Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

मन्त्रिपरिषद्को निर्णय : तीन सार्वजनिक बिदा थपिए

खबरडबली संवाददाता
विराटनगर । प्रदेश नंं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सात वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेको बाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको छ ।
 
यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेशमा सार्वजनिक बिदा दिइने निर्णय भएको हो ।
 
असाध्य रोग लागेका २१ जना बिरामीको मागअनुसार उपचार खर्चबापत अनुदान दिने, अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वयसम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान९पहिलो संशोधन नियमावली २०७८’ स्वीकृत गरेको छ ।
 
त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन र प्रदेश प्रज्ञाप्रतिष्ठान विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री बालेनले संसद्‌मा लगे निर्वाचनसम्बन्धी संशोधन विधेयक

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता नामावलीसँग सम्बन्धित दुई वटा संशोधन विधेयक दर्ता भएका छन्। प्रधानमन्त्री बालेन शाहले “प्रतिनिधि...

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ, तर स्वतन्त्रता र स्वच्छन्दता एउटै हैन: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा को आक...

संसद भवन अगाडि जेन–जी शहीदको सालिक निर्माण गर्न सांसद खतिवडाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि जेन–जी आन्दोलनका शहीदहरूको सालिक(स्मारक मूर्ति) यथाशीघ्र नि...

प्रतिनिधिसभामा आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन श्रम संस्कृति पार्टीलाई सभामुखको चेतावनी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका छन्। बुधवार...

कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने

काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्ने तयारी गरेको छ। एसईईको नतिजा छिट्टै प्रकाशित भएपछि कक्षा ११ को शैक्षि...

संसदमा च्याटजीपीटीको सहारा नलनि रास्वपाको सांसदहरूलाई सचेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा बैठकमा बोल्ने विषयवस्तु तयार गर्न च्याटजीपीटीको  अत्यधिक प्रयोग नगर्न आफ्ना सांसदहरूला...

कुकर उत्पादन गर्ने वर्षा रिसाइक्लिङ उद्योगमा आगलागी

नेपालगन्ज। बाँकेको कोहलपुरमा रहेको नेपालकै अग्रणी मेटल इन्डस्ट्रिज भिएमआई ग्रुप अन्तर्गतको वर्षा रिसाइक्लिङ प्लान्टमा मङ्गलबार बेलुकी भीषण आगलागी भएको...

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ता...

प्रधानन्यायाधीश नियुक्तिपछि सपना प्रधान मल्ल २० दिन बिदामा

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नियुक्तिपछि उनल...

झापामा घरायसी विवादमा श्रीमतीको विभत्स हत्या, श्रीमान पक्राउ

दमक। झापाको हल्दीबारी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending