Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

यस्तो बन्दैछ ६ प्रदेशको प्रादेशिक नेपाल (नक्सासहित)

\"pradesh2\"काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा १६ बुँदे राजनीतिक सहमतिलाई परिमार्जन गर्दै ८ प्रदेशको ठाउँमा ६ प्रदेश बनाएर सिमांकन टुङ्ग्याउने कुरामा सहमति भएपछि साउन मसान्ताभित्रै नयाँ संविधान जारी गर्ने सम्भावना बढेको छ । मंगलबार र बुधबार दिनभर समितिको कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको औपचारिक तथा अनौपचारिक बैठकले ६ प्रदेशमा सहमति गरिसकेको छ भने प्रदेशको सिमांकनको विषयमा कुरा मिल्न मात्रै बाँकी रहेको नेताहरुले बताएका छन् । छलफलका अनुसार मोटामोटी यस्तो प्रस्ताव तयार गरिसकिएको स्रोतले बतायोः  प्रदेश १— झापा, मोरङ, सुनसरीसहित पूर्वका पहाडी जिल्ला, प्रदेश २— सप्तरीदेखि पर्सासम्म, प्रदेश ३— रामेछाप, दोलखा, काभ्रे, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवनसम्म, प्रदेश ४— नवलपरासीदेखि बर्दियासम्म, प्रदेश ५— गोरखादेखि प्युठानसम्म, प्रदेश ६— कैलाली, कन्चनपुर, सल्यानदेखि माथि, कर्णालीसहितका भूभाग रहने छन् । स्रोतका अनुसार पूर्वका केही जिल्ला र पश्चिमका केही जिल्लाहरुका बारेमा कुरा मिलिसकेको छैन । पश्चिमको थारु बाहुल्य जिल्लालाई मधेशमा र पूर्वको मोरङलगायतका मधेश बाहुल्य रहेको जिल्लालाई पहाडी भुगोलमा राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भइरहेको छ । प्रदेशको नामाकंन गर्ने जिम्मा भने प्रदेशसभालाई दिने सहमति भइसकेको छ । त्यसैगरी धार्मिक स्वतन्त्रताको विषयलाई थप व्याख्या गर्ने गरी जाने र नागरिकताको हकमा भने छलफल हुनै बाँकी रहेको छ  । आज बिहिबार बस्ने शीर्ष नेताहरुको बैठकले यिनै विषयमा थप प्रष्ट पार्दै सहमतिअनुसार नयाँ सहमतिमा हस्ताक्षर हुने सम्भावना छ । यो पनि पढ्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending