पर्सा । पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको प्रवद्र्धनका लागि मधेस सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको हो ।
सोही नीतिअनुरुप तराई मधेसकै मिनी उपत्यकाको रुपमा चिनिएको पर्साको ठोरीलाई मधेस प्रदेश सरकारले ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । ठोरीको पर्यटकीयस्थल राइधारामा शुक्रबार बेलुकी आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेका हुन् । त्यसअघि गत शुक्रबार साँझ ठोरी–२ स्थित ठोरी जङ्गल रिसोर्टमा बसेको मधेस प्रदेशको मन्त्रिपरिषद्को बैठकले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो । पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वधार निर्माण गर्न सरकारले त्यहाँ रु १० करोड बजेट खर्चिने निर्णय गरेको बताइएको छ ।
सो अवसरमा मुख्यमन्त्री राउतले ठोरी पर्यटकीय सम्भावना बोकेको मधेस प्रदेशकै एक महत्वपूर्ण स्थान रहेको भन्दै ठोरीलाई पर्यटकीय स्थलका रुपमा विकसित गरिने बताए । “ हामीले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्यौं, यहा पर्यटकीय पूर्वाधार निर्माण र विकासका लागि तत्काल रु १० करोड उपलब्ध गराउने निर्णय पनि गर्यौं”, उनले भने, “आवश्यकता अनुसार अरु थप सहयोग गर्न पनि सरकार प्रतिबद्ध छ ।”
त्यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकास्थित दूधेश्वरनाथ महादेव मन्दिर भाठाधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र र ती क्षेत्रको विकासका लागि रु पाँच करोड लगानी गर्ने प्रदेश सरकारले घोषणा गरेको छ । भाठामन्दिर क्षेत्रमा गत शनिबार आयोजना गरिएको कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले भाठालाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्दै चालु आवबाट नै रु पाँच करोड पूर्वधार विकासमा लगानी गर्ने जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अलखदेवप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री गद्दीले भाठा क्षेत्रमा आउने पर्यटक तथा श्रद्धालुको सुविधाका लागि सडक तथा स्वच्छ खानेपानीको व्यवस्था पनि प्रदेश सरकारले तत्काल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: