काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुँदै गरेको बताएका छन् ।
उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र परिसरमा निर्माण हुने बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै केन्द्रमा योजनाअनुसारका भौतिक पूर्वाधार निर्माण तथा आवश्यक उपकरण जडानपछि मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुने बताएको हो ।
“स्वदेशमै सुरक्षण मुद्रण कार्य स्थापना भई कार्य प्रारम्भ गर्नु प्रशंसनीय विषय हो, यसबाट उत्पादन थालेपछि मुलुकलाई सुरक्षित मुद्रणको क्षेत्रमा आत्मनिर्भरताको उद्देश्य पूरा हुनेछ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भने । उनले भौतिक निर्माण, सुरक्षित मुद्रण उत्पादन तथा भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढाउन सहयोग, समन्वय र सहजीकरण गर्न मन्त्रालय र सुरक्षण मुद्रण विकास समितिका पदाधिकारीलाई निर्देशनसमेत दिए ।
मन्त्री कार्कीले सुरक्षण मुद्रण केन्द्रलाई सरकारले उच्च प्राथमिकता दिई नीति तथा कार्यक्रममा बजेट समावेश गर्दै आएको बताउँदै भौतिक पूर्वाधार तथा मानव–संसाधन विकास गरी प्रभावकारी तथा व्यवस्थितरूपमा सुरक्षण मुद्रणको कार्यलाई यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरे। उनले भने, “हाल पासपोर्ट, बैंक–नोट, अन्त:शुल्क स्टिकरजस्ता सुरक्षण मुद्रण कार्यका लागि विदेशी संस्थामा निर्भर रहनुपर्ने अवस्था आएको छ, यहाँबाट सुरक्षण मुद्रणको कार्य सुरु भएपछि राष्ट्रिय महत्वका गोप्य सूचनाको डाटाबेस स्वदेशमै सुरक्षित भई विदेशमा भण्डारण गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ र दुरुपयोगको सम्भावना हुने छैन ।”
मन्त्री कार्कीले छापाखाना स्थापना भएपश्चात् राष्ट्रिय उत्पादकत्व वृद्धि भई रोजगारी सिर्जना तथा विदेशबाट आयात भइरहेको सुरक्षण मुद्रण सामग्रीको आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने बताए । “यसबाट समग्रमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन तोकिएको समयमा वा अगावै हुनेछ भन्ने विश्वास लिएको छु, यसका लागि मन्त्रालयबाट सहयोग र समन्वयका लागि हामी प्रतिबद्ध छौँ”, उनले थपे ।
मन्त्री कार्कीले सुरक्षण मुद्रण केन्द्र काभ्रेपलाञ्चोकको सम्पत्ति भएकाले यहाँकै नेताले संरक्षण गर्न आग्रह गर्नुपर्ने बताए। उनले फरक प्रसङ्गमा वर्तमान सरकारले मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउन चाहेको उल्लेख गर्दै प्रकृतिले दिएको साधन स्रोत प्रयोग गरी नयाँ पुस्तालाई सभ्य, सुन्दर, समृद्ध र सुखी नेपाली भएको मुलुकका रूपमा विकसित गराउनु दायित्व–कर्तव्य रहेको बताए । “विकास कुनै दल र जातजातिको हुन्न, विकास पाउने हक सबैलाई छ, यसलाई तीव्रता दिने दायित्व सरकारको हो, वर्तमान सरकारले पूरा गर्नेछ”, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: