम्भावना हुने छैन ।”

मन्त्री कार्कीले छापाखाना स्थापना भएपश्चात् राष्ट्रिय उत्पादकत्व वृद्धि भई रोजगारी सिर्जना तथा विदेशबाट आयात भइरहेको सुरक्षण मुद्रण सामग्रीको आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने बताए । “यसबाट समग्रमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन तोकिएको समयमा वा अगावै हुनेछ भन्ने विश्वास लिएको छु, यसका लागि मन्त्रालयबाट सहयोग र समन्वयका लागि हामी प्रतिबद्ध छौँ”, उनले थपे । 

मन्त्री कार्कीले सुरक्षण मुद्रण केन्द्र काभ्रेपलाञ्चोकको सम्पत्ति भएकाले यहाँकै नेताले संरक्षण गर्न आग्रह गर्नुपर्ने बताए। उनले फरक प्रसङ्गमा वर्तमान सरकारले मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउन चाहेको उल्लेख गर्दै प्रकृतिले दिएको साधन स्रोत प्रयोग गरी नयाँ पुस्तालाई सभ्य, सुन्दर, समृद्ध र सुखी नेपाली भएको मुलुकका रूपमा विकसित गराउनु दायित्व–कर्तव्य रहेको बताए । “विकास कुनै दल र जातजातिको हुन्न, विकास पाउने हक सबैलाई छ, यसलाई तीव्रता दिने दायित्व सरकारको हो, वर्तमान सरकारले पूरा गर्नेछ”, उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार ८ सय

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...

बन्दसत्र सुरु हुनुअघि एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...

एक महिनाभित्र काम थाल्न ठेकेदारलाई मन्त्री घिसिङको अल्टिमेटम

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending