Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

क्रिकेट रङ्गशाला बनाउँन सहयोग गर्छु : अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताएका छन्। 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजदेखि यहाँ सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताए । उनले भने, “अब रङ्गशाला सरकार र राज्यको दायित्वभित्र जाँदैछ । मैले आफ्नो ठाउँबाट अघि बढाउनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” 

धुर्मुश–सुन्तली फाउण्डेशन पछि हटेपछि रङ्गशालाको काम रोकिएको छ । अध्यक्ष दाहालले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउन आवश्यक भएको बताए। जिल्लामा अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन सम्बन्धित मन्त्रालयलाई बजेटको व्यवस्था गर्नका लागि पहल गर्ने उनले प्रतिवद्धता जनाए।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, केन्द्रीय सदस्य पेमा लामालगायतले आ–आफ्नो धारणा राखेका थिए। प्रतियोगितामा तीन विभागीयसहित आठ टोली सहभागी छन् । प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेल यही चैत ३० गतेसम्म सञ्चालन हुनेछन् । दोस्रो चरणका खेल मोरङको विराटनगरमा हुनेछन् । प्रतियोगिताको विजेताले रु २० लाख, दोस्रो हुनेले रु १० लाख, तेस्रो हुनेले रु पाँच लाख तथा चौथो हुने टोलीले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसएलआर राइफलको गोलीसहित एक पक्राउ

इलाम। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोलीससहित एक जनालाई पक्राउ गरेको छ ।  सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले...

बीपी राजमार्ग बन्द: यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

बनेपा। काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी पर...

२७ परिवारका ८९ जनालाई सुन्दरीघाट पुर्‍याइयो

काठमाडौँ । सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुम्वासी बस्तीमा डोजर चलाएर खाली गराएको छ। काठमाडौँ महानगरपालिकाले प्रहरीको सह...

अहिलेसम्म २३ परिवारले आफ्नो विवरण दर्ता गराए

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाएपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मा स्थापना गरिएको होल्डिङ सेन्टरमा तथ्याङ्क सङ्कलन कार्य जारी राखेको छ। ...

अभिव्यक्तिमा विवादपछि रास्वपा सांसद विश्वराजले मागे माफी, भएको के थियो ?

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका विश्वराज पोखरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्। ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजीसमेत र...

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरु

रामल्लाह। गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैँक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्...

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौ...

कानुन व्यवसायीमाथि हातपात

खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्न डोजर सुरु

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending