Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

कुकर उत्पादन गर्ने वर्षा रिसाइक्लिङ उद्योगमा आगलागी

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेको कोहलपुरमा रहेको नेपालकै अग्रणी मेटल इन्डस्ट्रिज भिएमआई ग्रुप अन्तर्गतको वर्षा रिसाइक्लिङ प्लान्टमा मङ्गलबार बेलुकी भीषण आगलागी भएको छ ।

विभिन्न प्रकारका खाना पकाउने कुकर उत्पादन गर्दै आएको भिएमआई ग्रुपको बाँके पार्वतीपुरस्थित वर्षा रिसाइक्लिङ प्लान्टमा आगलागी हुँदा लाखौं रुपियाँ बराबरको क्षति भएको समूहका कार्यकारी अध्यक्ष कन्हैयालाल वैद्यले बताए ।

उनले आगलागीबाट उद्योगमा ठुलो क्षति पुगेको जानकारी दिँदै क्षतिको यकिन विवरण सङ्कलन भइरहेको र प्रारम्भिक अनुमान अनुसार लाखौंको क्षति भएको बताए।

अध्यक्ष वैद्यले भन्नुभयो, “झण्डै तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइयो । मुख्य उद्योग क्षेत्रमा क्षति हुनबाट जोगाउन सफल भए पनि कच्चा पदार्थ भण्डारण गरिएको गोदाम पूर्ण रूपमा जलेकाले ठुलो क्षति भएको छ ।”

नेपालगन्ज र कोहलपुरबाट पुगेका दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा राति करिब ८ बजे आगो नियन्त्रणमा लिइएको थियो । प्रत्यक्षदर्शीका अनुसार उद्योग पछाडि खेतमा लगाइएको आगो फैलिएर उद्योगसम्म पुगेपछि आगलागी भएको हो ।

आगलागीको कारण र क्षतिको विवरणबारे प्रहरीले अनुसन्धान तथा विवरण सङ्कलन गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा च्याटजीपीटीको सहारा नलनि रास्वपाको सांसदहरूलाई सचेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा बैठकमा बोल्ने विषयवस्तु तयार गर्न च्याटजीपीटीको  अत्यधिक प्रयोग नगर्न आफ्ना सांसदहरूला...

कुकर उत्पादन गर्ने वर्षा रिसाइक्लिङ उद्योगमा आगलागी

नेपालगन्ज। बाँकेको कोहलपुरमा रहेको नेपालकै अग्रणी मेटल इन्डस्ट्रिज भिएमआई ग्रुप अन्तर्गतको वर्षा रिसाइक्लिङ प्लान्टमा मङ्गलबार बेलुकी भीषण आगलागी भएको...

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ता...

प्रधानन्यायाधीश नियुक्तिपछि सपना प्रधान मल्ल २० दिन बिदामा

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नियुक्तिपछि उनल...

झापामा घरायसी विवादमा श्रीमतीको विभत्स हत्या, श्रीमान पक्राउ

दमक। झापाको हल्दीबारी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीक...

नवलपुरको ज्यामिरेमा बस दुर्घटना : १३ जना घाइते

नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको ओरालोमा बस अनियन्त्रित भई दुई वटा सवारी साधनसँग ठोक्किँदा १३ जना...

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending